कात्तिक २७, २०८०
सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...
फागुन २२, २०७८
डिजिटल आँखाले हेर्ने हो भने १८ वर्षअघिको मुलुक र अहिलेको मुलुकमा निकै फरक छ । पहिले कुनै पनि कार्यालय धाउँदा भीड, ढिलासुस्ती, नगद बोक्नु पर्ने र घन्टौं लाइन बस्नुपर्थ्यो । तर, अहिले त्यो इतिहासजस्तै भएको छ ।
यो सबै सम्भव बनाएको डिजिटाइजेसनले नै हो, जसको नेतृत्व एफवान् सफ्टले गरेको छ ।
आजभन्दा १८ वर्षअघिको त्यो भोगाइलाई चिर्दै एफवान् सफ्टले मुलुकको प्रविधि क्षेत्रमा कब्जै जमाएर बसेको छ भन्दा पक्कै फरक पर्दैन ।
तरकारी पसल, चिया पसलदेखि किराना पसल हुँदै सरकारी निकाय तथा अन्य जहाँतहीँ एफ्वान सफ्टले नै आफ्ना सेवा विस्तार गरेको छ ।
असजिलो यात्रा
सन् २००४ (वि.सं. २०६०) मा एफवान् सफ्टले आफ्नो यात्रा शुरू गरेको थियो ।
मुलुकलाई नै डिजिटाइजेसन गर्ने महत्त्वकांक्षी योजना बोकेर शुरू भएको यो कम्पनीले अन्ततः आफ्नो लक्ष्य भेटेरै छाड्यो ।
कम्पनी शुरू भएको दुई वर्षसम्म सीमित काम गरिरहेको एफ्वान सफ्टले आफ्नो व्यवसाय विस्तारको सोच २००६ मा बनायो ।
मुलुकभित्र व्याप्त सामान्य तथा गम्भीर समस्याहरूको हल गर्ने उपाय खोज्दै जाँदा एफ्वान सफ्टले इसेवालाई जन्म दियो ।
त्यतिखेर मुलुकमा अनलाइनमार्फत् भुक्तानी गर्ने भन्ने कुरा निकै अपत्यारिलो लाग्थ्यो । बाहिरी मुलुकहरूमा प्रशस्त अभ्यास भए पनि नेपालमा भने त्यतिखेरसम्म अनलाइन भुक्तानीको अभ्यास थिएन ।
एफवान् सफ्टले मुलुकमा इसेवाको स्थापनासँगै शुरू गर्यो अनलाइन भुक्तानी । कम्पनीले इसेवालाई औपचारिक रुपमा २००९ मा सार्वजनिक गरेको थियो ।
इसेवामार्फत अनलाइन भुक्तानी गर्न मिल्ने भए पनि त्यतिखेर बैंंकबाट इसेवामा कसरी कारोबार गर्ने ? अर्थात् ‘क्यास अपलोड’ कसरी गर्ने ? भन्ने समस्या भएको एफवान्् सफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास शर्मा सम्झन्छन् ।
इसेवा सार्वजनिक भइसकेपछि इसेवाबाट अनलाइन पेमेन्ट गर्न मिल्ने तर बैंकबाट इसेवाबाट पैसा ल्याउन भने सहज थिएन ।
त्यतिबेला केही बैंकले मात्रै डिजिटल बैंकिङको अभ्यास गरेका थिए । लक्ष्मी, कुमारीलगायत केही बैंकको मात्रै डिजिटल बैंकिङ थियो ।
त्यसपछि बैंकलाई नै इन्टरनेट बैंकिङमा लैजानका लागि एफवान् सफ्टले धेरै काम गर्यो ।
त्यो समयमा भर्खर मात्रै मोबाइल फोनको पहुँच हुन थालेको थियो । करीब ५ प्रतिशतमा मात्रै इन्टरनेटको पहुँच रहेको सीईओ शर्मा सम्झन्छन् । तर, एफवान् सफ्टले इसेवा पनि मोबाइलमा बनाउने काम भने गरिरहेकै थियो ।
त्यो समय बैंकिङ क्षेत्रलाई पनि डिजिटाइज गर्ने काममा एफवान् सफ्टलाई शुरूआती सफलता मिलेको थियो ।
पूर्ण रुपमा डिजिटाइज नभए पनि त्यतिखेर बैंकहरूमा एसएमएस बैंकिङ शुरूआत भएको थियो । त्यसअघिसम्म त्यस्ता केही सुविधा बैंकहरूमा थिएन ।
