×

NMB BANK
NIC ASIA

स्थानीय चुनावको तयारी

एमालेको चुनावी हिसाबकिताब : गठबन्धनसँग भिड्नु परे पहिलेभन्दा कमजोर नतिजा

चैत ९, २०७८

NTC
Premier Steels

नजिकिएको स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड र चुनावी तयारीको योजना बनाउन नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक बुधवारबाट शुरू भएको छ ।

Muktinath Bank

काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा शुरू भएको एमाले बैठकमा प्रदेश कमिटीका अध्यक्षहरूले प्रदेशमा एमालेको राजनीतिक शक्ति र चुनावी नतिजाको प्रारम्भिक आकलनबारे रिपोर्टिङ गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा एमालेले एजेण्डा नै राखेर प्रदेशको संगठनका गतिविधि र चुनावी तयारीबारे रिपोर्टिङ लिएको हो ।


Advertisment
Nabil box
Kumari

प्रदेश अध्यक्षहरूले एमाले केन्द्रीय कमिटी बैठकमा अबको निर्वाचनमा २०७४ सालको निर्वाचनमा जितेको संख्यामा स्थानीय तहको निर्वाचन जित्न नसकिने रिपोर्टिङ पेश गरेका छन् । 

Vianet communication

एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक मन्तव्यमा एमालेले स्थानीय तह निर्वाचनमा दुईतिहाइ मत पाउने दाबी गरिरहँदा बैठकमा उनको दाबीभन्दा ठीक विपरीत तथ्यांक प्रस्तुत भएको छ । 

अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले २९४ स्थानीय तहका जितेको थियो तर आगामी निर्वाचनमा सत्तारूढ गठबन्धनसँग भिड्दाको चुनावी नतिजा पहिलेभन्दा एकतिहाइले घट्नसक्ने आकलन सहितको रिपोर्टिङ केन्द्रीय कमिटी बैठकमा पेश भएको छ । अर्थात् एमालेका प्रदेश कमिटी अध्यक्षहरूले आगामी निर्वाचनमा एमालेले करीब २०० स्थानमा मात्रै सजिलोसँग जीत निकाल्न सकिने हिसाबकिताब बैठकमा पेश गरेका छन् ।

तर राजनीतिक दलहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाँदा भने अघिल्लो निर्वाचनभन्दा राम्रो नतिजा आउने अवस्था रहेको प्रदेश कमिटीका अध्यक्षहरूले केन्द्रीय कमिटी बैठकलाई जानकारी गराएका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकमा बागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डेले अहिले एमाले बागमती प्रदेशमा पहिलो राजनीतिक शक्ति भए पनि आगामी चुनावमा एमालेको अवस्था अहिलेभन्दा कमजोर हुने आकलन प्रस्तुत गरेका छन् । बागमती प्रदेशमा रहेका ११९ स्थानीय तहमध्ये चुनावमा राजनीतिक दलहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा हुँदा एमालेले करीब ८० स्थानीय तहमा निर्वाचन जित्न सक्ने तर सत्तारूढ गठबन्धन हुँदा एमालेले जित्ने स्थानीय तहको संख्या असाध्यै कम हुने पाण्डेले बताए ।

गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले पनि सत्तारूढ गठबन्धन हुँदा एमालेको चुनावी नजिता अघिल्लो चुनावभन्दा कम हुने आकलन बैठकमा पेश गरेका छन् । 

गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये अघिल्लो चुनावमा एमालेले ३९ स्थानीय तहमा जितेको र आगामी चुनावमा दलहरू एक्लाएक्लै प्रतिस्पर्धा गर्दा ५० स्थानमा जीत निकाल्न सकिने तर गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्दा एमाले जित्ने स्थानीय तह २७ वटा मात्रै रहेका उनले बताए । 

एमालेले गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गर्नुपर्दा अघिल्लो चुनावमा जितेको नतिजा १२ स्थानीय तहमा घट्ने विवरण एमालेको बैठकमा पेश गरिएको छ । शर्माले जिल्लागत रूपमा एमालेको शक्ति सन्तुलनको विवरण बैठकमा पेश गरेका थिए । 

‘स्थानीय तहको चुनावमा साना दलहरूलाई कांग्रेसको ध्रुवबाट अलग गर्ने प्रयास गर्नुपर्छ । दलहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्दा र एमालेले सत्तारूढ गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्दाको अवस्था विश्लेषण गरेर केन्द्रीय कमिटीको बैठकबाट निष्कर्ष निकाल्नुपर्छ,’ बैठकमा शर्माले भनेका छन् । 

लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले प्रदेशमा रहेका १०९ स्थानीय तहमध्ये दलहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा हुँदा ६५ स्थानीय तहमा जीत निकाल्न सकिने र सत्तारूढ गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्दा ४१ स्थानीय तहमा मात्रै जित्न सकिने रिपोर्टिङ बैठकमा पेश गरेका छन् ।

लुम्बिनीमा अहिले ९ जिल्लामा एमाले पहिलो शक्ति रहेको, २ जिल्लामा माओवादी पहिलो शक्ति रहेको र कपिलवस्तुमा एमाले र कांग्रेसको राजनीतिक शक्ति बराबरीजस्तो अवस्थामा रहेको विवरण बैठकमा पेश गरिएको छ । 

