×

NMB BANK
NIC ASIA

रुस-युक्रेन युद्ध

युक्रेनमा अमेरिकाले जैविक हतियार बनाउने गरेको रुसी दाबी– सत्य कि षड्यन्त्र सिद्धान्त ?

फागुन २५, २०७८

NTC
Photo : globalvillagespace.com
Premier Steels

युक्रेनमा जैविक हतियार बनाउने प्रयोगशालासम्बन्धी दस्तावेज पत्ता लगाएको रुसले दाबी गरेको छ । 

Muktinath Bank

रुसी टीभी च्यानल आरटीको एक रिपोर्टमा उल्लेख गरिएअनुसार, त्यस्ता प्रयोगशाला सम्बन्धी दस्तावेजलाई तत्कालै नष्ट गर्न अमेरिकाले निर्देशन दिएको कागजात रुसी सुरक्षाबलहरूले पत्ता लगाएका छन् । रुसको रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेनकोभले यसको जानकारी दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फेब्रुअरी २४ मा रुसी सेनाले प्लेग, एन्थ्राक्स, हैजा लगायतका खतरनाक विषाणु तथा रोगाणुहरूलाई हतियार बनाउने प्रयोगशालाका दस्तावेजहरू पत्ता लगाएको कोनाशेनकोभले बताए । अहिले रुस सरकारले ती दस्तावेजहरूको विश्लेषण र सत्यापन गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

यसैलाई पुष्टि गर्दै अमेरिकाको बाइडन प्रशासनमा परराष्ट्र राज्यमन्त्री रहेकी भिक्टोरिया नुल्यान्डले सिनेट फोरेन रिलेसन्स कमिटीको एक सुनुवाइमा युक्रेनमा जैविक अनुसन्धान केन्द्रहरू रहेको बताइन् । उक्त केन्द्रहरू रुसी सेनाको हातमा पर्न सक्ने जोखिम रहेको पनि उनले औंल्याइन् । 

Vianet communication

नुल्यान्डले कंग्रेसको सुनुवाइमा प्रस्तुत गरेको हाउभाउ हेर्दा उनले निकै असहज अनुभव गरेको स्पष्ट हुन्छ । अर्थात्, अमेरिकाले युक्रेनको प्रयोगशालामा गरिरहेको परीक्षण पवित्र उद्देश्यका गरिएको रहेनछ भन्ने कुराको संकेत नुल्यान्डको असहजताले दिन्छ । 

फेब्रुअरी २८ मा युक्रेनस्थित अमेरिकी दूतावासले प्रयोगशाला सम्बन्धी कागजात नष्ट गरेको बताइन्छ । 

नुल्यान्डले कंग्रेसको सुनुवाइमा प्रस्तुत गरेको हाउभाउ हेर्दा उनले निकै असहज अनुभव गरेको स्पष्ट हुन्छ । अर्थात्, अमेरिकाले युक्रेनको प्रयोगशालामा गरिरहेको परीक्षण पवित्र उद्देश्यका गरिएको रहेनछ भन्ने कुराको संकेत नुल्यान्डको असहजताले दिन्छ ।  फेब्रुअरी २८ मा युक्रेनस्थित अमेरिकी दूतावासले प्रयोगशाला सम्बन्धी कागजात नष्ट गरेको बताइन्छ । 

सन् १९७५ मा कार्यान्वयनमा आएको जैविक हतियार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिले कुनै पनि किसिमको जैविक हतियार बनाउन प्रतिबन्ध लगाएको छ । महासन्धिको पहिलो धारामा कुनै पनि परिस्थितिमा जैविक हतियार विकास, उत्पादन, भण्डारण, हासिल वा संग्रह गर्न प्रतिबन्ध लगाइएको छ । 

तर अमेरिकाले विश्वका धेरै स्थानमा जैविक हतियार निर्माण कार्यक्रम चलाएर राष्ट्रसंघीय महासन्धिको उल्लंघन गरेको विषयमा खोजमूलक रिपोर्टहरू प्रकाशित छन् । यूएसए टुडेका लागि एलिसन योङ र निक पेनजेन्सट्याडलरले यसबारेमा खोज गरेर रिपोर्ट तयार पारेका छन् ।

