×

सत्ता गठबन्धनमा झनै दरार

माघ २८, २०७८

एमसीसी संसद्बाट तत्काल अनुमोदन गर्ने कि नगर्ने विषयले सत्तारुढ गठबन्धनमा झन् दरार उत्पन्न भएको छ। कांग्रेस जसरी पनि अमेरिकी अनुदान सहायता सम्झौता अनुमोदन गरी अघि बढ्ने पक्षमा छ। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तत्काल सम्झौता अनुमोदनको पक्षमा देखिएका छैनन्।

गठबन्धनका मुख्य तीन दलका नेताबीच यही विषयमा बिहीबार बालुवाटारमा छलफल भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार पुगेका थिए। देउवा र दाहालले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएपश्चात् तीन नेताको पहिलो जमघट हो यो। दाहालले एमसीसीको विषय चुनावपछि लैजाने प्रस्ताव गरेको बालुवाटार स्रोतले बतायो।


Advertisment

दाहालको प्रस्ताव थियो, ‘पत्र सार्वजनिक भएसँगै पार्टीभित्र समस्या सिर्जना भएको। साथीहरूको धारणा पनि सुन्नुपर्ने हुनाले बरु निर्वाचनपछि एमसीसीको विषयलाई जोडौं।' दाहालकै पछि लागेका नेपालले अहिले एमसीसीको पक्षमा जान नसकिने जवाफ प्रधानमन्त्री देउवालाई दिएका थिए। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीका विषयमा विशेष छलफल भएको बताए। सभामुखले एमसीसीलगायत सरकारी विधेयक रोक्न नमिल्ने डा. महतको भनाइ छ। 'सभामुखको काम के हो? सरकारका महत्वपूर्ण विधेयकहरू सदनमा टेबल गर्ने नै हो जस्तो लाग्छ', डा. महतले भने, 'एमसीसीबारे पनि छलफल भएको छ। अन्योल समाप्त गरेर संसदीय प्रक्रिया अघि बढाउनुपर्छ। संसद्मा एमसीसी लानुपर्छ भन्नेमा साथीहरूको धारणा छ।'


Advertisment

पार्टीको कार्यसम्पादन समिति बैठकमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्रीलाई एमसीसीको विषय बुंदाधुंदा प्रस्ट पारी ढुक्कले पास गर्नेतर्फ लाग्न आह्वान गरिएको कांग्रेसका अर्का नेता डा. रामशरण महतले बताए। भने, 'गठबन्धनको विषय र एमसीसी फरक विषय हो। एमसीसी विकासको पाटो हो भने गठबन्धन भनेको सहमतिमा पनि अगाडि जान सकिने विषय हो। यति महत्वपूर्ण अनुदान पटक-पटक नआउने उनले बताए। भने, 'सभापतिज्यू सकारात्मक हुनुहुन्छ। उहाँले संक्षेपमा ल्याउनुहोस् म अरू साथीहरूसँग पनि कुरा गर्छ भन्नुभएको छ।' दाहालले जेसुकै बोली फेरे पनि उनी एमसीसीकै पक्षमा रहेको पत्रले प्रस्ट पारेको उनले बताए।  अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्ले र  राधा खनालले खबर लेखेका छन् ।

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x