×

NMB BANK
NIC ASIA

एमसीसी अनुमोदनबारे बोल्यो चीन- एमसीसीभन्दा संविधान नै माथि हुने ठानेका छौं

फागुन १६, २०७८

NTC
Premier Steels

नेपालको संसदबाट एमसीसीसँगै अनुमोदन भएको व्याख्यात्मक घोषणा अध्ययन गरिरहेको र एमसीसी सम्झौताभन्दा नेपालको संविधान नै माथि हुने ठानेको प्रतिक्रिया दिएको छ ।

Muktinath Bank

संसदबाट एमसीसी अनुमोदन भएपछि चीनले मुख प्रतिक्रिया व्यक्त गरेको छ । चीनले नेपालमा एमसीसीबारे नजिकबाट नियालिरहेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ विदेश मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनविनले नेपालको संसदबाट पारित एमसीसीसँगै व्याख्यात्मक घोषणाको अध्ययन भइरहेको बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘हामीले नेपालको संसदबाट एमसीसीसँगै पारित भएको व्याख्यात्मक घोषणा पत्र हेरेका छौं । सम्बन्धित मुलुकको सार्वभौमिकता र जनताको इच्छालाई सम्मान गर्नुपर्ने, अरू मुलुकको आन्तरिक मामिलाको हस्तक्षेप गर्न नहुने कुरामा चीनले जोड दिँदै आएको छ,’ वनविनले पत्रकार सम्मेलनमा भनेका छन् । 

Vianet communication

आफ्नो हितका लागि अरू मुलुकको सार्वभौमिकता र हितलाई नोक्सान गर्न नहुने उनले बताए ।

वनविनले पत्रकार सम्मेलनमा नेपालमा एमसीसी सम्झौताभन्दा संविधान नै माथि हुने विश्वास पनि व्यक्त गरेका छन् ।  

‘एमसीसीका कारण नेपाल अमेरिकाको ‘हिन्द प्रशान्त रणनीति’को सैन्य र सुरक्षा सदस्य बन्ने छैन । अमेरिकाले नेपालको नीति र कानूनको सम्मान गर्नेछ भन्ने ठानेका छौं,’ उनले भने । 

चीनले अन्तर्राष्ट्रिय विकास र सहकार्यमा पारस्परिक समानताको सिद्धान्त पालना गर्नुपर्नेमा जोड दिने गरेको छ । 

वाङले पत्रकार सम्मेलनमा नेपालको मैत्रीपूर्ण छिमेकी र विकास साझेदारका रुपमा चीनले नेपाली जनतालाई स्वाधीन रुपमा विकास बाटो छनौट गर्न निरन्तर समर्थन दिने दाबी गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x