द सेन्टर फर पब्लिक इन्टिग्रिटी नामक संस्थाका लागि पिटर आइस्नरले तयार पारेको रिपोर्टमा पनि यसको उल्लेख छ । 

तर यस विषयमा दिलयाना गेतान्दझिएभाले तयार पारेको लामो रिपोर्ट निकै उम्दा छ । त्यसमा अमेरिकाको रक्षा मन्त्रालय पेन्टागन जैविक हतियार कार्यक्रममा संलग्न रहेको विस्तृत विवरण पाइन्छ । 

गेतान्दझिएभाका अनुसार, अमेरिकी सेनाले जैविक हतियार कार्यक्रममार्फत लाखौं मानिसलाई नजानिँदो तवरले खतरनाक रोगाणु (प्याथोजिन) तथा निको नहुने रोग लगाइदिने गरेको छ । संसारका २५ वटा मुलुकमा त्यस्ता किसिमका जैविक प्रयोगशालाहरू छन् । जर्जिया, युक्रेन, पश्चिम एसिया, दक्षिणपूर्वी एसिया र अफ्रिकाका मुलुकहरूमा यी प्रयोगशाला छन् ।

यी जैविक प्रयोगशालाहरूलाई डिफेन्स थ्रेट रिडक्सन एजेन्सी नामक निकायको बायोलोजिकल थ्रेट रिडक्सन प्रोग्राम नामक सैन्य कार्यक्रमअन्तर्गत सञ्चालन गर्ने गरिएको छ । त्यो रक्षा मन्त्रालयको एक निकाय हो । यसलाई २ अर्ब डलरभन्दा बढी रकम छुट्ट्याइएको छ ।

त्यस कार्यक्रमअन्तर्गत अमेरिकाले सहयोगी मुलुकहरूसँग मिलेर संसारका खतरनाक संक्रामक रोगहरू फैलिनबाट रोक्ने उद्देश्य लिएको बताउने गरेको छ । 

युक्रेनमा रोगाणु र सुरक्षा खतरा हुने विषाणुलाई सुरक्षित पार्नु उक्त कार्यक्रमको उद्देश्य रहेको बताइन्छ । त्यसैक्रममा किएभ र ओडेसामा दुईवटा प्रयोगशाला बनाइएको छ । ती प्रयोगशालामा अमेरिकाले लगानी गर्ने मात्र नभई युक्रेनी र अमेरिकी वैज्ञानिकहरूले त्यसमा मिलेर काम गर्ने समेत गरेका छन् । 

किएभ र ओडेसामा रहेका प्रयोगशालामा जैविक हतियार बनाएर रुसमाथि आक्रमण गर्न खोजिएको आरोप रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले अघिल्लो साता लगाएका थिए । त्यसो त रुसले आफ्नो सीमानजिक युक्रेनमा यस्ता किसिमका प्रयोगशालाहरू रहेको भन्दै बारम्बार आपत्ति जनाउने गरेको छ । 

रुसको सुरक्षा परिषद्का सचिव निकोलाइ पात्रुशेभले यस्तो दाबी कोम्मरसान्ट पत्रिकाको संवाददातासँग गरेका थिए । ती प्रयोगशालामा अमेरिकाले जैविक हतियार बनाइरहेको उनको दाबी छ । 

युक्रेनमाथि आक्रमणलाई जायज ठहर्‍याउनका लागि रुसले जैविक हतियार प्रयोगशालाको अस्तित्वलाई पनि एउटा कारण बनाएको छ । अमेरिकाले यस्तै किसिमको आमविनाशकारी हतियार सद्दाम हुसेन सरकारले बनाइरहेको भनी इराक आक्रमणलाई जायज ठहर्‍याएको थियो । 

युक्रेनलाई असैन्यीकृत गर्ने र नाजीविहीन बनाउने भनी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गर्दा जैविक हतियार कार्यक्रमलाई पनि नष्ट गर्ने संकेत गरेका हुन सक्छन् । रुसी सैनिकहरूले युक्रेनमा त्यस्ता किसिमका ३० वटा प्रयोगशाला आफूहरूले पत्ता लगाएको बताएका छन् । 

