×

NMB BANK
NIC ASIA

२०७८ फागुनको पहिलो साता राजनीतिक दलहरूबीच रस्साकस्सीको विषय थियो– एमसीसी । सरकार चलाइरहेका पाँच राजनीतिक दलहरू नै एमसीसीको पासोमा थिए । 

Muktinath Bank

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा एमसीसी अनुमोदन गराउन चाहन्थे भने गठबन्धनका दलहरू प्रधानमन्त्रीको तयारीप्रति सहमत थिएनन् । दिनरात दलका नेताहरू छलफलमा जुट्थे तर, निष्कर्ष भने निस्कँदैनथ्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सञ्चारमाध्यममा सार्वजनिक भएका दलका नेताहरूको छलफलको तस्वीरमा युवा अनुहार पनि समेटिन थाल्यो, ती व्यक्ति थिए– गगन थापा । सञ्चारमाध्यमहरूले समाचार पनि बनाए– गगन थापा पनि गठबन्धनको बैठकमा सहभागी । 


Advertisment
Nabil box
Kumari

फागुन ५ मा प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ गठबन्धनको बैठकमा पहिलो पटक गगन थापा सहभागी भएका थिए । उक्त बैठकमा थापाले माओवादी केन्द्रलाई एमसीसीको सन्दर्भमा स्पष्ट निर्णय गर्न सुझाव दिएका थिए । 

Vianet communication

एमसीसीमा व्याख्यात्मक घोषणा गरेर जान सकिने विकल्प थापाले नै अघि सारेको बताइन्छ । विशेष गरी माओवादी केन्द्र र एकीकृत समाजवादी जस्ताको तस्तै एमसीसी अनुमोदन गर्न तयार नभएपछि एमसीसीमा विवादास्पद भनिएको विषयलाई उल्लेख गरेर ‘पूरक प्रस्ताव’को रुपमा संसदबाट अनुमोदन गर्न सकिने सुझाव थापाले गठबन्धनको बैठकमा पेश गरेका थिए । 

शुरूमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरू थापाको सुझावसँग सहमत भएका थिएनन् । तर, एमसीसी अनुमोदन गर्नुपर्ने बाध्यात्मक अवस्थामा उनीहरू व्याख्यात्मक घोषणामा सहमत भएका थिए, जुन शुरूआतीरुपमा थापाकै प्रस्ताव थियो । 

अर्कोतर्फ, गठबन्धनका दलहरू एमसीसीमा सहमत नभएपछि कांग्रेसले संसदको प्रमुख शक्ति नेकपा एमालेसँग संवाद अघि बढाएको थियो । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको ‘वान अन वान’ वार्ता बाहेक सबैजसो एमालेसँगको छलफलमा गगन थापा सहभागी भए ।

एमसीसी अनुमोदन गर्ने फागुन १५ गतेको संसद् बैठकमा गगन थापाको गर्जनले सदनलाई नै तरंगित गरेको थियो । एमसीसी अघि बढाउन भूमिका खेलेका तर, अन्तिममा आफूलाई फरक कित्तामा उभ्याएका नेताहरूलाई गगनले संसद्को रोस्टमबाटै आच्छुआच्छु पारेका थिए । संसदमा गगनको उक्त प्रस्तुतिले पनि उनलाई पार्टीभित्र थप हस्तक्षेपकारी भूमिकाका लागि आधार दिएको छ । 

पार्टीमा महामन्त्री निर्वाचित भएयता गगनले पार्टी सभापति शेरबहादुर देउवाको विश्वास जित्न सफल भएका छन् । उनीसँग निर्वाचित भएका अर्का महामन्त्री विश्वप्रकाश शर्मा ‘राजनीतिक सिन’मा खासै जमेका छैनन् तर, थापाले भने सिंगो कांग्रेसलाई तरंगित बनाइरहेका छन् । 

