×

NMB BANK
NIC ASIA

अधिकांश स्थानीय तहमा इन्टरनेट

माघ २६, २०७८

NTC
Premier Steels

स्थानीय तहअन्तर्गका सार्वजनिक निकायहरूमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु-याउने काम करिब सम्पन्न हुने चरणमा पुगेको छ । पछिल्लो तथ्याङ्कअनुसार कुल ७०२ स्थानीय तहमा ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने उक्त परियोजनाअन्तर्गत अधिकांश स्थानीय तहमा इन्टरनेट पु-याइएको छ ।

Muktinath Bank

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पुस मसान्तसम्मको प्रगति विवरणमा सम्झौताअनुसार ७०२ स्थानीय तहमा इन्टरनेट पु-याउनुपर्नेमा अहिलेसम्म ६९५ स्थानीय तहसम्म पुगिसकेको छ अर्थात् इन्टरनेट जडानको ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल दूरसञ्चार प्राधिकरणले यस परियोजनाका लागि ग्रामीण दूरसञ्चार विकास कोषमार्फत पाँच अर्ब ६७ करोड ४६ लाख रुपियाँ बजेट छुट्याएको थियो । हालसम्म यसका लागि तीन अर्ब ८९ करोड ७० लाख रुपियाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

प्राधिकरणका अनुसार सम्झौता भएका सबै जिल्ला अन्तर्गतका स्थानीय तहमा शत प्रतिशत काम भने पूरा भइसकेको छैन । कुल १८ वटा प्याकेजमध्ये १६ प्याकेजअन्तर्गतका ६५ जिल्लामा मात्र शत प्रतिशत काम भएको छ । बाँकी दुईवटा प्याकेजअन्तर्गतका नौ जिल्लामा तोकिएका स्थानमा ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

Vianet communication

प्राधिकरणले देशभरका ७४ जिल्लाअन्तर्गतका ७०२ स्थानीय तह र त्यसअन्तर्गतका १५ हजार ९८२ वटा वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेट पु-याउने गरी परियोजना अघि बढाएको थियो । पुससम्म १५ हजार ९०३ ती निकायमा इन्टरनेट जडान भएको छ । अब ७९ वटा त्यस्ता निकायहरूमा मात्र जडान कार्य बाँकी छ ।

प्राधिकरणले यसरी जडान गरेको इन्टरनेट दुई वर्षसम्म सम्बन्धित निकायले निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । दुई वर्षपछि भने काठमाडौँ उपत्यकामा इन्टरनेट सेवा प्रदायकहरूले उपलब्ध गराएकै शुल्कमा जडान गर्न सकिने सुविधा दिएको छ । यस्तो सुविधा स्थानीयले समेत प्रयोग गर्न सक्नेछन् ।प्राधिकरणकै पछिल्लो तथ्याङ्कअनुसार केबल इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या करिब ८३ लाख रहेको छ । त्यस्तै मोबाइल इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या करिब दुई करोड ६६ लाख छ । त्यसमध्ये एक करोड २२ लाख ८४ हजारले थ्रीजी प्रयोग गर्छन् । फोरजी प्रयोग गर्नेको सङ्ख्या एक करोड ४४ लाख ८३ हजार छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x