रुसी सशस्त्र बलको विकिरण, रासायनिक तथा जैविक प्रतिरक्षा इकाइका प्रमुख इगोर किरिलोभले युक्रेनको प्रयोगशालामा जैविक हतियार बनाइएको उदारहण दिए । उनका अनुसार, सन् २०२१ देखि पेन्टागनले युक्रेनका सशस्त्र बलमा पशुबाट सर्ने रोगको पहिचान, निगरानी तथा रोकथाम कार्यक्रम अन्तर्गत जैविक हतियार परियोजनामा काम गरिरहेको छ । त्यस परियोजनामा काम गर्ने युक्रेनी सैनिकहरू गम्भीर रोग लागेर अचानक मरेको र युक्रेन सरकारले त्यसलाई लुकाएको बताइन्छ ।

सन् २०२०–२१ मा जर्मनीको रक्षा मन्त्रालयले युक्रेनमा कंगो–क्राइमियाली रक्तस्राव रोगको रोगाणुका विषयमा अध्ययन गरेको थियो । त्यसैक्रममा कोरोनाभाइरसको उपचार तथा रोकथामको नाममा स्लाभ जातीय समूहका रोगीहरूको सिरमको हजारौं नमूना युक्रेनबाट अमेरिकामा रहेको वाल्टर रीड रिसर्च इन्स्टिच्युटमा लगिएको दाबी पनि किरिलोभले गरेका छन् । 

गेदान्तझिएभाका अनुसार, आफ्नो भूमिमा रहेको जैविक प्रयोगशालामा युक्रेन सरकारको नियन्त्रण छैन । अमेरिकी प्रयोगशालाको संवेदनशील जानकारी सार्वजनिक गर्न युक्रेन सरकारलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ । युक्रेन सरकारले खतरनाक रोगाणुहरू गोप्य रूपमा अमेरिकाको रक्षा मन्त्रालयलाई बुझाउनुपर्ने सम्झौता गरिएको छ । 

पश्चिमी सञ्चारमाध्यमहरूले चाहिँ रुसी अधिकारीहरूका यस्ता दाबीलाई षड्यन्त्र सिद्धान्तको संज्ञा दिएका छन् । ब्लूमबर्ग डट्कममा छापिएको सामग्रीमा उल्लेख गरिएअनुसार, युक्रेनमा आमविनाशकारी हतियारलाई गलत हातमा नजाओस् भनी सुरक्षित पार्न र बेकामे तुल्याउन पेन्टागनले सन् १९९१ देखि काम गरिरहेको छ । पवित्र उद्देश्य लिएर गरिएको कामलाई रुसले षड्यन्त्रकारी कामका रूपमा वर्णन गरेको आरोप अमेरिकीहरूले लगाएका छन् । 

चीनले चाहिँ रुसको दाबीलाई समर्थन गरेको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिच्यानले युक्रेनमा रहेका अमेरिकी जैविक हतियार प्रयोगशालामा सबै खतरनाक रोगाणुहरू रहेको अनि यसका सबै अनुसन्धान कार्य अमेरिकाले नै गरिरहेको बताए । 

यी प्रयोगशालाहरूको सुरक्षाका लागि अमेरिकाले सानदर्भिक सबै सूचना उपलब्ध गराउनुपर्ने चाओको भनाइ छ । कुन भाइरसहरू त्यहाँ भण्डारण गरिएका छन् र कस्तो किसिमको अनुसन्धान गरिएको हो भन्ने कुरा पनि अमेरिकाले खुलाउनुपर्ने उनले बताए । 

अहिले अमेरिका र रुस–चीनबीच शीतयुद्धको स्थिति रहेकाले एक पक्षले अर्को पक्षमाथि लगाएको आरोपप्रत्यारोपलाई पूरै पत्याउन सकिन्न । तर माथि पनि उल्लेख गरिएअनुसार, अमेरिकाले अनेकौं बहानामा जैविक अनुसन्धान प्रयोगशालामा काम गरेको पाइन्छ ।

गेदान्तझिएभाको रिपोर्टमा जर्जिया भन्ने देशमा अमेरिकाको प्रयोगशालाको बारेमा विस्तृत उल्लेख छ । त्यहाँको रिचर्ड लुगार सेन्टर पेन्टागनले चलाएको प्रयोगशाला भएको उनी लेख्छिन् । 

