×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

एमसीसीमा अमेरिकाको लगातार दवाव, काँग्रेस एकमत

माघ २८, २०७८

NTC
Premier Steels

विवादको भूमरीमा परेको अमेरिकी आर्थिक सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न अमेरिकाले लगातार दवाव बढाएको छ । सोही क्रममा नेपालका प्रमुख दलका नेतालाई अमेरिकी सहायक विदेशमन्त्रीले फोन गरेका छन् ।

Muktinath Bank

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई केही समय पहिले नेपाल भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले फोन गरेर एमसीसी अनुमोदनका लागि आग्रह गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकी सहायक विदेशमन्त्रीले नेताहरुसँग फोनमा कुराकानी गरेको बिहीवार साँझ सार्वजनिक भएको हो । स्रोतका अनुसार सहायक विदेशमन्त्री लुले फेब्रुअरी २८ (फागुन १६) भित्रै एमसीसी अनुमोदन गर्न आग्रह गरेका छन् । यसअघि बुधबार एमसीसीकी उपाध्यक्ष फातिमाले पनि सोही आयसको अभिव्यक्ति दिएको खुलासा भएको थियो ।
००००
यता नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा गठबन्धनमा रहेका दलहरूको चर्को आलोचना भएको छ । विशेषगरी एमसीसीसँगको सम्झौताको विषयलाई लिएर सत्ता सहयात्री दलहरू नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको भूमिकाका विषयमा कांग्रेसको बैठकमा छलफल भएको हो ।
कांग्रेसको १४औं महाधिवेशनपछि गठन भएको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बिहीवार पार्टी कार्यालय सानेपामा बसेको थियो । बैठकमा बोल्ने नेताहरूले गठबन्धनमा रहेका दलहरूले दोहोरो चरित्र देखाएको बताएका थिए । काँग्रेस एमसीसी पारित हुनुपर्नेमा एकमत रहेको छ।  
बिहीवारको बैठकमा नेताहरू बलबहादुर केसी, विजयकुमार गच्छदार, रमेश रिजाल, शशांक कोइराला, उमा रेग्मी, आनन्द ढुंगाना, डा। रामशरण महत, नारायण खड्का, सुनिलबहादुर थापा र जितछिरिङ लामाले आफ्ना कुरा राखेका थिए ।
००००
नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइरालाले स्थानीय चुनावमा कांग्रेस एक्लै लड्नुपर्ने बताएका छन् । अरुसँग मिलेर जाँदा कांग्रेस कमजोर हुने तर्क उनले गरे ।
कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले कांग्रेसको संगठन मजबुत बनाउन पनि एक्लै चुनावमा जानुपर्ने बताए ।
००००
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त गरेका ६ वटा राजनीतिक दलले मात्र आफ्नो दलको निर्वाचन चिह्न प्रयोग गर्न पाउने भएका छन् । राष्ट्रिय दलको मान्यता प्राप्त गरेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले मात्र आफनो दलको निर्वाचन चिह्न पाउने छन्। त्यसबाहेक प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेका राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित निर्वाचन आयोगमा दर्ता भएका १ सयभन्दा बढी दलले आफ्नो दलको चुनाव चिह्न प्रयोग गर्न पाउने छैनन्।  
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय चुनावमा गठबन्धन भए त्यसलाई अस्वीकार गर्ने नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बताएका छन् । बिहीवार बिहान प्रचण्डनिवास खुमलटारमा भएको भेटमा कोइरालाले यस्तो बताएका हुन् । प्रचण्डको निमन्त्रणामा कोइराला खुमलटार पुगेका थिए ।
००००
अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयलाई लिएर सत्ता गठबन्धन अप्ठ्यारोमा परेको बेला बिहीवार बिहान प्रधानमन्त्रीलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको हो ।
कांग्रेस नेता डा शेखर कोइरालालाई भेटेलगत्तै देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।
माओवादी स्रोतका अनुसार प्रचण्डले एमसीसी अनुमोदनका लागि केही समय थप गर्न अमेरिकासँग आग्रह गरेका छन् ।