महामन्त्री निर्वाचित भएपछि गत माघ ३ गते अन्तर्वार्ताका लागि लोकान्तर डटकमको कार्यालयमा आएका थापाले आवश्यकताअनुसार पार्टी सभापतिसँग संघर्ष र सहकार्य दुवै हुने बताएका थिए । त्यसबेला उनले भनेका थिए, ‘पार्टी सभापतिसँग कतिपय ठाउँमा सहकार्य होला, कतिपय ठाउँमा संघर्ष पनि होला, उहाँलाई मैले इन्करेज नै गर्ने हो । सभापतिले विवेक पनि पुर्‍याउनुभयो, न्याय पनि गर्नुभयो भन्ने अवस्था बनोस् भन्ने मेरो चाहना छ ।’

तर, अहिले कांग्रेसमा सभापति देउवा र महामन्त्री गगन थापाको सहकार्य नै भएको देखिन्छ । भलै, कांग्रेस महाधिवेशनमा थापा सभापतिको प्रतिस्पर्धी समूहबाट चुनाव जितेका व्यक्ति हुन् । कांग्रेसको १४ औं महाधिवेशनमा थापाले डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिएका थिए । 

महाधिवेशनअघि एउटै समूहमा रहेका तर, महाधिवेशनमा देउवाको साथ छाडेका अर्का महामन्त्री विश्वप्रकाश शर्माभन्दा नजिक थापालाई राखेर देउवाले काम लिइरहेका छन् । १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि देउवाले शर्मालाई पार्टीको प्रवक्ता बनाएका थिए । 

गगन थापालाई साथमा लिएर हिँड्नु सभापति देउवाका लागि पनि बाध्यता बनेको छ । पार्टीमा प्रौढ र युवा दुवै पुस्तामा लोकप्रिय नेता हुन् थापा । उनको सार्वजनिक छवि पनि लोकप्रिय छ । त्यसो हुँदा सभापतिका लागि गगन थापालाई ‘इग्नोर’ गर्ने सुविधा छैन ।

त्यसबेला गगन थापालाई देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी लिन बोलाएको भनेपछि देउवा निकटका नेताहरूको चालबाजीका कारण अन्तिम समयमा थापालाई रोकेर शर्मालाई प्रवक्ताको जिम्मेवारी दिइएको कांग्रेसकै नेताहरू बताउँछन् । 

तर, १४ औं महाधिवेशनपछि भने थापाले सभापति देउवाको विश्वास जितिरहेका छन् । अझ भनौँ, गगन थापाले कांग्रेसभित्र आफ्नो दबदबा बढाइरहेका छन् । 

वैचारिक रुपमा कांग्रेस निकट रहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने देउवा विश्वप्रकाशसँग बिच्किएकाले गगन थापाको साथ लिएको बताउँछन् । ‘शेरबहादुर देउवालाई विश्वप्रकाशलाई प्रवक्ता दिएँ, मैले बनाएँ तर मलाई छाड्यो भन्ने परेको छ । अझ अन्तिम निष्कर्ष त धोका दियो भन्ने छ । मैले नै अवसर दिने तर मसँगै निहुँ खोज्ने ? विकल्पमा गगनलाई नै अघि सार्छु भनेका होलान्,’ आचार्यले भने ।

देउवाले साथ दिएकोले मात्रै होइन कांग्रेसभित्रको निर्णय प्रक्रियामा नै गगनले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न थालेका छन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने कुरामा होस् वा भातृ र शुभेच्छुक संस्थालाई क्रियाशील गराउने कुरामा महामन्त्रीको रुपमा थापा सक्रिय भएर लागेका छन् । ​

यो पनि पढ्नुहोस्


कांग्रेस नेता गुरूराज घिमिरे पनि पार्टीमा गगन थापाको भूमिका प्रभावकारी रुपमा बढिरहेको देखेको बताउँछन् । ‘पार्टीमा महामन्त्रीको कार्यकारी भूमिका हुन्छ । उहाँको लोकप्रियता पनि बढी नै छ । महामन्त्रीहरू प्रभावकारी रुपमा भूमिका बढ्नु पार्टीको लागि हितकर पनि हुन्छ,’ घिमिरेले बताए ।

