×

NMB BANK
NIC ASIA

सन्दर्भ : माओवादी जनयुद्ध दिवस

आर्मीको घेरामा जनार्दन र माओवादी रेडियो : छापामारको त्यो अभूतपूर्व प्रत्यक्ष प्रसारण

फागुन १, २०७८

NTC
Premier Steels

बयली खेल्दै, सुसेली हाल्दै छानासम्म पुगेको चिसो बतास एक नयाँ बिहानीको सन्देश बोकेर आयो । आज फागुन १ गते महान जनयुद्ध दिवस भव्यताका साथ मनाइँदैछ ।

Muktinath Bank

व्यग्र प्रतिक्षाको एक महत्त्वपूर्ण उत्सव जहाँ आफ्नै भागमा पनि गहन् र विशेष जिम्मेवारी छ । अहो त्यो रोमाञ्चक उत्साह, एक प्रकारको विछट्टै आनन्दानुभूति र भौतिक कठिनाइहरूमाथि जबर्जस्त हावी चितुवा झैं फूर्तिलो जिउ अनि सिंगो मानव जातिका समस्याहरूको समाधान खोज्ने अजय मनोविज्ञान । चिसोले रातभरि खुम्चिएका शरीरका प्रत्येक तन्तुहरू आज तीव्र गतिमा सक्रिय छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जुरुक्क उठेर आँखा मिच्दै सिरानीको राइफल र छानोको एक छेउमा झुन्ड्याइएको हाते ग्रिनेड भिर्दै बाहिर निस्किएँ । बाहिर हिउँले सबै पाखा पखेराहरू ढपक्क छन् । स–साना खोला–खोल्साहरूको गहिराइ ठम्याउन कठिन छ । सेता घुम्टा ओढेका बुट्यानहरूबाट हिउँका स–साना डल्लाहरू खसिरहेका छन् । पासेको छानाबाट पौने घण्टाको ओरालो झर्न हिउँका अनगिन्ती थुप्राहरू पार गर्नुछ ।


Advertisment
Nabil box
Kumari

समयमै रेडियो सेट तल झार्नु छ र स्कूलको धुरीमा एन्टिना गाडेर प्रत्यक्ष प्रशारण गर्नुछ । आजका कार्यसूचीहरू अहिलेसम्मकै इतिहासका रोमाञ्चक र भविष्यमा गज्जबका स्मरणीय क्षण बन्ने छन् । के थाहा, मेरो व्यक्तिगत जीवनका लागि आजका कार्यसूचीहरू दुर्लभ वा अन्तिम पनि हुन सक्छन् । यो सब युद्ध मैदानको वास्तविक खेल त हो ।

Vianet communication

यस्तै कुराहरू मनमा खेलाउँदै रक्की र समुन्द्रको कोठामा पुगें । रक्कीले भने– ख्याउटे जिउ छ । कम्ब्याट छैन । राइफल बोक्दा त कमाण्डर जस्तो पनि नदेखिने । रक्कीसँगैका समुन्द्रले भने दाइ कमान्डर होइन, कमिसार हो नि त ! एक छिन हाँस्दै उनीहरू पनि जर्‍याकजुरुक उठे ।

रक्कीलाई राइफल भिराउँदै हामी रेडियोको एन्टिनातर्फ लाग्यौं । रुखमा झुन्ड्याइएको एन्टिना झिक्दा हातहरू बरफ जत्तिकै चिसो भइसकेका थिए । रुख हल्लिँदा खसेका हिउँका डल्लाहरू जिउभरी भए । त्यसको कुनै प्रवाह नगरी हामी एन्टिना झिकेर रेडियो सेट मिलाउँदै भान्सामा पुग्यौं । क. दर्शन, प्रतिभा, कामनालगायत साथीहरूले चिया पकाउँदै थिए । सबैका हात आगोको रापमै थिए । हाइ गर्दा मुखबाट बाफ आइरहेको थियो ।

अछामबाट स–कुशल अन्त पुर्‍याउने तयारीकै बीच प्रभाकर र लेखराज भट्ट सेनाको घेरामा परे । दोहारो गोली हानाहानसँगै नेताहरू त्यस घटनाबाट जोगिए । रेडियो सेट रातारात रामारोशनको पाटन डाँडा पुर्‍याइयो । कम्पनी सहायक कमान्डर प्रदेशीको हातमा परेको सेनाको मोबाइल सेटमा दोहोरो गालीगलौज हुँदा सेनाले त्यो नेटवर्क काटिदियो र त्यसपछि सेनाको मुभ थाहा पाउन मुस्किल भयो ।