प्रविधिको विस्तार र बैंकिङ प्रणालीलाई सँगसँगै लैजाने एफवान् सफ्टको योजना विस्तारै सफल हुँदै गइरहेको थियो ।
सँगै नेपालीको मोबाइल बोक्ने बानीमा पनि बढोत्तरी हुँदै थियो । विस्तारै स्मार्टफोनहरूको प्रयोग नेपालमा बढ्न थाल्यो । यो सन् २०१२ (वि.सं. २०६८) अघिकै कुरा हो ।
स्मार्टफोनको प्रयोग बढेसँगै एफवान् सफ्टले इसेवा, मोबाइल बैंकिङ जस्ता सेवासुविधाहरू मोबाइलबाटै इन्टरनेटको माध्यमबाट चल्ने बनाइयो ।
प्रविधि र प्रविधिमैत्री बजारको विस्तारसँगै एफवान् सफ्टले धेरै नै सेवासुविधा बजारमा ल्याएको छ ।
बजारलाई प्रविधिमैत्री बनाउनमा एफवान् सफ्टले महत्त्वपूर्ण भूमिका खेलेको सीईओ शर्मा बताउँछन् । भन्छन्, ‘मार्केटको ग्रोअपअनुसार छिटोछिटो प्रोडक्टहरू ल्याउन सक्यौँ ।’
स्मार्ट मोबाइलको बढ्दो विस्तारसँगै मोबाइल बैंकिङ् सुविधा प्रायः सबै बैंक तथा वित्तीय संस्थाहरूले ल्याइसकेका छन् ।
सन् २०१५ आसपासमा नै बैंकहरूमा प्रायः सबैले मोबाइल बैंकिङ् शुरू गरेका थिए, जसमा एफवान् सफ्टकै प्रविधि थियो ।
त्यसपछि बैंक र ग्राहकबीचको पुलको काम गर्ने सोच एफवान् सफ्टले बनायो । बजार विस्तारसँगै यो एक आवश्यकता थियो । सोही आवश्यकता महसुस गर्दै कम्पनीले फोनपे र क्यूआर पेको पनि सन् २०१६ मा नै शुरू गरेको सीईओ शर्मा सम्झन्छन् ।
सन् २०१८ सम्ममा प्रायः बजारमा क्यूआरपे छ्यापछ्याप्ती रहेको थियो ।
एफवान् सफ्टले इसेवा र फोनपेमात्रै हैन अहिले बजारलाई प्रविधिमैत्री बनाउने गरी १४ वटा ‘प्रोडक्ट’ सञ्चालनमा ल्याइसकेको छ अर्थात् १४ वटा कम्पनीको मातृ कम्पनी एफवान् सफ्ट हो ।
एक हजार जनालाई प्रत्यक्ष रोजगारी
एफवान् सफ्ट ग्रुप तीनजना युवाले शुरू गरेको कम्पनी हो ।
विश्वास ढकाल, अस्गर अली र सुवास शर्माले १८ वर्षअघि शुरू गरेको यस कम्पनीमा हाल प्रत्यक्ष रोजगारीमा करीब १ हजार जनशक्ति संलग्न छन् ।
यस्तै एक लाख ४० हजार बजार एजेन्टहरूले अप्रत्यक्ष रूपमा एफवान् सफ्टमार्फत नाफा पाइरहेको कम्पनीका सीईओ शर्मा बताउँछन् ।
डिजिटल यात्रा, पारदर्शी अर्थतन्त्र
एफवान् सफ्टले मुलुकलाई डिजिटाइज गर्ने महत्त्वकांक्षी योजना ल्याएको थियो । महत्त्वकांक्षी यस अर्थमा कि त्यतिखेर न इन्टरनेटको पहुँचमा धेरै नागरिक थिए न त प्रविधि वा स्मार्टमोबाइलको पहुँचमा नै ।
तर, एफवान् सफ्टको सो योजनाकै कारण अहिले मुलुकमा प्रविधिले निकै फड्को मारेको अवस्था छ ।
यति मात्रै नभएर एफवान् सफ्टले कारोबारलाई डिजिटल त बनायो नै अर्थतन्त्रलाई पनि पारदर्शी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको सीईओ शर्मा बताउँछन् ।
‘कारोबार जति डिजिटल बन्दै गएको छ, अर्थतन्त्र पनि त्यति नै पारदर्शी बन्दै गएको छ,’ सीईओ शर्मा भन्छन् । अहिले डिजिटल भुक्तानीमार्फत पनि मुलुकको कुल ग्रार्हस्थ्यमा योगदान पुगेको उनको भनाइ छ ।
एफ्वान सफ्ट नै किन ?
