×

देशैभरका पालिकाको मतगणनास्थलको दृश्यावलोकन काठमाडौंबाटै गरिने

चैत ७, २०७८

राष्ट्रिय मान्यता प्राप्तबाहेक स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७३ मध्ये ५८ राजनीतिक दलले जिल्लास्तरको संगठन संरचना सहितको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

ती दलका उम्मेदवारलाई सोही दलको निर्वाचन चिह्न उपलब्ध गराउने सम्बन्धमा आवश्यक निर्णय गर्न जिल्लास्थित संगठन संरचना विवरण उपलब्ध गराउन आइतवारसम्मको समयसीमा प्रदान गरिएको थियो ।


Advertisment

निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले ७३ राजनीतिक दललाई जिल्लास्तरको संगठनात्मक संरचनाको विवरण उपलब्ध गराउन पत्राचार गरेकामा ५८ दलबाट प्राप्त विवरण अध्ययनका क्रममा रहेको बताए ।


Advertisment

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी तुल्याउने सिलसिलामा आयोगले प्रचलित कानुनअनुसार ती दललाई विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मतपेटिका भण्डारण तथा मतगणनास्थलको अनुगमन र दृश्यावलोकन आयोग परिसरबाटै गर्ने भएको छ । 

अवलोकन प्रणाली जडान गर्ने सन्दर्भमा आवश्यक व्यवस्था मिलाउन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय निकायलाई अनुरोध गरेको छ । स्थानीय तह निर्वाचनका सन्दर्भमा आयोगले चैत १५ गतेदेखि ११०२ नम्बरको टोल फ्री नम्बर रहने गरी कल सेन्टर सञ्चालन गर्न लागेको छ । उक्त नम्बरमा आम नागरिक तथा सरोकारवालाले आफ्ना जिज्ञासा, गुनासो वा प्रश्न राख्न सक्ने व्यवस्था मिलाएको छ ।  

नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त तथा आयुक्त तथा निर्वाचन विज्ञको सहभागितामा मुलुकका सात प्रदेशलगायत १५ जिल्लामा चैत ९ देखि १७ गतेसम्म निर्वाचन आचारसंहिताको कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल सरोकारवाला निकाय संस्था तथा पदाधिकारीसँग छलफल र अन्तक्रिया गर्ने भएको छ ।

निर्वाचनमा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी तुल्याउने उद्देश्यले आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन–२०७८ निर्देशिका स्वीकृत गरेको छ । निर्वाचनका लागि आयोगले आउँदो वैशाख ११ गतेदेखि शुरू हुने गरी निर्वाचन कार्यक्रम स्वीकृत गरिसकेको छ ।

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x