केहीले साँझको बासी भात तताउँदै थिए । सबैभन्दा चाँडो उठ्ने क. टाइगर आज ढिला उठे । क. शितल र क. प्रविन्द धाराबाट आधा भाँडो पानी लिएर फर्किए । चिसोले खोल्सामा उभिन सक्ने अवस्था थिएन । क. सुरेश खाना खाएर मात्रै रामारोशन झर्ने अडानमा थिए भने दर्शन, टाइगर र चट्टान रेडियो सेट बोकेर तुरुन्त मसँग तल झर्नुपर्ने थियो ।

मैले साथीहरूलाई भनें क. सुरज हिजैदेखि तल हुनुहुन्छ, उहाँले बिहान ८ बजे पुगिसक्ने टाइमलाइन दिनुभएको छ, मसँग हिँड्नुपर्ने साथीहरू हिँडौं, बाँकी यताको मिलाएर १० बजेभित्र तल पुग्नेगरी आउनुहोला । चिया खाइवरी हामी रेडियो सेट, एन्टिनालगायत आवश्यक उपकरण बोकेर हिँड्यौं र हतार–हतार लड्दैपड्दै निर्धारित समयागावै रामारोशन पुगियो ।

महान जनयुद्धको आठौं वार्षिकोत्सव भव्यताका साथ मनाऔं । सेती–महाकाली स्वायत्त प्रदेश जिन्दावाद ! महान जनयुद्ध जिन्दावाद ! लगायत नारा लेखिएका ब्यानरहरूले रामारोशन रंगिएको थियो । दार्चुलादेखि कञ्चनपुर र कालीकोटदेखि कैलालीसम्मका पार्टी नेता कार्यकर्ता, समर्थक र शुभचिन्तकले भरिएको रामारोशनमा इतिहासकै सर्वाधिक ठूलो भीड थियो । तुल र ब्यानरहरूले बेहुलीझैँ सिंगारिएको थियो, रामारोशन ।

सेती–महाकाली स्वायत्त प्रदेश घोषणाको त्यो भव्य र ऐतिहासिक कार्यक्रमको चर्चा गाउँदेखि सदरमुकामसम्म थियो । आर्मी मुभ हुनसक्ने सम्भावित नाकाहरूमा राखिएका इन्टेलिजेन्स युनिटका साथीहरू कार्यक्रम हेर्न आफ्नो जिम्मेवारी छाडेर हिँडे । रामारोशनमा जनमुक्ति सेनाको फर्मेसन पनि सशक्त नै थियो । मुजाबगरदेखि नेटाकोटसम्मको सुरक्षा घेरा भने ग्रिनेडको भरमा छ, भन्ने थियो ।

कार्यक्रमस्थल आसपासको सुरक्षा घेरा कडा थियो । सबैको ध्यान सेती–महाकाली स्वायत्त प्रदेशको घोषणा र त्यसपछि पार्टीले गर्न सक्ने थप फौजी कारवाहीहरूमा केन्द्रित थियो । सबै जिल्लाहरूबाट आएका स्थानीय लोक भाका र झाँकीहरू आफ्ना कला प्रदर्शनमै व्यस्त थिए । त्यस भव्यतम् सांस्कृतिक कार्यक्रम जहाँ सामनादेखि वि.सु. सांस्कृतिक परिवारका बेजोड प्रस्तुतिहरू थिए ।

कैलालीको थारु नाच पहाडी कार्यकर्ताहरूका लागि नौलो थियो । पहाडी क्षेत्रका लोकभाका, देउडा र झाँकीहरू कैलालीबाट गएका कार्यकर्ताका लागि नौला थिए । त्यो एक पृथक संस्कृति र सभ्यता आदानप्रदानको गज्जबको संयोग थियो । सबैले आ–आफ्ना ऐतिहासिक धरातल र पहिचानको अस्तित्वबारे एक अर्कालाई बोध गराउँदै थिए ।

सौहार्द र सह–अस्तित्वमा आधारित समानताको सभ्यता विकास हुने सम्भावना पूर्ण रूपमा जीवित छ भन्दै देवराज रेग्मी साहित्यिक भावमा प्रस्तुत भए । इतिहासका नितान्त अपरिचित संस्कृति र सभ्यताहरू एकै मञ्चमा निकै हर्षोल्लासका साथ प्रदर्शन गरिएको त्यो क्षण साँच्चै यस युगकै अनौठो मेल थियो । आजभन्दा अठार वर्षअघि मैले प्रत्यक्ष अनुभव गरेको त्यो जादुमयी रोमाञ्चक गेम मेरो जिन्दगीकै अभूतपूर्व अवसर हो ।