एफवान् सफ्ट मुलुकलाई नै डिजिटाइज गर्ने काममा अग्रणी भूमिका खेलेको कम्पनी हो ।
कम्पनीले व्यक्तिगत लाभको लागि मात्र नभई मुलुककै अर्थतन्त्र तथा अर्थ प्रणालीलाई लाभ दिने उद्देश्यले काम गरेको सीईओ शर्मा बताउँछन् ।
मुलुकको आर्थिक प्रणालीलाई डिजिटाइज बनाउने यात्रामा शुरूदेखि नै एफवान् सफ्टले नेतृत्व गरिरहेको र अझै पनि विभिन्न नयाँ क्षेत्रलाई प्रविधिमैत्री बनाउन एफवान् सफ् लागिरहेको उनी बताउँछन् ।
अहिले एफवान् सफ्टले भुक्तानीलाई नै केन्द्रमा राखेर कामहरू गरिरहेको छ ।
अब ग्राहकलाई ‘देखिने गरी’ फाइदा !
यतिखेरसम्म मुलुकलाई डिजिटाइज गर्ने काममा व्यस्त रहेको एफ्वान सफ्टले अब ग्राहकलाई ‘देखिन गरी’ फाइदाका लागि समेत काम गर्ने तयारी गरेको छ ।
मुलुकलाई डिजिटाइज गर्ने अभियानका साथसाथै अब ग्राहकको फाइदालाई पनि प्राथमिकतामा राखिएको सीईओ शर्मा बताउँछन् ।
‘हिजो क्यास कारोबार थियो तर आज मोबाइलबाट कारोबार भइरहेको छ । फाइदा के भयो त ? यसलाई कसैले पनि हेरेको छैन,’ सीईओ शर्मा भन्छन्, ‘डिजिटाइज गर्ने योजना छ, गर्दै जान्छौँ तर अब यसबाट बेनेफिट पनि त आउनुपर्यो, यसमै कम्पनीले केही विशेष काम गर्नेछ ।’
उनले छिट्टै नै ग्राहकसमेत लाभ हुने गरी नयाँ काम सार्वजनिक गरिने बताए ।
उनका अनुसार कम्पनीले अबको केही समयभित्र नै ‘डिजिटल लोन’को व्यवस्था गर्ने तयारी छ ।
यसको माध्यमबाट ग्राहकलाई धेरै सहयोग पुग्ने र जीवनशैलीमा नै परिवर्तन गर्ने एफवान् सफ्टको योजना छ ।
यी हुन् एफवान् सफ्टका मुख्य केही कम्पनीहरू
एफवान् सफ्ट इन्टरनेसनल
एफवान् सफ्ट सफ्टवेयर डेभलपमेन्ट र इन्भेष्टमेन्ट कम्पनी हो । विगत १८ वर्षदेखि सञ्चालनमा रहेको कम्पनीले विभिन्न कम्पनीमा लगानी (इन्भेष्टमेन्ट) गरिरहेको छ ।
यस कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता वित्तीय क्षेत्रमा आवश्यक पर्ने थुपै्र प्रविधिको निर्माण गर्दै आएको छ । साथै यस कम्पनीले स्वदेशमा मात्र नभएर विदेशका विभिन्न कम्पनीका लागि आवश्यक पर्ने सफ्टवेयर निर्माण गर्ने कार्य समेत गर्दै आएको छ ।
इसेवा
इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
सन २००९ मा बेटा भर्सन रिलिज गरी सन २०१० जनवरी २५ बाट सेवा शुरू गरेको इसेवाले हाल ४० लाख ग्राहकलाई प्रत्यक्ष सेवा र एक लाख ३० हजार एजेन्ट नेटवर्कबाट एक करोड ७० लाख जनतालाई भुक्तानी सेवा दिइरहेको छ ।
इसेवाबाट हाल दैनिक २ लाखभन्दा बढीको कारोबार हुन्छ ।
हाल इसेवा मार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, रेमिट्यान्स सेवा, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
फोनपे
फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक हो ।
फोन पेको नेटवर्कमा १ करोड ३० लाख बढि रजिष्टर्ड युजर, करिब ५ लाख मर्चेन्ट र ५० बढी बैंक तथा वित्तीय संस्था र डिजिटल वालेट पार्टनरका रूपमा आवद्ध रहेका छन् ।
फोन पे अन्तरगत फोनपे अफर, फोनपे मर्चेन्ट, फोनपे डाइरेक्ट, क्युआर पेमेन्ट, कर्पोरेट फोनपे, हब पेमेन्ट, थर्डपार्टी पेमेन्ट जस्ता सेवा उपलब्ध रहेका छन् ।
फोनपेले पछिल्लो समय नेपालको डिजिटल भुक्तानीमा पनि एक किसिमको क्रान्ति नै ल्याएको छ ।
कोजेन्ट हेल्थ
कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो ।
कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर)मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्न प्रविधि निर्माणको काम गर्दै आएको छ ।
कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरू नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरूमा प्रयोग भइरहेका छन् ।
