×

NMB BANK
NIC ASIA

प्रदेशको नामकरणमा लचकता अपनाइदिन दलहरूलाई मुख्यमन्त्री राईको आग्रह

फागुन १०, २०७८

NTC
Premier Steels

१ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले नामकरणको विषयमा लचकता अपनाउन दलहरूलाई अनुरोध गरेका छन् ।

Muktinath Bank

सरकारले राखेको सर्वदलीय बैठकमा मुख्यमन्त्री राईले संसदमा प्रतिनिधित्व गर्ने दलहरूले लचकता अपनाए मात्रै प्रदेशले नाम पाउन सक्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीको निर्देशन अनुसार नै पार्टीको धारणा लिएर नै सांसदहरू अगाडि बढ्ने भएकाले नामको टुंगो लगाउन दलको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने उनले बताए ।


Advertisment
Nabil box
Kumari

अब पनि नाम टुंगो लगाउन नसके लाज हुने उनले बताए । ‘एउटा पहिचान र अर्काे भूगोल, मिश्रित पहिचानको अडानमा रहने हो भने नामको विषय टुंगोमा पुग्न सक्दैन,’ उनले भने, ‘मेरो गोरूको बाह्रै टक्का भन्ने अडान छाडेर नामकरणको विषयमा सहयोग गरिदिनुहोस् । सरकार सहजीकरण र समन्वय गर्न तयार छ ।’ भूगोल तथा पहिचान जे आधारमा भए पनि सहमतिका आधारमा टुंगो लगाउन पहल गरिदिन उनले आग्रह गरे ।

Vianet communication

बैठकमा नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपाने, नेपाली कांग्रेस प्रदेश सभापति उद्धव थापा, नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरी, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ, राष्ट्रिय लोकतान्त्रिक मञ्चका अध्यक्ष कुमार लिङ्देन, जसपाका केन्द्रीय उपाध्यक्ष राजकुमार यादव लगायतका नेता सहभागी भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x