×

NMB BANK
NIC ASIA

कांग्रेस एकमत

एमसीसी संसदमा छलफल गराएर पारित गर्नुपर्ने कांग्रेसको निष्कर्ष

माघ २७, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धन कायम नभए पनि एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

Muktinath Bank

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बिहीवारको बैठकमा एमसीसीबारे छलफल गराएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देउवाले एमसीसीबारे पार्टीमा छलफल नै नगराएको कांग्रेस नेताले आरोप लगाएपछि उनले कार्यसम्पादन समितिको बैठकमा छलफल गराएका हुन् ।


Advertisment
Nabil box
Kumari

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्ने नेताहरूले गठबन्धन नरहे पनि एमसीसी पारित गर्नुपर्ने निष्कर्ष राखेको नेता शशांक कोइरालाले बताए । 

Vianet communication

बैठकबाट बाहिरिने क्रममा उनले कांग्रेसका नेताहरूले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष बैठकमा राखेको बताए ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा लैजानुपर्नेबारे बैठकमा छलफल भएको जानकारी दिए । ‘संसद नै सर्वोच्च निकाय हो, एमसीसीको बारेमा नियोजित प्रचार गरेर जनतामा भ्रम छरिएको विषय संसदमा छलफल हुन पायो भने यो विषय के रहेछ भन्ने थप स्पष्ट हुन्छ । एमसीसी संसदमा लैजान कि आपत्ति ?’ महतले भने । 

बैठकमा शेरबहादुर देउवाले सत्ता गठबन्धनमा एमसीसीबारे भइरहेको छलफल जानकारी गराएर डा. महतलाई एमसीसीबारे बोल्न समय दिएका थिए ।

महतले एमसीसीबारे आफ्नो भनाई राखेपछि बैठकले एमसीसी पारित गर्ने निष्कर्ष निकालेको छ । गठबन्धन नरहे पनि एमसीसी पारित गर्नुपर्ने बैठकको निष्कर्ष रहेको उनले जानकारी दिए । 

बैठकमा देउवाले एमसीसीमा भएका सकरात्मक–नकरात्मक विषयबारे जानकारी गराउन महतलाई आग्रह गरेका थिए । 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बिहीवारको बैठकमा सबै नेताले बोल्न नभ्याएका कारण बैठक शुक्रवार पनि बस्ने महतले जानकारी दिए । 

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक पार्टी कार्यालय सानेपामा बसेको थियो । बैठकमा स्थानीय तह निर्वाचनको तयारी, म्याद सकिएका भातृ संघसंस्था, एमसीसी लगायतका विषयमा छलफल भएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x