×

NIC ASIA

सरसर्ती २४ घण्टा

चुनावी विषय टुंगो नलाग्दै सत्ता गठबन्धनमा एमसीसी लफडा !

माघ १८, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

शनिबार बसेको सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे सहमति जुटाएको भनिएपनि निर्वाचनको मिति घोषणामा ढिलाइ गरिएको छ । शनिबारको गठबन्धन बैठकपछि जेठमा चुनाव गर्नेबारे सहमति भएको सार्वजनिक गरिएको थियो । तर, ठ्याक्कै कुन मितिमा चुनाव गर्ने, एक चरणमा गर्ने कि वा दुई÷तीन चरणमा जाने भन्नेबारे प्रष्ट गरिएको छैन । यसबारे सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर चुनावको मिति घोषणा गर्ने भनेको छ । तर, आयोगसँग सरकारले नतिजा निस्कने गरी छलफल समेत गरेको छैन । विपक्षी दल एमालेसहित सरोकारवालाले चर्को दबाब दिएपछि सत्ता गठबन्धन वैशाखको साटो चुनाव जेठमा गर्नेगरी निर्णय गर्न बाध्य भएको हो ।
संविधानअनुसार स्थानीय तहको निर्वाचन गरेर स्थानीय तहमा नयाँ नियुक्ति गर्न वैशाखमै चुनाव हुनुपर्ने आयोगले बताउँदै आएको थियो । यसका लागि आयोगले सरकारलाई पटक पटक सुझाव दिएको थियो भने सर्वदलीय बैठक नै बोलाएर दलहरूको ध्यानाकर्षण गराएको थियो । अहिलेकै अवस्थामा आगामी जेठ ५ भित्र स्थानीय तहमा कार्यरत हालका जनप्रतिनिधिको कार्यकाल सकिन्छ ।

चुनावबारे सरकारले छिटोभन्दा छिटो ‘बोल्ड’ निर्णय लिनुपर्ने भएपनि ढिलाइ हुँदै आएको हो । बरु, सत्तारुढ दल एमसीसीको झमेलामा फसेको छ ।  कुनै पनि हालमा संसदमा विचाराधीन विवादास्पद एमसीसी पारित गरेर अघि बढ्ने पक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा उभिएपछि गठबन्धनमा आन्तरिक झमेला देखिएको छ । काँग्रेस नेताहरुले एमसीसी पास गर्न सत्ता गठबन्धन सहमत भइसकेको दावी गरेका छन् । तर, गठबन्धनकै दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी, जनमोर्चालगायतका दलले एमसीसी अहिलेकै अवस्थामा पारित हुन नसक्ने बताउँदै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमसीसीबारे सहमति भएको दावी गरिएकै बेला माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यसबारे कुनै सहमति नभएको र पार्टी एमसीसीको विपक्षमा रहेको स्पष्ट गरिसकेका छन् । यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी पारित हुनै नसक्ने बताएका छन् । सत्तारुढ दलले एमसीसीबारे छानबिन गर्न बनाएको कार्यदलका संयोजक समेत रहेका उनले तत्कालीन केपी ओली सरकारले गुपचुप राखेका केही डकुमेन्ट भेटिएको र त्यसबारे अध्ययन चलिरहेको पनि बताएका छन् । जनमोर्चाले त एमसीसीबारे विगतदेखि नै आन्दोलन गर्दै आएको छ।  यस्तै जसपामा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई कुनै पनि हालतमा एमसीसी पारित हुनुपर्ने पक्षमा देखिँदै गर्दा सोही पार्टीभित्र असन्तुष्टि रहेको बताइन्छ । एमसीसीबारे यही सन्दर्भसहित मंगलबारको लोकान्तर राउण्डअपमा स्वागत छ ।


Advertisment
Rupse Holidays
Nabil box

अब अन्य मुख्य समाचार संक्षेपमाः
एमसीसी अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धनमा बहस चलिरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान देउवा र प्रचण्डबीच एमसीसी अनुमोदन र चुनावको मितिबारे छलफल भएको हो ।
००००
सरकारले पहिलो पटक कच्चा दूधको मूल्य निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कच्चा दूधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ निर्धारण गरेको हो । यस्तो मूल्य प्रशोधित अगाडिकै भएकोले अब बढेको मूल्य सिधै किसानले पाउने भएको पनि कृषि मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दिएको छ । यस अघि किसानले पाउने कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा हाराहारीमा हुने थियो ।
००००
पछिल्लो २४ घण्टामा ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८८ नमूना परीक्षणमध्ये ३४७२ पीसीआर र १८२० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ७४३ छ ।
मन्त्रालयका अनुसार थप ८१९१ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ६२ हजार ८९८ पुगेको छ । हाल मुलुकभर ७९ हजार २७२ सक्रिय संक्रमित छन् ।
००००
काठमाडौंको बौद्धस्थित प्लटिङ नजिकको एक रेस्टुरेन्टमा जुवा (बिङ्गो) खेल्दै गरेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा आइतवार साँझ महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले सोमवार एक सूचना जारी गरी जनाएको छ ।
००००
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई पदबाट बर्खास्तीको माग गर्दै सत्ता गठबन्धनका पाँच वटै दलका अध्यक्षलाई नागरिक अगुवाहरुले पत्र लेखेका छन् ।
माघ ५ गते यादवले हिंसालाई प्रोत्साहन गर्ने र समाजमा अशान्ति फैलाउने अभिव्यक्ति दिएकाले उनलाई बर्खास्तीको माग गर्दै पाँचै दलका अध्यक्षलाई पार्टी कार्यालयमा पत्र लेखेर दर्ता गराएका हुन् ।
००००
बागमती प्रदेश सभाका २ वटा संसदीय समितिमा नेकपा एमालेका सांसद निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति छनौट गर्न निर्वाचन भएको थियो । एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेललाई उम्मेदवार बनाएको थियो । एमालेको बहुमत रहेका कारण सत्तारुढ गठबन्धनले उम्मेदवार नै दर्ता गराएन भने निर्वाचन प्रक्रियामा पनि सहभागी भएन ।
००००
शेयर बजारमा आइतवार देखिएको हरियाली एक दिनमै घटेको छ । आइतवार १०५ अंकले बढेको नेप्से परिसूचक सोमवार भने १३.४८ अंकले घटेर २८७२.०५ बिन्दुमा आइपुगेको छ ।
बजार घटेको दिन सोमवार नेप्सेमा २२५ कम्पनीको एक करोड एक लाख पाँच हजार ६६९ कित्ता शेयरको ६९ हजार ७७० पटक कारोबार भएको छ । यसबाट पाँच अर्ब १५ करोड रूपैयाँको मात्रै कारोबार भएको छ ।
००००
किसान आन्दोलन चलाएको सीके राउत नेतृत्वको जनमत पार्टीले तराईका जिल्लामा बयलगाडा जुलुस निकालेको छ । आन्दोलनको कार्यक्रमअन्तगर्तत पार्टीले सोमवार बयलगाडा जुलुस निकालेको हो ।
००००
भारतीय जेलमा ४० वर्ष बिताएका दुर्गाप्रसाद तिम्सिनाकी आमाको निधन भएको छ । चालीस वर्ष विदेशी भूमिमा जेल जीवन बिताएर निर्दोष सावित भएका दुर्गाप्रसादकी आमा धनमायाको आइतबार ८४ वर्षको उमेरमा निधन भएको हो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x