Advertisment
Nabil box
Kumari

लोकान्तर राउण्ड अपमा अब अन्य समाचारः
दुई दिनअघि राप्रपा परित्याग गरेका कमल थापाले आफ्नै नेतृत्वमा निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराउने भएका छन् । बिहीबार बसेको  बसेको थापा समूहको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो । पार्टी दर्ताका लागि आवश्यक तयारी गर्न बैठकले थापालाई जिम्मेवारी दिएको उनी निकट नेता राजाराम बर्तौलाले जानकारी दिए ।
००००
नेकपा एमालेले आफ्ना जनसङ्गठनको केन्द्रीय कमिटीको सङ्ख्या अधिकतम २९९ सम्म हुने गरी निर्देशिका जारी गरेको छ । पार्टीसम्बद्ध विभिन्न २२ जनसङ्गठनलाई व्यवस्थित तथा समन्वयात्मकरूपले परिचालन गर्न एमालेको विधानको धारा ९१ तथा नियमावलीको परिच्छेद ८ को दफा ६१ बमोजिम ‘जनसङ्गठन समन्वयसम्बन्धी निर्देशिका–२०७८’ जारी भएको हो ।
००००
दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य बढाएको छ । बिहीवार पत्रकार सम्मेलन गर्दै डीडीसीले प्रतिलिटर दूधको मूल्य ९ रुपैयाँ बढाइएको जनाएको हो ।
यसअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रहेकोमा शुक्रवारदेखि बढेको मूल्य लागू भएर प्रतिलिटर ८५ रुपैयाँ हुने भएको छ ।
डीडीसीको बुधवार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको थियो ।
००००
अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको प्रभाव कम हुँदै गएकाले चालू आर्थिक वर्ष २०७८र७९ मा राखेको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने बताएका छन् । सरकारले चालू आवमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ ।
अर्थ मन्त्रालयमा बिहीवार चालू आवको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको असर क्रमशः निस्तेज हुँदै गएको तथा आर्थिक क्रियाकलाप विस्तार भएकाले आर्थिक वृद्धिको लक्ष्य पूरा हुने बताए ।
००००
त्रिभुवन विश्वविद्यालयले सवै क्याम्पसलाई आगामी फागुन १ गतेदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

Vianet communication

त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले  रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।
००००
एमालेले फागुन २ गते पार्टीको प्रदेश १ स्तरीय भेला आयोजना गरिएको र नेताहरू भेलामा सहभागी हुन विराटनगर जाने भएकाले संसद बैठक सार्न सभामुखलाई आग्रह गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
एमालेको कार्यक्रमसँग संसद बैठक जुधेकाले संसद बैठक सारिदिन आग्रह गरेको उनले बताए । करीब २ महिनायता संसद बैठक निरन्तर स्थगित हुँदै आएको छ । पुस ७ गतेयता मात्रै निरन्तर ६ पटक प्रतिनिधि सभाको बैठक सर्दै आएको छ ।
००००
११ हजार ८८० जनामा परीक्षण गर्दा १०१३ जनामा पीसीआर पोजिटिभ र ३ ५६ जनामा एन्टीजेन पोजेटिभ देखिएको हो । यससँगै मुलुकभर ९ लाख ७१ हजार ४७५ जनामा पीसीआर पोजेटिभ र १ लाख ३६ हजार ५११ जनामा एन्टीजेन पोजेटिभ देखिएको छ ।
बिहीवार २ हजार २३८ जना संक्रमित निको भएका छन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक सम्पन्न भएको छ । बिहीवार बसेको केन्द्रीय पदाधिकारी बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न पार्टीका सबै तहलाई निर्देशन दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
००००
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णय लिने अपेक्षा गरिएको नेकपा माओवादी केन्द्रको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक माघ २८ र २९ गतेका लागि बोलाइएको थियो तर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी आएको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए ।
००००
साताको अन्तिम दिनको कारोबारमा शेयर बजार मापक सूचक नेप्से ११.९६ अंकले घटेको छ । बिहीवार नेप्से परिसूचक ०.४३ प्रतिशतले घटेर २८०१.५६ विन्दू कायम भएको छ ।
००००
नेपाली राष्ट्रिय पुरुष फूटबल टोलीको फिफा वरियता सुधार भएको छ । विश्व फूटबल महासंघले बिहीवार जारी गरेको फेब्रुअरीको वरियतामा नेपालको २ स्थान सुधार भएको हो । अघिल्लो महिना १६९औं स्थानमा रहेको नेपाल पछिल्लो वरियतामा १६७औं स्थानमा रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x