×

NMB BANK
NIC ASIA

उमेरले उनी ७४ वर्ष टेके । बुढेसकालले ढाकिसक्दासम्म पनि उनको कलमको सिर्जनात्मक मसी तेजिलो नै छ ।

Muktinath Bank

हातले सुन्दर तस्वीर निरन्तर कोरिरहेका हुन्छन् उनी । बुटवलका कलाकार शान्तराम गिरी बहुप्रतिभाका धनी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले पनि रंग, पेन्सिल र कापी उनका साथी छन् । कुनै नयाँ चित्र बनाउनुपर्दा धेरै मानिस शान्तरामसँग ठोक्किन पुग्छन् ।


Advertisment
Nabil box
Kumari

सरल र रमाइलो तरिकाले तस्वीर बनाउन सिकाउनु उनको विशेषता हो । गिरीले समय सान्दर्भिक चित्र कोर्ने गर्छन् । हालै उनले ‘नो एमसीसी’को चित्र कोरेर नेपाल ललितकला प्रतिष्ठान काठमाडौंमा पठाएका छन् ।

Vianet communication

उनले हालै भारतले नेपाललाई निलेको तस्वीर कोरेका छन् । जुन तस्वीर उनी आफैंलाई औधी मन परेको छ । बडेमानको भारतले नेपाललाई सिधै निलेको तस्वीरमा देख्दा भारतले नेपालप्रति गर्ने हेराइको सन्देश बुझ्न गाह्रो नपर्ने बताउँछन् कलाकार गिरी ।

क्यानभासमा जीवनका रंगहरू पोख्छन् । कथाहरू खोज्दै आफूलाई फैलाएको लामो समय बितिसक्यो । उनको चित्र कोर्ने कोठा पुरानो म्यूजियम जस्तो देखिन्छ । पुष्पलाल श्रेष्ठ, कार्ल मार्क्स, पश्चिमा मिथक, खेत जोतिरहेको मान्छे, भक्कानिएर गीत गाइरहेका गाइने, ढिकी कुटिरहेका महिलाहरू फरक–फरक रंगमा पोतिएका छन् । रंगैपिच्छे फरक–फरक कथा बोलिरहेका हुन्छन् ।

२०३० को दशकमा सरकारी शिक्षकको जागिर छाडेर उनी कलाकारितामा लागेका हुन् । कलाकार गिरीले १ देखि ४ कक्षासम्मको अनुभव गर्न पाएनन् । २००४ सालमा पर्वतमा जन्मिएका उनले ५ कक्षाबाट आफ्नो शैक्षिक यात्रा शुरू गरे ।

पर्वतबाट चितवनको नारायणघाट, नवलरासीको बर्दघाट हँुदै उनी बुटवल आइपुगेका हुन् । बहुआयामिक प्रतिभाका धनी गिरीले शिक्षकको जागिर छाडेर कला क्षेत्रमा होमिएर सफल पहिचान स्थापित गरेका छन् । ‘कुची, रंगसँग रमाएको करीब ६ दशक भयो,’ उनी भन्छन्, ‘मावि तहको सरकारी जागिर छाडेर मैले कलाकारिता रोजें । कलाकारिता सजीव जिन्दगी हो । जहाँ ठूलो आत्मसन्तुष्टि मिल्छ ।’


 
कुची, रंग मात्र होइन, सिमेन्ट र छड पनि उनका साथी छन् । उनले विभिन्न सानो र ठूलो चलचिलत्रमा समेत अभिनय गरेका छन् । उनी आफैंले शुरूआत गरेको ‘जस्ताको तस्तै’ टेलिशृंखला १८६ भाग प्रसारण भइसकेको छ । कोरोनाका कारण रोकिएको उनको अभिनय, लेखन, निर्देशन लगायतको यात्राले पुन लय समातेको छ ।

शान्तरामका लागि सम्झनाको रूपमा जीवनभरको अमूल्य योगदानबापत प्राप्त भएका प्रमाणपत्र, मायाको चिनो, आफैंले कोरेका चित्रले घरमा भित्ता सजिएर साथ दिइरहेका छन् । १० वर्ष अगाडि आफूले आफ्नै चित्र कोरेर उनले सजाएका छन् । विवाहमा जाँदा कसैले खिचेको तस्वीर पुनः प्राप्त गरी त्यसैबाट उनले आफ्नो ठूलो चित्र कोरेका छन् ।

उनको घरको भित्ताले उनलाई नै हेरिरहेको छ । चिटिक्क परेको सुट–पाइन्ट, टाईमा सजिएको तस्वीरले अहिले पनि उमेरलाई नै चुनौती दिएको उनको भनाई छ । ‘कला भनेको मृत्युपछिको जीवन हो,’ शान्तराम भन्छन्, ‘इतिहासको दर्पण पनि हो ।’

