×

NMB BANK
NIC ASIA

नेपाली साहित्यको क्षेत्रमा चिरपरिचित नाम हो गोपी मैनाली । कुशल प्रशासक मात्र नभई सिद्धहस्त लेखक तथा साहित्यकारमा पनि पर्छन् उनी ।

Muktinath Bank

उनको नाम संवत् पचासको दशकदेखि नै सुन्दै आएको हुँ मैले । गोरखापत्र र मधुपर्कहरूमा बरोबर पढिँदै आएका मैनालीका लेख–रचना गोरखापत्रको लेख–रचना शाखामा हुँदा छापेको छु आफैंले पनि । सम्पादकीय भूमिका रहँदा पनि छापिए जस्ता लाग्छन् केही ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पेशाले कर्मचारी भए पनि रुचि भने लेखन तथा साहित्य नै हो गोपीजीको । निजामती प्रशासनको उच्च तहबाट अवकाश लिएका गोपीजी लेखन क्षेत्रमा भने अहिले पनि उत्तिकै सक्रिय देखिन्छन् ।


Advertisment
Nabil box
Kumari

यसअघि नै विभिन्न विषयमा पौने दर्जन हाराहारी कृति प्रकाशित गराइसकेका गोपीजीका ‘घाउ आफैंलाई दुख्छ’ शीर्षकको निबन्ध संग्रह यसै वर्ष प्रकाशनमा आएको छ ।

Vianet communication

सन्तोषी माता सञ्चार प्रालिले प्रकाशित गरेको पुस्तकमा ३० वटा निबन्ध समावेश छन् । 

निबन्धहरू जति छन्, सबै उम्दा छन् अनि छन् दार्शनिक चिन्तनले ओतप्रोत उत्तिकै । त्यसमा पनि विशेषगरी भन्नुपर्दा ‘आफ्नै कथा विशेष हुन्छ’, ‘अक्षर र म’, ‘आन्दोलित मन र प्रजातन्त्र’, ‘विचरा निजामती’, ‘घाउ आफैंलाई दुख्छ’, ‘पीडा तर प्राप्तिको’, ‘सत्ता थरीथरीका’, ‘पश्चात्ताप’, ‘बाइसौं शताब्दीका मान्छे’ र ‘बिदाइ’ शीर्षकका निबन्ध बढी उम्दा लागे मलाई । 

निबन्धहरूमा वर्तमान राजनीति र त्यसले डोर्‍याएको समाज तथा संस्कृति र प्रशासनिक क्षेत्रका विद्रूप राम्रैसँग केलाएका छन् लेखकले । सामाजिक स्वरूप जति नै विदू्रप भए पनि लेखक तथा साहित्यकारले देखेको कुरा भन्नैपर्छ भन्ने सन्देश प्रवाह गर्ने काम प्रशस्तै भएका छन् पुस्तकमा । यसमा लेखक आशावादी छन् र जस्तोसुकै अवस्थामा पनि आशा छाड्नुहुन्न भन्ने सन्देश दिने काम गरेका छन् उनले । 

शुरूकै निबन्धमा उनले भनेका छन्, ‘आशाले अव्यक्त उत्साह थप्छ र व्यक्ति त्यही उत्साहमा हिँडिरहेको हुन्छ । जीवनमा शक्ति दिन्छ र त्यही शक्ति यात्राका बाटा बन्ने गर्छन् र त्यही बाटो जीवनरूपी गाडी बन्छ ।’

यस निबन्धमा आशालाई जीवनरूपी गाडी भनेका मात्र छैनन्, उनले त्यसको आधारमा लिएका छन् सपनालाई । जीवनमा त्यही मानिस अगाडि बढ्न सक्छ, जसले सपना देखेको छ, देख्न सकेको छ । भलै सपना सबै पूरा होलान्, नहोलान् तर जीवनलाई अघि बढाउने हो भने देख्नैपर्छ, देखेको हुनैपर्छ सपना । 

समाजमा प्रश्न छ, संस्कारमा प्रश्न छ, संस्कृतिमा प्रश्न छ, नीतिमा प्रश्न छ, नेतामा प्रश्न छ, नैतिकतामा प्रश्न छ । कहाँ छ्रैन प्रश्न ? केमा छैन प्रश्न ? सर्वत्र प्रश्न, प्रश्नैप्रश्न । प्रश्नैप्रश्नको घेरामा उभिएको छ सुमेरु पर्वत बनेर सिंगो वर्तमान । ‘अक्षर र म’ शीर्षकको निबन्धमा यी र अन्य यस्तैयस्तै यावत प्रश्नलाई खैंचेर उत्तर खोज्ने प्रयास गरेका छन् लेखकले । 

यसको अर्थ यो होइन कि सबैका उत्तर भेटिन्छन् नै । कति भेटिएलान् कति नभेटिएलान् । हुनसक्छ प्रश्नबाटै भाग्ने पनि होलान् कति । तथापि प्रश्न प्रश्नै हो, जो सदा प्रश्नहरूकै घेरामा रहन्छ, रहेको छ भन्ने केन्द्रीय विषय होे यस निबन्धको ।  

भनिन्छ राजनीति नै मूल नीति हो । राजनीति बिग्रे सबै बिग्रन्छ, सप्रे सबै सप्रन्छ । आज समाजमा जति पनि विकृति र विसंगतिका पहाड खडा भएका छन्, सबै राजनीतिमा आएको विचलन वा दूषित राजनीतिकै प्रभाव हो भन्नेमा सायदै विमति होला कसैको । 