कांग्रेसका दुवै महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा मिलेर नै काम गरिरहेको आफूले पाएको घिमिरेले बताए । थापा भने संसद्को सदस्य पनि भएकाले पार्टी र संसद् दुवैतिर भूमिकामा हुँदा उनको उपस्थिति बढी देखिएको हुन सक्ने घिमिरे बताउँछन् । 

गगन थापाले आफ्नो कामलाई चुस्त बनाउनका लागि सचिवालय परिचालन गर्ने गरेका छन् । जुनसुकै काममा पनि पर्याप्त पूर्वतयारी गरेर मात्रै प्रस्तुत हुने थापाको बानी छ । संसद्को भूमिकामा होस् वा पार्टीको महामन्त्री सबै काम थापाले आफ्नो सचिवालयको सहयोग लिने गरेका छन् । 

अर्कोतर्फ, गगन थापालाई साथमा लिएर हिँड्नु सभापति देउवाका लागि पनि बाध्यता बनेको छ । पार्टीमा प्रौढ र युवा दुवै पुस्तामा लोकप्रिय नेता हुन् थापा । उनको सार्वजनिक छवि पनि लोकप्रिय छ । त्यसो हुँदा सभापतिका लागि गगन थापालाई ‘इग्नोर’ गर्ने सुविधा छैन । अर्कोतर्फ गगन थापा आफैं भूमिका खोज्ने र क्षमता प्रदर्शन गर्न सक्ने नेता हुन् । ‘सभापतिका लागि थापालाई साथमा लिएर हिँड्नु बाध्यता र आवश्यकता दुवै भयो,’ घिमिरेले भने । 

गगन थापाले आफ्नो कामलाई चुस्त बनाउनका लागि सचिवालय परिचालन गर्ने गरेका छन् । जुनसुकै काममा पनि पर्याप्त पूर्वतयारी गरेर मात्रै प्रस्तुत हुने थापाको बानी छ । संसद्को भूमिकामा होस् वा पार्टीको महामन्त्री सबै काम थापाले आफ्नो सचिवालयको सहयोग लिने गरेका छन् । 

त्यसका अतिरिक्त पार्टीभित्रैबाट पनि नेताहरूको सहयोग उनले लिने गरेका छन् । पछिल्लो समयमा विशेष गरी सहमहामन्त्री र शेखर कोइराला समूहबाट निर्वाचित भएका केन्द्रीय सदस्यहरूले गगन थापालाई सघाइरहेका छन् । 

त्यसबाहेक, कांग्रेस निकट बुद्धिजीवीहरूले पनि गगन थापालाई पृष्ठपोषण गरिरहेका छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेका कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले गगन थापालाई नजिकबाट सहयोग गरिरहेको थापा निकट स्रोत बताउँछ । 

पार्टीभित्रको काममा थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग पनि परामर्श लिने गरेका छन् । त्यसबाहेक, थापाले उपसभापति धनराज गुरूङसँग पनि उत्तिकै प्राथमिकताका साथ सहकार्य गरिरहेका छन् । 

गगन थापासँग निकट रहेर काम गरिरहेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी सचिवालयको तयारी र नेताहरूसँगको परामर्शमै थापाले काम गरिरहेकाले थापाको भूमिका प्रभावकारी देखिएको बताउँछन् । 

पार्टीभित्र गगन थापाको हस्तक्षेपकारी भूमिका हो– नेपाल विद्यार्थी संघ र तरुण दलमा कार्यान्वयनमा आएको उमेर हद । 

कांग्रेसको दुवै भातृ संगठनमा उमेर हद कार्यान्वयनका आलटाल भइरहेको बेलामा थापा नै सक्रिय भएर नेपाल विद्यार्थी संघमा ३२ वर्ष र तरुण दलमा ४५ वर्षको उमेर हद लागू भएको सिवाकोटीले बताए । 