कलाकारिता खासगरी चित्रकलामा उनको बढी दक्खल छ । नवलरासीको बर्दघाटमा माविसम्म पढाउँदै गर्दा पञ्चायतीकालमा आफूजस्तै कलाकारिता गर्दै चित्र बनाउने र बिक्री गर्ने व्यक्तिलाई उनले देखे । तत्कालीन राजारानीको चित्र बनाएर कार्यालयमा लगेर बेच्दा एउटा चित्रको ३०० रुपैयाँ कमाउँथे तर माविका शिक्षक उनले महिना दिनसम्म पढाएको तलब जम्मा २२५ रुपैयाँ थियो ।  प्रधानाध्यापकको तलब महिनाको ४०० रुपैयाँ हुने गरेको उनले सम्झिए ।

महिनाभर २२५ रुपैयाँको कमाइ हुने जागिर छाडेर उनी पूर्णरूपमा चित्र कोर्नतर्फ लागे । महिना दिनको कमाइ एकैदिनमा हुने वाल पेन्टिङ, ब्यानर, तुल लेखन लगायतका दर्जनभन्दा बढी काम गरेर राम्रो आम्दानी गर्न सफल भएको उनले बताए ।

शान्तरामको विषयमा नवलपरासीका पूर्व जिल्ला शिक्षा अधिकारी रूद्रलाल उपाध्यायले आलेख समेत लेखेका छन् । उनले लेखेका छन्, ‘शान्त स्वाभावका शान्तराम स्वाभिमानी र स्वावलम्बी देखिन्छन् । जे मनमा छ त्यहीँ बोल्छन्, त्यहीँ गर्छन्, अर्काको नक्कल उनमा छैन ।’

कलाकारितामा उनले नृत्यलाई पनि एउटा पाटो बनाएका थिए । चितवनमा रहँदा उनले जिल्लास्तरीय नृत्य प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भए । उनका शिल्ड, मेडल, प्रमाणपत्र अहिले पनि सुरक्षित रहेका छन् । 

आधा दर्जन बढी ठूलो पर्दाका चलचित्रमा समेत अभिनय गरेका उनले चितवनदेखि नवलपरासी र बुटवलसम्मको यात्रामा धेरै मेहनत गरेका छन् । उनी भन्छन्, ‘जीवनभर नै कलाकारितामा लागियो, बुढेसकालको सहारा यिनै मेरा कला हुन् ।’

उनले विभिन्न संघसंस्थामा पनि नेतृत्वमा रहेर काम गरेका छन् । लुम्बिनी एभरेस्ट आर्ट, हाम्रो डिजिटलका सञ्चालक, बुटवल उपमहानगरपालिकाको विद्वत परिषद् सदस्य र व्यवसायी कलाकार संघको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका छन् उनले । 

उनले २०३८ सालमा रामनगर बौद्ध गुम्बाका निम्ति बुद्धको पालिक बनाइदिएका छन् । २०३८ सालमा नै शिवपार्वती, गणेश बसाहा र कालभैरवको सालिक निर्माण गरी मन्दिरमा स्थापित गरेका छन् । त्यसैगरी मणिमुकुन्द सेन उद्यान (फूलबारी) मा मणिमुकुन्द सेन घोडामा चढेको ९ फिट अग्लो सालिक बनाएका छन्, रामापिथेकको सालिक बनाई पर्यटकहरुको ध्यान आकर्षण गर्न समेत सफल भएका छन् ।

सानैमा अरनिकोदेखि वीर शहीदहरूको चित्र कोरेको सम्झिन्छन् उनी । कतिपय चित्र उनको घरको भित्तामा अहिले पनि सजिएका छन् । कलाकारिताबाट नै हालसम्म जीवन चलाएका उनमा कलाप्रति उच्च सम्मान छ । आफ्नो कलाको काम गर्दा उनलाई सन्तोष मिलेको छ । 
 
स्नातकसम्म अध्ययन पूरा गरेका उनले सरकारी विद्यालयको जागिर छाडेर कलाकारितामा लागेपछि पछाडि फर्केर हेर्नु परेन । यहीँ नै सुखको उच्चशिला भएको उनको अनुभव छ । गिरीले चित्रकारसहित नाटक लेखन सम्बन्धी विधामा पनि काम गर्दै आएका छन् । कलाकारको हकहित एवं पेशालाई राज्यले ध्यान दिन नसकेकोमा उनको गुनासो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x