कोजेन्ट हेल्थको प्रविधिले हस्पिटलहरू पनि डिजिटलाइज भइरहेका छन भने अनलाइनबाटै टिकट काटेर उपचार गर्न सकिने अवस्था आएको छ ।
इसेवा मनि ट्रान्सफर
रेमिट्यान्सलाई सहज र सरल रूपमा नेपाल भित्र्याउने सहयोग गर्ने उद्देश्यका साथ इसेवा मनि ट्रान्सफरले सेवा दिइरहेको छ ।
इसेवा मनि ट्रान्सफर मार्फत विश्वका कुनैपनि मुलुकबाट रेमिट्यान्स पठाउन सकिन्छ । कम्पनीले कम लागतमा डिजिटल वालेट तथा बैंक खातामा रेमिट्यान्स भित्राउँदै आएको छ ।
दियालो टेक्नोलोजिज
दियालो टेक्नोलोजीज पनि एफ्वान सफ्ट अन्तरगतकै कम्पनी हो । कम्पनीले ‘वाटरमार्क’ नामक सफ्टवेयर निर्माण गरी खानेपानी समितिलाई डिजिटलाइज गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
यस्तै दियालोले नेपालमै पहिलो पटक क्लाउड बेसमा आधारित अकाउन्टिङ सफ्टवेयर ‘इलेखा’, फुटसलको अनलाइन बुकिङ गर्न सकिने सफ्टवेयर लगायतका अन्य सफ्टवेयर पनि निर्माण गर्दै आएको छ ।
दर्शन टेक
दर्शन टेकले नेपालको बीमा क्षेत्रलाई डिजिटलाइज्ड गरिरहेको छ ।
आई सोलुसन नामक सफ्टवेयर निर्माण गरी बीमा क्षेत्रलाई डिजिटलाइज्ड गर्ने अभियानमा कम्पनी अगाडि बढेको छ । बीमा क्षेत्रमा विदेशी सफ्टवेयरलाई विस्थापित गरी स्वदेशी सफ्टवेयर स्थापित गर्नुमा दर्शन टेकको ठूलो हात रहेको छ ।
हाल नेपालका अधिकांश जीवन बीमा कम्पनीले दर्शन टेकको सफ्टवेयर प्रयोग गरिरहेका छन् ।
एक्सटेन्सो डेटा
एक्सटेन्सो डेटा भनेको एफ्वान सफ्ट ग्रुप अन्तरगतको डेटा एनालाइटिक्स कम्पनी हो ।
कम्पनीको एआई, डेटा एनालाइटिक्स, प्रेडिक्टिभ एनालाइसिस र बिग डेटामा दक्षता रहेको छ । कम्पनीले बिजनेस एनालाइटिक्स, फ्युचर फोरकास्टिङ, प्रोसेस अप्टिमाइजेसन, डेटा इन्जिनियरिङ तथा प्रोसेस अटोमेसन सेवा प्रदान गर्दै आइरहेको छ ।
लोजिका बिन्स
लोजिका बिन्स एफ्वान सफ्ट ग्रुप अन्तरगतकै एउटा कम्पनी हो । यसले आउटसोर्सिङको काम गर्छ ।
सिरेन टेक्नोलोजिज
सिरेन टेक्नोलोजिजले इन्टरप्राइजमा आधारित सेवाहरू प्रदान गर्दै आइरहेको छ । सिरेज टेक्नोलोजिजले म्यानेजमेन्ट सिस्टम, डेस्क्टप तथा वेबमा आधारित एप्लिकेसन, वेभ पोर्टल निर्माण, मोबाइल एप्लिकेसन लगायतका सेवा प्रदान गर्दछ ।
स्वस्तिक कलेज
स्वस्तिक कलेज एफवान् अन्तरगतकै एउटा आईटी कलेज हो । स्वस्तिक कलेजमा ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (बीएससी सीएसआईटी) र ब्याचलर इन कम्प्युटर एप्लिकसेन (बीसीए) विषय पढाई हुन्छन् ।
बस सेवा
बस सेवा डटकम नेपालको पहिलो अनलाइन रियल टाइम टिकट बुकिङ प्लेटफर्म हो । बस सेवाको मोबाइल एप र वेबसाइट प्रयोग गरी घरमै बसेर सहज रूपमा अनलाइनबाटै बसको टिकट काट्न सकिन्छ । साथै टिकटको पैसा पनि अनलाइनबाटै भुक्तानी गर्न सकिन्छ ।
इसेवा ट्राभल
इसेवा ट्राभल पनि एफवान् सफ्ट ग्रुप अन्तरगतको कम्पनी हो । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिकेटिङको काम गर्छ ।
डिजिटल टिकेटिङलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यसको स्थापना भएको हो । हाल इसेवा मार्फत आन्तरिक तथा वाह्य हवाइ टिकट काट्न सकिन्छ ।
सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...
चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...
कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...
नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...
हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...
नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...