उक्त प्रयोगशाला राजधानी तब्लिसीमा रहेको अमेरिकी सेनाको भाजियानी एयरबेसबाट जम्मा १७ किलोमिटर टाढा छ । त्यहाँ एन्थ्राक्स र टुलारेमिया जस्ता जैविक हतियार तथा क्राइमियाली–कंगोली रक्तश्राव ज्वरो जस्तो संक्रामक रोगमा अनुसन्धान हुने गरेको छ । 

पश्चिमी सञ्चारमाध्यमहरूले चाहिँ रुसी अधिकारीहरूका यस्ता दाबीलाई षड्यन्त्र सिद्धान्तको संज्ञा दिएका छन् । ब्लूमबर्ग डट्कममा छापिएको सामग्रीमा उल्लेख गरिएअनुसार, युक्रेनमा आमविनाशकारी हतियारलाई गलत हातमा नजाओस् भनी सुरक्षित पार्न र बेकामे तुल्याउन पेन्टागनले सन् १९९१ देखि काम गरिरहेको छ । पवित्र उद्देश्य लिएर गरिएको कामलाई रुसले षड्यन्त्रकारी कामका रूपमा वर्णन गरेको आरोप अमेरिकीहरूले लगाएका छन् । 

जर्जियाका पूर्व रक्षामन्त्री इगोर गियोरगाद्जेले सन् २०१८ मा यस गोप्य प्रयोगशालाको खुलासा गरेका थिए । त्यहाँ मानवमाथिको परीक्षणको नाममा ७३ जनालाई रोगाणुले संक्रमण गराएर मारिएको उनको दाबी छ । 

गियोरगाद्जेले सार्वजनिक गरेको १ लाख पृष्ठको दस्तावेजमा सैन्य अनुसन्धान, जैविक हतियार तथा क्लिनिकल परीक्षणको विस्तृत वर्णन छ । तर पश्चिमी सञ्चारमाध्यमहरूमा यसबारेमा व्यापक कभरेज नगरिएकाले संसारले यसलाई थाहै पाएन । 

त्यस्तै अमेरिकी गुप्तचर निकाय सीआईएले मेरील्यान्डको फोर्ट डेट्रिकमा गोप्य जैविक हतियार प्रयोगशाला चलाइरहेको पनि गेदान्तझिएभा उल्लेख गर्छिन् । वुहानको प्रयोगशालाबाट कोरोनाभाइरस बाहिर आएर संसारलाई संक्रमित बनाएको भनी पश्चिमले चीनको दानवीकरण गर्दा चिनियाँहरूले त्यसको प्रतिकारका क्रममा यही फोर्ट डेट्रिकमा गरिने जैविक परीक्षणका क्रममा कोरोनाभाइरस चुहिएको हुन सक्ने भनी जवाफ फर्काउने गरेका थिए । 

त्यसो त वुहान प्रयोगशालामा गरिने अनुसन्धानका लागि पनि अमेरिकाले लगानी गरेको छ । 

त्यस्तै जर्जिया र रुसमा कीराले टोकाएर रोग फैलाउने परीक्षण गर्ने गरिएको खुलासा पनि गेदान्तझिएभाको अनुसन्धानले पत्ता लगाएको छ । यस्ता किसिमका अनेकौं परीक्षण भइरहेको उनी सप्रमाण दाबी गर्छिन् । 

युक्रेनमा पनि यस्तै गतिविधि भइरहेको थाहा पाएरै रुसले आक्रमण गरेको देखिन्छ । युक्रेनले अमेरिकी सहयोगमा आणविक हतियारका साथै जैविक हतियार बनाइरहेको पत्ता लागेपछि रुसको धैर्यको बाँध टुटेको हो । अनि डोनबास क्षेत्रमा युक्रेनी फौजहरूले रुसीभाषीहरूमाथि चरम हिंसा गरेकाले पनि रुस सैन्य कारवाहीमा अग्रसर बनेको हो । 

रुससँगको महाशक्ति प्रतिस्पर्धामा यसरी अमेरिकाले युक्रेनलाई उपयोग गरी आमविनाशकारी हतियार बनाएको हुन सक्ने प्रबल सम्भावना छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x