×

NMB BANK
NIC ASIA

बढुवाका लागि दौडधूप

आईजीपीको दाबेदार हुनेगरी डीआईजीमा बढुवा हुन रस्साकस्सी, ३ कोटामा क–कसको सम्भावना ?

चैत ४, २०७८

NTC
Premier Steels

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि ३ जनाको नाम सिफारिश भएसँगै रिक्त डीआईजी पदमा बढुवाका लागि एसएसपीहरूको दौडधूप शुरू भएको छ ।

Muktinath Bank

मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले एआईजीको दरबन्दी थप्ने निर्णय गरेपछि चैत १ गते गृह मन्त्रालयको सचिवस्तरीय बढुवा समितिले डीआईजीत्रय वसन्त पन्त, धिरजबहादुर सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिश गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि डीआईजीको ३ वटा पद रिक्त भएको छ । यतिबेला डीआईजी हुने व्यक्तिमध्येबाट एक जना २०७९ चैतमा आईजीपी बन्ने सम्भावना समेत रहेकाले यसपटकको बढुवालाई निकै महत्त्वका साथ हेरिएको छ ।  


Advertisment
Nabil box
Kumari

आगामी वैशाख १९ गते वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीले अवकाश पाउँदैछन् । त्यसपछि अहिले एआईजी रहेकामध्ये एकजना ११ महिनाका लागि आईजीपी बन्नेछन् । एआईजी रहेका सबै आईजीपीका लागि दाबेदार हुने भए पनि विश्वराज पोखरेलको सम्भावना प्रबल छ ।

Vianet communication

त्यसपछिको आईजीपी को बन्ने भन्ने कुरा पनि यसपटकको डीआईजी बढुवाबाटै संकेत मिल्ने छ ।

डीआईजीमा बढुवाका लागि २०७५ माघ २४ गते बढुवा भएका एसएसपीहरू सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दीपक थापा, किरण बज्राचार्य, मीरा चौधरी, बुद्धिराज गुरुङ, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल लगायत प्रतिस्पर्धामा छन् ।

त्यसैगरी २०७७ वैशाख ९ मा बढुवा भएका एसएसपीहरू दुर्गा सिंह, हृदय थापा, विष्णुकुमार केसी, कुबेर कडायत, चन्द्र कुबेर खापुङ, सुदीप गिरी, राजेशनाथ बास्तोला, यज्ञविनोद पोखरेल पनि बढुवाका लागि प्रतिस्पर्धामा छन् । 

बालुवाटार स्रोतका अनुसार उमेशराज जोशी, वसन्तबहादुर कुँवर, सन्दीप भण्डारी, दीपक थापा र भीमप्रसाद ढकालमध्येबाट ३ जनालाई डीआईजी बनाउने तयारी छ ।

यसमध्ये पनि जोशी, कुँवर र थापाको सम्भावना प्रबल रहेको स्रोतको छ ।  

एसएसपी जोशी प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् । उनी सुदूरपश्चिमकै हुन् । जोशीलाई प्रधानमन्त्रीकै चाहनामा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख बनाइएको चर्चा हुने गरेको छ ।

कुँवर नेपाली कांग्रेसनिकट मानिन्छन् । अर्घाखाँची घर भएका उनलाई गृहमन्त्री बालकृष्ण खाँणले अगाडि ल्याउन खोजेको स्रोतको दाबी छ ।

विगतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिएका दीपक थापा प्रचण्डको कोटाबाट डीआईजी हुने सम्भावना छ । 

एमाले सरकारका पालामा महेश बस्नेत निकट रहेको भन्दै चर्चा भएता पनि पछिल्लो समय थापाले फेरि प्रचण्डसँग सम्बन्ध सुधारेको चर्चा छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x