माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
चैत १४, २०७८
चीनका राज्य पार्षद तथा परराष्ट्रमन्त्री वाङ यीले नेपाल भ्रमणमा नेपालको सार्वभौमसत्ताको विषय उठाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
परराष्ट्रमन्त्री नारायण खड्कासँग वाङको कुराकानीपछि चीनको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चीनले नेपाललाई तीन प्रकारको सहयोग (थ्री सपोर्ट्स) गर्ने कुरा उल्लेख छ । पहिलो, नेपाललाई माटो सुहाउँदो विकासका लागि सहयोग गर्ने । दोस्रो, नेपालको स्वतन्त्र नीतिलाई समर्थन गर्ने । तेस्रो, बेल्ट यान्ड रोड इनिसिएटिभमा नेपालको सहभागितालाई थप बढाउने ।
दोस्रो बुँदालाई विस्तारमा केलाऔं । चीनको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख भएअनुसार, चीनले नेपाललाई स्वतन्त्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति अवलम्बन गर्न सहयोग गर्नेछ । ठूला वा साना सबै मुलुकहरू बराबर रहेको चीनको मान्यता छ र चीनले सबै मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डतालाई सदैव सम्मान गर्छ ।
नेपालको आन्तरिक मामिलामा नेपाली जनता आफैंले निर्णय लिनुपर्ने चीनको विश्वास छ । नेपालको सार्वभौमसत्ता तथा स्वतन्त्रतालाई अवमूल्यन गर्ने, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने तथा नेपालमा भूराजनीतिक खेल खेल्ने सबै प्रयासलाई चीन विरोध गर्दछ ।
त्यसो त चीनले नेपालमा विदेशी हस्तक्षेप अस्वीकार्य रहेको पहिलेदेखि नै बताउँदै आएको हो । सन् १९६० मा चीनका तत्कालीन प्रधानमन्त्री चाउ एनलाईले नेपालको संसद्को दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै तटस्थताको स्वतन्त्र नीति अंगीकार गर्ने, कुनै पनि सैन्य खेमामा नजोडिने र पञ्चशीलको सिद्धान्त अपनाउने नेपालको उद्देश्यलाई चीन सरकार र जनताले न्यानो स्वागत तथा पूर्ण समर्थन गर्ने बताएका थिए ।
त्यस्तै सन् १९६२ मा चीनका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मार्शल चन यीले पनि नेपाल भ्रमणमा यस्तै किसिमको बयान दिएका थिए । यसपालि चीनले दिएको बयान परम्पराको निरन्तरतासँगै बदलिँदो भूराजनीतिक परिस्थितिको आकलन सहित आएको देखिन्छ ।
दोस्रो बुँदामा परेको भूराजनीतिक खेल तथा आन्तरिक मामिलामा हस्तक्षेपको उल्लेखले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई इंगित गरेको जस्तो देखिन्छ । एमसीसी अनुमोदनमा ढिलाइ भएपछि अमेरिकी पक्षले नेपालका शीर्ष नेताहरूलाई दबाब दिएको थियो । एमसीसी अनुमोदनमा ढिलासुस्ती चिनियाँ दबाबका कारण भएको र नेपालको परराष्ट्रनीति चीनले चलाउँछ भन्ने निष्कर्षमा अमेरिका पुगेर सम्बन्धमा पुनर्विचार गर्ने समेत भन्दै अमेरिकी अधिकारीहरूले चेतावनीयुक्त भाषा प्रयोग गरेका थिए ।
संसदमा एमसीसी अनुमोदनका लागि लग्ने बेलामा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले लगातार एमसीसीका विरुद्ध बयान दिएका थिए । प्रवक्ता ह्वा चुनयिङले एमसीसीलाई बाध्यकारी कूटनीति, प्यान्डोराज बक्स र चपाउन गाह्रो हुने मासुको संज्ञा दिँदै अमेरिकाले जबर्जस्ती नेपालीलाई थोपरेको परियोजना भन्ने किसिमको संकेत गरेकी थिइन् ।
परियोजनालाई अनुमोदन गरिएपछि चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नेपालको सार्वभौमसत्तालाई जोड दिने व्याख्यात्मक घोषणालाई चीनले नोट गरेको बताउँदै अन्तर्राष्ट्रिय औपचारिक सहकार्यमा पारस्परिक सम्मान र समान व्यवहारको सिद्धान्तलाई पालन गर्नुपर्ने तथा सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छालाई पूर्ण सम्मान गर्नुपर्नेमा चीनले जोड दिएको बताएका थिए ।
चिनियाँ अधिकारीहरूको बयान अध्ययन गर्दा उनीहरूले एमसीसी नेपालको भूमिमा अमेरिकाले चीनविरुद्ध खेल्न खोजेको भूराजनीतिक खेलका रूपमा बुझेको अर्थ लगाउन सकिन्छ । हुन त चिनियाँ प्रतिनिधिमण्डल र नेपाली अधिकारीहरूबीचको वार्तामा एमसीसीको कुरा नउठेको भनिएको छ । तर त्यससँगै दुई पक्षको वार्तामा नेपाली अधिकारीहरूले चिसो व्यवहार देखाएको पनि बुझिन्छ । यसको पछाडि एमसीसीका विषयमा चीनले राखेको संशय नै जिम्मेवार देखिन्छ ।
