×

एडीबीसँग सघन साझेदारी आवश्यक छ : अर्थमन्त्री शर्मा

फागुन ६, २०७८

फाइल फोटो

अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन एसियाली विकास बैंक (एडीबी) सँग सघन साझेदारी आवश्यक भएकोमा जोड दिएका छन् ।

एडीबीका कार्यकारी निर्देशक डा. वान फारिसनसँग शुक्रवार भएको ‘भुर्चुअल’ छलफलमा उनले साझेदारीको कुरामा जोड दिए ।


Advertisment

नेपालका उत्पादन नगण्य मात्रामा मात्र निर्यात भइरहेको बताउँदै अर्थमन्त्री शर्माले यसलाई बढाउन एडीबीसँग सहकार्य अपरिहार्य भएको उल्लेख गरे ।


Advertisment

‘नेपालको निकासी न्यून छ, उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तु निकासी गरी विश्व बजारमा पुर्‍याउन पनि एडीबीसँग हाम्रो सघन सहकार्य आवश्यक छ,’ उनले भने ।
  
अर्थतन्त्रको नकारात्मक पक्षहरूलाई घटाउन, व्यापारका सूचकांकमा सुधार गर्न तथा लगानीमैत्री वातावारण निर्माण गर्न सरकार क्रियाशील रहेको बताउँदै त्यसनिम्ति निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको जानकारी दिए ।

एडीबीले कोभिड महामारी नियन्त्रण गर्न तथा नेपालको अर्थतन्त्रलाई उन्नत तुल्याउन निरन्तर सहयोग गरेकामा उनले धन्यवाद ज्ञापन गरे ।

कोभिडपछिको अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्न बाँकी रहेको र त्यसमा एडीबीसँगको थप सहकार्य नेपाललाई आवश्यक भएको अर्थमन्त्री शर्माले बताए ।

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x