×

NIC ASIA

चुनावी चटारोमा एमाले अध्यक्ष ओली

चैत ५, २०७८

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels
Marvel

स्थानीय तह निर्वाचन आउन ५६ दिन बाँकी रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दौडधूप बढेको छ ।

१५ दिनको अवधिमा केन्द्रदेखि जिल्लासम्मका २० भन्दा बढी कार्यक्रममा सरिक भएर ओली मत मागिरहेका छन् । स्थानीय तह निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यद्यपि स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धन मिलेरै अघि बढ्ने देखिएकाले ओलीको दल एमालेलाई निर्वाचनमा जीत हासिल गर्न निकै कठिन र चुनौती छ ।


Advertisment
Rupse Holidays
Nabil box

२ पटकसम्म मिर्गौला प्रत्यारोपण गरे पनि ओली ‘स्वस्थ्य व्यक्ति’ सरह सक्रिय छन् । जिल्लामा हुने जुनसुकै कार्यक्रममा समेत उनले चुनावी अभियानबारे बोल्ने गरेका छन् ।

Vianet communication

स्थानीय तह निर्वाचनमा एमालेले ६०–७० प्रतिशत सिट ल्याउने दाबी गरिरहेको छ तर त्यसलाई वास्तविकतामा उतार्न एमालेका लागि फलामको च्युरा खाएसरह हुने वाम विश्लेषकको भनाइ छ ।

पछिल्लोपटक गत चैत २ गते काठमाडौंमा भएको संसदीय दल बैठकमा सहभागी आफ्ना सांसदलाई ओलीले ६०–७० प्रतिशतमा जित हासिल गर्नुपर्ने भन्दै सोहीअनुसार परिचालन हुन आफ्ना सांसदलाई निर्देशन समेत दिए ।

स्थानीय तहमा एमालेको राम्रो जीत हासिल गराउन सक्ने शर्तमा सांसदलाई पुनः टिकट दिने आश्वासन समेत उनले दिएका छन् ।

गत चैत २ गते संसदीय दलको बैठकमा सहभागी उनी त्यसअघि जिल्ला दौडाहामा थिए । अहिले उनी हरेक दिन काठमाडौं उपत्यकाबाहिर पुगिरहेका छन् । ओली दैनिक १८ घण्टा खट्ने गरेको उनको सचिवालयले जनाएको छ ।

निकै दौडधूप गरे पनि स्थानीय तह निर्वाचनमा एमालेलाई पहिलो बनाउन भने उनीसामु चुनौतीको पहाड छ । एमाले पहिलो बन्ने दाबी गरिरहे पनि उनले दाबी गरेजस्तो सहज छैन ।

फागुन १५ गतेयता मात्रै ओली २ पटक झापा पुगेका छन् । उनी गत फागुन २१ गते तत्कालीन झापा विद्रोहका बेला सुखानीमा सहादत प्राप्त गरेका शहीदको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी भए । हरेक वर्ष एमालेले सुखानी स्मृति दिवस मनाउने गरेको छ ।

फागुन २५ गते झापा हुँदै मोरङ पुगेर नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङ रंगेली नगरपालिका प्रमुख दिलिपकुमार बगडिया, उपप्रमुख केशवकुमारी खनाल र २ वडाध्यक्षलाई पार्टी प्रवेश गराए । कार्यक्रमबाट करीब ५ हजार जनाले एमाले प्रवेश गरेका थिए ।

झापाअघि ओली दोलखा पुगे । फागुन २० गते साहित्यिक सांस्कृतिक महोत्सव उद्घाटन गर्न त्यहाँ पुगेका ओलीले कालिञ्चोक भगवती दर्शन गरेका थिए ।

फागुन २१ गते झापा पुगेका ओली एकरात उतै बसे भने फागुन २२ गते झापामै आयोजित नेपाल खेलकुद महासंघ प्रदेश अधिवेशन उद्घाटन गर्न पुगेका थिए ।

झापाबाट भक्तपुर बालकोटस्थित निवासमै फागुन २२ गते पार्टी प्रवेश कार्यक्रम आयोजना गरे । जहाँ ओलीले विवेकशील साझा पार्टी नेता अमृतराज वैद्य लगायतलाई एमालेमा प्रवेश गराए ।

फागुन २३ गते नवलपरासी गएका ओली कावासोती पुगेर मध्यबिन्दु बहुमुखी क्याम्पसको १६औं स्थापना दिवसमा सहभागी भए ।

नवलपरासीबाट सोही दिन पोखरा गएका ओलीले पोखरामा मानवअधिकार एलाइन्सको पाँचौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गरे । सोही दिन धौलागिरि जागरण दैनिकको १५औं वार्षिक उत्सवमा ओली सहभागी भए र चुनावबारे प्रवचन समेत दिए ।

त्यसदिन पोखरामै बसेका ओलीले फागुन २४ गते प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपलब्ध गराएर गण्डकी अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गर्न भ्याए ।

एमालेको गण्डकी प्रदेश कमिटीले फागुन २४ गते पोखरामा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ओली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

सोही दिन पोखराबाट काठमाडौं आएर ओली काठमाडौंमा अखिल नेपाल महिला संघले नारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर स्थानीय तहको निर्वाचन एमालेले अत्याधिक बहुमतका साथ जित्ने दाबी गरेका थिए ।

फागुन २५ गते मोरङ पुगेर फर्किएका ओली भोलिपल्ट भने काठमाडौंमा आयोजित एमाले बाग्मती प्रदेश संगठन कमिटी बैठकमा अतिथिका रूपमा सहभागी भए ।

त्यसअघि ओलीले अभिनेत्री करिश्मा मानन्धरसँग भेटेका थिए । मानन्धर ओलीलाई भेट्न बालकोट पुगेकी थिइन् । ओलीसँगको भेटपछि मानन्धर एमाले प्रवेश गर्न राजी भएकी थिइन् । आगामी वैशाख ९ गते एमालेले आयोजना गर्ने कार्यक्रममा मानन्धर एमाले प्रवेश गर्ने बताइएको छ ।

फागुन २७ गते प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न उनी फेरि पोखरा पुगे । ओलीले कार्यक्रममा २ घण्टासम्म भाषण गरे र निर्वाचनबारे समेत प्रवचन दिए । त्यसको भोलिपल्ट २८ गते काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको ११औं राष्ट्रिय अधिवेशनको उद्घाटनमा उनी सहभागी भए ।

फागुन २९ गते बारा जिल्लाको जयनगर (चिउँटाहा) पुगेर आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष महम्मद मुस्तफ अन्सारीसहित दर्जनांैलाई उनले एमाले प्रवेश गराए । सोही दिन ५ हजार जना नेता कार्यकर्ता एमाले प्रवेश गरेको दाबी एमालेको छ ।

सोही दिन नै उनी काठमाडौं फर्किएर एमालेको केन्द्रीय उद्योग वाणिज्य तथा आपूर्ति विभागले नक्सालको एक ब्यांक्वेटमा आयोजना गरेको ‘देशको वर्तमान आर्थिक अवस्था–समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा उनी सहभागी भए

चैत १ गते पर्सा–काठमाडौं सम्पर्क मञ्चले भक्तपुरको राधेराधेमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम सहभागी भएर ओलीले पर्सामा अन्य पार्टीमा रहेका व्यक्तिलाई एमालेमा प्रवेश गराए ।

त्यसदिन साँझ उनले आफ्नै निवासमा एमालेको केन्द्रीय सचिवालयको बैठक बोलाए । बैठकले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ भने स्थानीय तहमा उम्मेदवार टुंगो लगाउने विधि पनि तयार पारेको छ । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x