थापाले कांग्रेस महाधिवेशनमा महामन्त्री पदको उम्मेदवारी घोषणा गर्दा भनेका थिए, ‘कांग्रेसलाई सुन्ने र बोल्ने बनाउने पहल गर्नेछु । अब कांग्रेस प्रश्न मात्रै गर्दैन उत्तर पनि दिन्छ, समस्या मात्रै सिर्जना गर्ने होइन समाधान पनि दिन्छ ।’ महामन्त्री निर्वाचित भएपछि उनको भूमिकाले उनको भनाइलाई सार्थक तुल्याउँदै गएको देखिन्छ । 

पछिल्लो समयमा कांग्रेसभित्र गगन थापा कसैले रोक्न चाहेर पनि नसक्ने नेताको रुपमा उदाइरहेको कांग्रेसका नेताहरू बताउँछन् । 

कांग्रेसको १३ औं महाधिवेशनपछि केन्द्रीय कार्यसम्पादन समिति गठन हुन लामो समय लागेको थियो । गठन भएपछि पनि प्रभावकारी रुपमा सञ्चालन भएका थिएनन् । यसपटक महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रै केन्द्रीय कार्यसम्पादन समिति बन्यो । नियमित रुपमा बैठक बस्ने र छलफल हुने काम पनि केन्द्रीय कार्यसम्पादन समितिले गरिरहेको छ । 

महामन्त्री थापाले कांग्रेसलाई विधि, विधानअनुसार चलाउन पार्टीभित्र भूमिका निर्वाह गरिरहेको उनी निकट नेताहरू बताउँछन् । पछिल्लो समयमा कांग्रेसभित्र गगन थापा कसैले रोक्न चाहेर पनि नसक्ने नेताको रुपमा उदाइरहेको कांग्रेसका नेताहरू बताउँछन् । 

कांग्रेसले फागुन २९ गतेबाट ‘घरघर जाऔं, कांग्रेस जिताऔँ’ अभियान शुरू गरेको छ । यससँगै पार्टीको तल्लो तहसम्म सर्कुलर पनि जारी गरिएको छ । जसमा कांग्रेसको एक जना कार्यकर्ताले १० घर परिवार वा ५० जना मतदातासँग निरन्तर सम्पर्कमा बस्नुपर्ने, टोल समिति गठन गर्नुपर्ने लगायतको जिम्मेवारी तोकिएको छ ।

सर्कुलरमार्फत् पार्टी पंक्तिमा पुर्‍याइएको यो कार्यक्रम यसअघि गगन थापाको निर्वाचन क्षेत्र काठमाडौंको क्षेत्र नम्बर–४ मा लागू गरिएको कार्यक्रम नै भएको केन्द्रीय सदस्य सिवाकोटीले बताए । टोलटोलमा समिति बनाउँदा डेढ लाखभन्दा बढी स्थानीय नेतृत्व तयार हुने हिसाबसहित थापाकै पहलमा उक्त कार्यक्रम पार्टी पंक्तिमा लगिएको उनले बताए ।

थापाले प्रो–एक्टिभ रुपमा नीति निर्माता र विशेषज्ञहरूसँग पनि परामर्श लिने गरेका छन् । त्यसको पछिल्लो उदाहरण हो– नेपालको अर्थतन्त्रको बिग्रँदो अवस्थाबारे उद्योगी व्यवसायीसँग गरेको छलफल । 

चैत १ गते थापाले निजी क्षेत्रका केही व्यवसायीहरूलाई बोलाएर अर्थतन्त्रको अवस्था र उद्योगी व्यवसायीको मनोबलबारे ब्रिफिङ लिएका थिए । 

थापाले आवश्यक पर्दा विषयगत क्षेत्रको विज्ञहरूसँग सल्लाह लिने गरेका छन् । विज्ञहरूलाई जुटाउन थापाले सचिवालय सक्रिय गराउने गरेका छन् । विज्ञहरूसँगको परामर्शपछि मात्रै कुनै पनि विषयमा उनले धारणा बनाउने गरेको थापाको सचिवालयले बताएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x