×

सफल उद्यमी महिला

सीताका स्वावलम्बी पाइलाः घरमै ‘तेह्रथुमे ढाका’ उत्पादन, ३०० जनालाई रोजगारी

विराटनगर | असार १५, २०८१

तेह्रथुमलाई ढाकाका कपडाको राजधानी भनेर चिनिन्छ । जिल्लाबासीका लागि ढाका आम्दानीको राम्रो स्रोत बनिरहेको छ । ‘तेह्रथुमे ढाका’का नामले उत्पादित ढाकाका कपडा विदेशमा समेत निर्यात हुने गरेका छन् ।

null 


Advertisment

यही ढाका उत्पादनसँग जोडिएकी छिन् तेह्रथुम सदरमुकाम म्याङलुङकी सीता दाहाल । गाउँमै घरेलु उद्योग खोलेर सीताले विगत १० वर्षदेखि आफूसहित सयौँ जनालाई ढाकाका कपडासँग जोडेकी छिन् । ३०० जना जतिले उत्पादन गरेको ढाका उनले खरिद गर्ने गरेकी छिन् । ढाकाका सामग्री बनाउनका लागि आफूले ५० जनालाई मशिन नै दिएको उनले बताइन् । ‘५० जना जतिलाई त मैले मशिन नै दिएकी छु,’ उनले भनिन्, ‘अन्य अढाइ सय जतिले धागो आदि कच्चा पदार्थ मबाटै लाने गरेका छन् । अनि कपडा बुनेर ल्याइदिन्छन् ।’


Advertisment

null

सीताले मशिन दिएका म्याङलुङ क्याम्पसका विद्यार्थी र छोरा–छोरी पढाउन सदरमुकाम आएका महिलाहरू छन् । विद्यार्थीहरूले आफ्ना कोठामै तान बुनेर कपडा ल्याइदिने गरेको उनले बताइन् । यसबाट उनीहरूले पढाइ खर्च पनि जुटाउने गरेका छन् ।

अहिले ढाकाका विभिन्न डिजाइन उत्पादन हुन्छन् । तानमा धागाे बुनेर कपडा बनाइन्छ । सीताले रुमाल, साडी, कुर्ता–सुरुवाल, चौबन्दी चोली, दौरा–सुरुवाल, कोट, झोला, टोपी, पर्स र जुत्ता लगायतका विभिन्न कपडा र सामग्री बनाउने गरेकी छिन् । ५० देखि २५ हजार रुपैयाँ मूल्यसम्म पर्ने कपडा र सामग्री आफ्नो उद्योगले उत्पादन गर्ने उनले बताइन् । उनी आफैँ पनि तानमा कपडा बुन्ने गर्छिन् । बजारमा कोठा भाडामा बस्ने महिलाहरू बढी यो पेशामा आबद्ध छन् ।

null

‘हामी धागो र डिजाइन दिएर पठाउँछौ,’ उनले भनिन् ‘उहाँहरूले  बुनेर ल्याइदिनुहुन्छ, हामी त्यसको ज्याला दिन्छाैँ । यस कामबाट एक महिलाले महिनामा १२ देखि १६ हजारसम्म कमाउने गरेको सीताले बताइन् । तान लगेर घरमै बुन्नेहरूले भने ज्यालामा काम गर्ने गरेका छन् । तेह्रथुममा यो व्यवसायले धेरैलाई रोजगारी दिएको छ । घरेलु सामग्री प्रयोग गरेर तान राखिएको हुन्छ । थोरै लगानी गरेर पनि तान जोड्न सकिने र फुर्सदको समयमा कमाइ हुने भएकाले पनि महिलाहरू यसमा जोडिने गरेको सीता बताउँछिन् ।

अहिले ढाका व्यवसायले आम्दानी र रोजगारीसँगै समयको समेत सदुपयोग गरिदिएको सीताको बुझाइ छ । उनका अनुसार  युवायुवती पनि यस पेशाप्रति आकर्षित छन्  । गिट्टी कुटेर जीविका चलाउने महिलाहरू पनि तान बुन्ने काममा आउन थालेका छन् । ‘एक पाथी धानमा दिनभरि काम गर्ने महिलाहरू अहिले महिनाको १५ हजार भन्दा माथि कमाउँछन्,’ उनी सगर्व भन्छिन् ।

null 

सीताको उद्योगबाट उत्पादन भएका सामान पूर्वका धरान, इटहरी, विराटनगर, दमकमा मात्र नभएर काठमाडौंका होलसेल पसलहरूसम्म पुग्ने गरेका छन् । पसलले ‘अर्डर’ गरे अनुसारका सामग्री उत्पादन गरेर दिन्छिन् उनी । हङकङ, साउदी अरेबिया र यूएईमा समेत कोशेलीका रूपमा सामग्री पठाउने गरिएको छ । रङ्ग नजाने तथा आकर्षक बुट्टा भएकाले तेह्रथुमको ढाका विशेष भएको उनको दाबी रहेको छ ।

null 

ढाका व्यवसायमा लाग्दा सीताले केही समस्या पनि झेल्नु परिरहेको छ । सबैभन्दा ठूलो समस्या धागोको रहेको उनले सुनाइन् । नेपालमा काठमाडौंमा भएको एउटा उद्योग मात्रै राम्रो छ । ‘त्यो उद्योगले समयमा धागो पुर्याउन सक्दैन । नगरपालिकाले सहयोग गरे तेह्रथुमकै ढाका व्यवसायीहरूले धागो उद्योग खोल्न सक्थ्यौँ । धागोको व्यवस्थापन भए धेरै उत्पादन गर्न सकिन्छ,’ उनले भनिन् । 

सीताले सामग्री बिक्री गर्न बजारमा पसल खोल्नु परेको छैन । सामान बेच्नका लागि उनले म्याङलुङ बजार आसपास पर्ने आफ्नै गाउँको घरमा ‘न्यू तेह्रथुम ढाका तथा धागो पसल’ खोलेकी छिन् । त्यहाँबाट उनले होलसेल र खुला दुवै तरिकाले बिक्री गर्छिन् । ‘अर्डर’ आउनासाथ बुन्न लगाउने गरेकी छिन् । र स्टाफमार्फत बजारमा पढाउने गरेकी छिन् ।

null

सीताको व्यवसाय राम्रै चलिरहेको छ । यसबाट आफू सन्तुष्ट रहेको उनी बताउँछिन् । घरमै रोजगारी सिर्जना गर्न सक्नु नै आफ्नो सम्पत्ति र सफलता रहेको उनको भनाइ छ । ‘घरमै उद्योग खोलेर जतिलाई रोजगारी दिन सकेकी छु, त्यो नै मेरो सम्पत्ति हो,’ उनले भनिन् ‘यो बचाइ राख्नु मेरा लागि चुनौती रहेको छ । त्यसको सामना गर्न तयार छु ।’


 

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x