आर्मीको घेरामा जनार्दन र माओवादी एफ.एम

आठौं वर्षागाँठको त्यो भव्यतम् कार्यक्रम बिथोल्नु, प्रादेशिक सरकारको घोषणालाई असफल पार्नु र माओवादी नेता कार्यकर्ताहरूलाई तितरबितर पार्नु त थियो नै त्यसका अतिरिक्त तत्कालीन सुरक्षा फौजको निशानामा सेती महाकाली इञ्चार्ज समेत रहेका सेनाका कमान्डर जनार्दन शर्मा प्रभाकर र माओवादीको क्षेत्रीय प्रसारण रेडियो जनगणतन्त्र सेती–महाकाली पनि थिए ।

बिहानै रेडियोले अध्यक्ष प्रचण्डको जनयुद्ध दिवसको शुभकामना प्रसारण गरेको थियो र केहीबेरपछि कमान्ड इञ्चार्ज तथा सेती महाकाली इञ्चार्जको शुभकामना सन्देश पनि प्रसारण गर्‍यो । फागुन १ मा जनयुद्ध दिवसको लाइभ प्रसारणको घोषणा बिहानै गरिसकिएको थियो । र, कार्यक्रम शुरू हुनासाथ एफ. एम. रेडियोले प्रत्यक्ष प्रसारण शुरू गरिहाल्यो ।

त्यसलगत्तै रेडियो र प्रभाकरमाथि घेरा कस्न सुरक्षा फौज रामारोशन झर्‍यो । हवाइ गस्ती र डाँडाँकाँडामा सेना ओरालियो । कार्यक्रमको समापनसँगै सबैको भागदौड शुरू भयो । सी आकारको घेरामा रामारोशनलाई पारियो ।

अछामबाट स–कुशल अन्त पुर्‍याउने तयारीकै बीच प्रभाकर र लेखराज भट्ट सेनाको घेरामा परे । दोहारो गोली हानाहानसँगै नेताहरू त्यस घटनाबाट जोगिए । रेडियो सेट रातारात रामारोशनको पाटन डाँडा पुर्‍याइयो । कम्पनी सहायक कमान्डर प्रदेशीको हातमा परेको सेनाको मोबाइल सेटमा दोहोरो गालीगलौज हुँदा सेनाले त्यो नेटवर्क काटिदियो र त्यसपछि सेनाको मुभ थाहा पाउन मुस्किल भयो ।

 एकातिर जंगलको बाटो, रातिको समय हिउँमा गह्रौं ब्याट्री र सोलार प्यानलका भारी बोक्नुपर्ने अर्कातिर बिहानदेखि खानेकुरा छैन, सेनाको लखेटाइबाट आफू बच्नु छ, टीम बचाउनु छ, मुख्यगरी रेडियो सेट बचाउने चुनौती छ  । स्थानीय साथीहरूले यो जंगलमा भालुको खतरा छ भनेर त्यत्तिकै तर्साएका छन् । हिउँबाट खुट्टा चिप्लियो भने कहाँ पुगिने हो थाहा छैन । हिउँले भरिएको भीरको बाटो छ ।

दुस्साहस भए होस्, टर्च लाइट बालेर हिँडौं भन्ने निर्णय गरियो । गर्मियाममा भेडा राख्न बनाइएका छानाहरूमा आजको रात बास बस्नुपर्ने थियो । राति १० बजे ती छानाहरूमा पुग्यौं । खाने कुराको जोहो हुने सम्भावना थिएन । पालैपालो सेन्ट्री बसेर रात बिताइयो । बिहान उठेर हिँडियो र हिउँले ढाकिएका पहाडका सबैभन्दा माथिल्लो भागका छानाहरूमा पुग्दा मध्याह्न १२ बजिसकेको थियो ।

त्यसपछि हिउँ पन्छाउँदै स्थानीयको सहयोगमा पानीको मुहानदेखि वस्तुस्थिति सबै बुझेर खाना पकाउँदा अपराह्नको साढे ४ बजिसकेको थियो । खाना खाँदा लगभग ५ बज्यो । झण्डै ४ हजार मिटरको उचाइमा अवस्थित त्यो पहाड अछामको सबैभन्दा अग्लो हाइपोस्ट थियो र त्यहाँ सेना जानसक्ने सम्भावना निकै कम थियो ।

