२७ जेठ २०८३, बुधबार

विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

फागुन २८, २०७८
विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पोखरा महानगरपालिका-१४ विजयपुर नजिक सडक छेउमा सोही महानगरपालिका-१० कुँडहर चोक बस्ने तनहुँ व्यास नगरपालिका-८ जौवारी घर भएका ३५ वर्षीय मिन कुमार गोसेली शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ चारदोवाटोस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव शुक्रबार फेला परेको छ ।

यसैगरी सिरहाको लहान नगरपालिका-१६ तरेगनास्थित जंगलको खोल्सीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २३ वर्षीया महिला र अन्दाजी २६ वर्षीय पुरुषको शव सडिगलेको अवस्थामा शुक्रबार फेला परेको छ ।

नवलपरासी(पूर्व)को  गैंडाकोट नगरपालिका-२ शिलान्यास चोकस्थित पार्कमा रहेको प्रतिक्षालयमा पनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्