नेताहरूका बोली एउटा हुन्छ, व्यवहार अर्कै । सत्य कुरा सत्य नै हुनुपर्ने हो तर राजनीतिक दल र तिनका नेताहरूका लागि सत्य पनि अलग–अलग हुने गरेको छ वा सत्यले पनि अलग–अलग बनिदिनुपरेको छ । उनीहरूलाई सत्तामा हुँदा जुन कुरा सत्य लागेको हुन्छ, सत्ताको ढोकाबाट निस्कना साथ त्यही कुरा ठीक विपरीत हुन पुग्छ, पुग्दै आएको छ । यिनै कुराहरू केन्द्रीय विषय बनेर रहेका छन् ‘आन्दोलित मन र प्रजातन्त्र’ शीर्षकको निबन्धमा ।  

‘घाउ आफैंलाई दुख्छ’ शीर्षकको निबन्धलाई मेरुदण्डको रूपमा लिन सकिन्छ पुस्तकको, जसको स्थान पनि मध्यभागतिर नै रहेको छ र त्यस्तै किसिमका दृष्टिगोचर हुन्छन् विषयवस्तु पनि ।

सम्भवतः पुस्तकको शीर्षक यसैबाट तानिनुको आशय पनि यही नै हुनुपर्छ । सबैलाई थाहा भएकै कुरा हो दुःख आफ्नै ठूलो हुन्छ र भोग्नु पनि उसैले पर्छ, जसलाई घाउ लागेको छ । अरूले गर्ने भनेको कम गर्नेसम्मको प्रयास हो, कम गर्ने होइन ।

दुःख देखाउँदैमा र दयाको पात्र हुँदैमा दुःख कम हुने होइन र दुःखमाथि विजय पाइने पनि होइन । यद्यपि दुःखले सहारा खोज्छ, जुन आँखा र अनुहारबाट पोखिएको हुन्छ । तथापि यथार्थ के हो भने दुःख निवारणका लागि दयाको भीख माग्नु भनेको दुःखमाथि विजय पाउनु होइन, अपितु पराजित हुन हो । त्यसैले दुःख देखाएर दयाको भीख माग्नुभन्दा त्यसको सामना गर्नु नै बुद्धिमानी हुन्छ भन्ने कुरालाई निकै सटीक ढंगले केलाइएको छ यस निबन्धमा ।    

जीवनलाई यात्रासँग तुलना गर्दै जीवन टुंगिएपछि यात्रा पनि टुंगिन्छ भन्ने आशय व्यक्त भएका छन् ‘जीवनयात्रा’ शीर्षकको निबन्धमा । यसमा भने अलिकति विमति जनाउने धृष्टता गर्न मन लागेको छ मलाई । रूपमा त्यही हो, जीवन सकिएपछि यात्रा पनि सकिन्छ र यात्रा सकिएपछि दुःख पनि सकिएको मान्नुपर्ने हुन्छ तर सारमा जीवन सकिँदैमा यात्रा सकिन्छ नै भन्ने हुँदैन । ऊर्जा कहिले पनि निरपेक्ष हुँदैन । अन्यथा अस्वीकार गर्नुपर्ने हुन्छ उसको नवीकरणीय पद्धतिलाई नै ।  त्यस्तै हो जीवन पनि । त्यसैले जीवन टुंगिन्छ तर यात्रा सकिँदैन । जरुरै एउटा अध्याय पूरा भएको हुन्छ तर त्यो पूरा हुन भ्याएको हुन्न अर्को अध्याय शुरू भइसकेको हुन्छ त्यसैको । यस अर्थमा भने लेखकबाट रूपकै अर्थमा लिन खोजिएको अनुमान लगाउनुपर्ने हुन्छ ।  

जे होस् सबै निबन्ध दार्शनिक चेतले आप्लावित छन् । विषयवस्तु खँदिला छन्, सामान्य विषयलाई खँदिला तरिकाले प्रस्तुत गर्ने प्रयास भएका छन् । शैली तिलस्मी छ, जादूमयी छ । हरेक प्रसङ्ग एकपछि अर्को तैलधारावत तानिएका छन् र पुस्तक तानी नै रहन्छन् नसकिँदासम्म नै । हो, क्लिस्ट छन्, कठिन छन् कतिपय शब्द । राम्रै स्थान पाएका छन् अंग्रेजी शब्दले पनि । कठिन शब्दका सट्टा अरू नै कुनै सरल शब्द राखिएका भए हुन्थ्यो भन्ने पनि लाग्न सक्छ कतिलाई ।

झट्ट हेर्दा लाग्ने त्यही नै हो तर के बिर्सन हुन्न भने प्रसङ्ग अनुसार जुन शब्द चयन गर्दा बढी मिठास मिल्छ, लेखकले त्यस्तै शब्द प्रयोग गरेका हुन्छन् । यहाँका क्लिस्ट शब्दलाई पनि यसै अर्थमा लिनुपर्ने हुन्छ । जे होस् पुस्तक अब्बल छ, शैली अनुकरणीय । लेखकबाट थप कृतिको आशा राख्दै अहिलेलाई बिट मार्न चाहन्छु । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x