तैपनि दिउँसो सेन्ट्रीबाहेक अरूले छानाहरूबाट बाहिर निस्केर ओहोरदोहोर नगर्ने, क्यामोफ्लाइजमा ध्यान दिने र सतर्कतापूर्वक रुखमा एन्टिना झुन्ड्याएर जनवादी गीतहरू र गितीनाटकहरू प्रसारण गरिरहने । ३ दिनपछि नियमित प्रसारण गर्ने र त्यसका लागि सबैले आ–आफ्नो तयारी गर्ने निर्णयसहित हामी पहाडी छानाहरूमा एफएम प्रशारण निरन्तरताको गृहकार्यमा जुट्यौं । फागुनको पहिलो हप्ता शहीद सप्ताहका कार्यक्रमहरू प्रशारण भए, छापामार एफएममा जनवादी गीत पुन घन्कियो–

‘हामी राता मान्छे, जनमुक्तिका मान्छे, गैरीगाउँको बजारैमा शहीद गेटैमा, केही प्यारोडीहरू र शहीदसम्बन्धी गतिविधिहरू ।

नियमित लयमा फर्किएपछि सेटहरूमार्फत जिल्ला पार्टीसँग सम्पर्क भयो । हामी असारसम्म त्यही पहाडमा जमेर बस्यौं । जनयुद्ध दिवसका अरू सबै वर्षहरूभन्दा त्यो वर्ष जिन्दगीकै विशेष स्मरणीय बन्यो ।  ती डाँडापाखामा हिउँ कुल्चिँदै दौडिएको त्यो समय, सुरक्षाफौजसँगको लुकामारी, भोक, प्यास र निन्द्राजस्ता प्राकृतिक अनिवार्यतासँग पनि सम्झौता गर्न तयार नहुने जिन्दगीको त्यो कठोर समयमा हामीलाई अरू केले पो जित्दो हो र ?

सम्झिँदा लाग्छ, के हामी यो सब गर्ने आफैं थियौं र ? यिनै र यस्तै अनगिन्ति कठिनाइहरूको सामना गर्दै, आफ्नै हातले सहयोद्धाका लासहरू व्यवस्थापन गर्दै, रक्तमुछेल साथीहरूलाई काँधमा बोकेर सेल्टरसम्म पुर्‍याउँदै, कैयौं साथीहरू आजसम्म ह्वीलचेयरको सहारामा हिँड्दै, कैयौंले आजसम्म शरीरमा गोलीका छर्राहरू बोकेर हिँड्दै परिवर्तनको यो बिहानीसम्म आइपुग्यौं ।

सम्झिँदा लाग्छ, के हामी यो सब गर्ने आफैं थियौं र ? यिनै र यस्तै अनगिन्ति कठिनाइहरूको सामना गर्दै, आफ्नै हातले सहयोद्धाका लासहरू व्यवस्थापन गर्दै, रक्तमुछेल साथीहरूलाई काँधमा बोकेर सेल्टरसम्म पुर्‍याउँदै, कैयौं साथीहरू आजसम्म ह्वीलचेयरको सहारामा हिँड्दै, कैयौंले आजसम्म शरीरमा गोलीका छर्राहरू बोकेर हिँड्दै परिवर्तनको यो बिहानीसम्म आइपुग्यौं ।

शरीरबाट अलिकति रगत नबगेको र एकाध घाउ खत नबोकेको हाम्रा कुनै सहयात्रीहरू छैनन् । कहिलेकाहीँ साथीहरूले मन अमिलो पारि सुनाउँछन्, हामीले एकजोर कपडा लगाउँदा र घरको छानोमा कर्कट पाता लगाउँदा समाजमा दानवीकरणको अभ्यास गरिन्छ । जसले वर्षौंदेखि रजगज गरे, आज पनि मोजमस्ती एवं सुरासुन्दरीमा मस्त छन्, तिनले कहिल्यै परिवर्तनको पक्षमा आफूलाई उभ्याउँदैनन् ।

समाजको सीमान्तकृत वर्गलाई ठाडै हकार्ने तिनको हैकमलाई नै दमितहरूले स्वाभाविक ठान्छन्, त्यहाँ कुनै प्रतिवाद हुँदैन । हामी सबैको सम्मान र सहअस्तित्वको जोडबलमा छौं, फेरि पनि हामी अलोकप्रिय छौं । यस गम्भीर रहस्यको खोजी गर्नैपर्ने छ ।

अन्त्यमा, परिवर्तनको यस महान यात्रामा आबद्ध र लामबद्ध सम्पूर्ण कमरेडहरूमा जनयुद्ध दिवसको हार्दिक शुभकामना ! समय लाग्छ, परिवर्तनले समाजको दिशा र दशा बदल्छ । हामीले समाजको दिशा पक्कै बदल्यौं र समाजको दशा बदल्न अर्को एउटा रूपान्तरणकारी अभियानको दायित्व लिनुपर्ने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x