कर्णाली प्रदेशमा ७९ स्थानीय तहमध्ये राजनीतिक दलहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा हुँदा २९ स्थानीय तहमा जित्न सकिने र सत्तारूढ गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्दा १५ स्थानीय तहमा मात्रै जित्न सकिने प्रदेश अध्यक्ष विनोदकुमार शाहले एमाले केन्द्रीय कमिटीलाई जानकारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका ८८ स्थानीय तहमा राजनीतिक दलहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा हुँदा ३८ स्थानमा जित्न सकिने, ३७ स्थानमा प्रतिस्पर्धा हुने र १३ स्थानमा एमाले कमजोर रहेको विवरण प्रदेश अध्यक्ष दामोदर भण्डारीले प्रस्तुत गरेका छन् । 

बैठकमा उनले आगामी चुनावमा एमालेले सत्तारूढ गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्दा २३ स्थानीय तहमा मात्रै जित्न सकिने, ४६ स्थानमा तीब्र प्रतिस्पर्धा हुने र १९ स्थानीय तहमा एमालेले असाध्यै कमजोर नतिजा प्राप्त गर्ने विवरण पनि पेश गरेका छन् । 

एमालेको प्रदेश १ कमिटीका अध्यक्ष तुलसी न्यौपानेले बैठकमा रिपोर्टिङ पेश गर्दै स्थानीय तहको चुनावमा कठिन प्रतिस्पर्धा हुने बताए । १ नम्बर प्रदेशका १३७ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा एमाले बलियो शक्ति देखिएको तर २४ स्थानीय तहमा एमालेले अरू राजनीतिक दलहरूसँग कठिन प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको बताए । 

मधेश प्रदेशका अध्यक्ष रामअवतार यादवले पनि बैठकमा चुनावी शक्ति सन्तुलनको स्पष्ट विवरण पेश गरेका थिएनन् ।

तर एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धनका कारण नेकपा एमालेलाई अप्ठ्यारो पर्छ भन्ने मनोवैज्ञानिक प्रभाव पार्न खोजिएको दाबी गरेका छन् । केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले भनेका छन्, ‘हामी स्पष्ट हुनुपर्छ – गठबन्धन या मोर्चा सामथ्र्यको प्रतीक होइन, कमजोरीको द्योतक हो । बैशाखीको सहारा त्यसलाई मात्र चाहिन्छ, जसका खुट्टा कमजोर छन् । त्यसैले गठबन्धनको यो मनोवैज्ञानिक भ्रम या भयबाट मुक्त हुनु जरुरी छ ।’

केन्द्रीय सदस्यहरू भन्छन् – अध्यक्षमा ‘ओभर कन्फिडेन्ट’

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन आएका केन्द्रीय सदस्यहरू ग्राउन्डमा पार्टीको चुनावी शक्तिको अवस्था अध्यक्ष केपी ओलीले दाबी गरेको जस्तो नरहेको बताउँछन् । अध्यक्ष ओलीमा चुनावको विषयलाई लिएर पार्टीको शक्तिबारे ‘ओभर कन्फिडेन्ट’ रहेको बताइएको छ ।

बैठकस्थलमा एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रीय कमिटीको बैठकमा जम्मा २०० स्थान जित्न सकिन्छ भन्ने दाबी रिपोर्टिङको क्रममा आएको छ । यहाँ आएको रिपोर्टिङभन्दा अवस्था कमजोर हुनसक्छ तर अध्यक्षलाई भने ग्राउन्डको अवस्था कमजोर छ भन्ने महसूस नै गराउन सकिएको छैन ।’

सत्ता गठबन्धनमा रहेका दलहरूले चुनावमा एमालेलाई घेर्ने रणनीति बनाइरहेको र त्यसले नतिजामा असर पार्ने केन्द्रीय सदस्यहरू बताउँछन् । 

भूगोलको अवस्थाबारे रिपोर्टिङ गर्दा अध्यक्ष ओलीले नेताहरूसँग चुनाव जित्ने आँट नभएको जवाफ दिने गरेका अर्का एक केन्द्रीय सदस्यले बताए । ओलीको भनाइ उदृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘चुनावमा जनताले एमालेबाहेक अन्यन्त्र भोट हाल्ने ठाउँ नै छैन । जनताका कारण एमालेले चुनाव हार्दैन, चुनाव हार्‍यो भने नेताकै कारणले मात्रै हार्छ ।’

एमाले सचिव योगेश भट्टराईले सत्तारूढ गठबन्धनका कारण एमालेलाई फाइदा नै हुने बताउँछन् । केन्द्रीय कमिटीको बैठकस्थलमा भट्टराईले भने, ‘गठबन्धन केको लागि ? गठबन्धन भनेको सिद्धान्त, विचार, कार्यदिशा र नीतिका आधारमा हुन सक्छ । कार्यदिशा नमिल्नेबीच गठबन्धन भएर चुनाव कस्तो होला ? कांग्रेस, माओवादी, माधव नेपालको पार्टीले गठबन्धन गरे भने त्यसको फाइदा एमालेलाई हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x