चीनलाई एमसीसीका विषयमा किन यति धेरै संशय भएको होला ? आखिर चीन र रुसको बीचमा रहेको भूपरिवेष्ठित मुलुक मंगोलियामा एमसीसी परियोजना सुसम्पन्न भएको छ र त्यसले चीनको सुरक्षामा कुनै जोखिम तेर्स्याएको छैन ।
अमेरिकाको तत्कालीन ट्रम्प प्रशासनका अधिकारीहरू डेभिड रान्ज र एलिस वेल्स लगायतले एमसीसीलाई हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको एक पहलका रूपमा वर्णन गरेपछि चीन बढी सतर्क बनेको देखिन्छ । हिन्द–प्रशान्त रणनीति घोषित रूपमै चीनको घेराबन्दीका लागि ल्याइएको हो ।
एमसीसीमा सैन्य वा सामरिक तत्त्व छैन भनी काठमाडौंस्थित अमेरिकी दूतावासले जतिसुकै स्पष्टोक्ति दिएको भए पनि ट्रम्प प्रशासनका अधिकारीको बयानले चीनलाई झस्काएको थियो । त्यसैले चिनियाँ अधिकारीहरूले एमसीसीविरुद्ध बयान दिएका हुन् । अनि बीआरआईलाई अमेरिका तथा पश्चिमले ऋण जालो भन्दै लगातार बदनाम गरिरहेकोमा नेपालमा एमसीसीको बदख्वाइँ गरेर भूराजनीतिक भाष्य निर्माणमा आफू पनि सक्रिय रहेको देखाउने प्रयास चीनले गरेको भन्न सकिन्छ ।
वाङको भ्रमण एमसीसी अनुमोदनको एक महिनाभित्रै हुनुमा पनि चीनको भूसुरक्षा जोखिमलाई न्यूनीकरण गर्नका लागि नेपालले कत्तिको संवेदनशीलता देखाइरहेको छ भनी जाँच्नका लागि चीनले गरेको प्रयास हुनसक्छ । एमसीसी अनुमोदनलगत्तै पश्चिमी कूटनीतिकर्मीहरूले नेपालमा रहेका तिब्बती शरणार्थीहरूलाई भेटेको कुरालाई पनि चिनियाँ पक्षले विचार गरिरहेको हुनुपर्छ ।
नेपालको आन्तरिक मामिलामा नेपाली आफैंले निर्णय लिनुपर्ने भनी चीनले एमसीसीका विषयमा अमेरिकी दबाबलाई इंगित गरेको हो । एमसीसीका सम्बन्धमा नेपालीहरूमाझ जनमतसंग्रह गराउनुपर्ने आवाज पनि उठेको थियो । शायद त्यस्तो किसिमको जनमतसंग्रहपछिको अनुमोदन स्वीकार्य हुने थियो भन्ने चीनको आशय हुन सक्छ ।
अनि चीनको विज्ञप्तिमा उल्लेख भएको नेपालको स्वतन्त्र अन्तर्राष्ट्रिय नीति युक्रेनको पक्षमा नेपालले संयुक्त राष्ट्रसंघमा गरेको मतदानतर्फको संकेत हुन सक्छ । दुई छिमेकी मुलुक भारत र चीनले रुस–युक्रेन द्वन्द्वमा तटस्थताको नीति अपनाउँदा नेपालले युक्रेनको पक्षमा विज्ञप्ति निकालेको छ । अनि राष्ट्रसंघमा युक्रेनको पक्षमा मत दिएर नेपालले आफूलाई अमेरिका तथा पश्चिमको कित्तामा उभ्याएको छ । नेपालले यसरी असंलग्नताको नीतिलाई परित्याग गरेको चिनियाँ बुझाइ देखिन्छ ।
नेपाल चीनको सुरक्षा छातामा रहेको मुलुक नभएकाले नेपालको सार्वभौमसत्ता र स्वतन्त्र परराष्ट्रनीतिको कुरा चीनले किन उठाइरहनुपर्यो भनेर पनि एकथरीले प्रश्न उठाएका छन् । तर चीनको यो चासो उसको आफ्नै सुरक्षा चिन्ताका कारण जन्मेको हुन सक्छ । अमेरिकाले सार्वजनिक खपतका लागि लोकतन्त्र र मानवअधिकारको कुरा उठाएजस्तै चीनले सुरक्षाको कुरा उठाउने गरेको छ भलै उसले कम्तीमा स्थलसीमाको सुरक्षा बलियो बनाइसकेको छ ।
त्यसका बावजूद चीनको छिमेकमा रहेका साना मुलुकहरूको भूमिमा अमेरिका तथा पश्चिमले भूराजनीतिक खेल खेलेर चीनलाई जिस्क्याउन सक्ने सम्भावनालाई चीनले विचार गरिरहेको छ । हङकङ र सिन्च्याङ जस्ता रणनीतिक रूपमा संवेदनशील स्थानलाई सुरक्षित बनाउन चीन सफल भइसकेको छ ।
अमेरिकाले छोडेर गएपछि अफगानिस्तानलाई समेत चीनले आफूअनुकूल बनाउन थालेको छ । अफगानिस्तानका तालिबान शासकहरूले चीनको हितविपरीत हुने कुनै पनि काम नगर्ने भनी प्रतिबद्धता जनाएका छन् ।
तर अफगानिस्तानमा आफ्नो प्रभाव कायम राख्न अमेरिकाले पाकिस्तानलाई अस्थिर बनाउन खोजेको देखिन्छ । पश्चिमको विरोध गर्दै चीन र रुससँग थप सम्बन्ध विस्तार गर्न खोजेका इमरान खानविरुद्ध त्यहाँको संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
सेनाको विश्वास गुमाइसकेका खानले आफूलाई विदेशी षड्यन्त्रअन्तर्गत हटाउन खोजिएको आरोप लगाएर अमेरिकातर्फ नै संकेत गरेका हुन् । चीन अफगानिस्तान पाकिस्तान सहकार्यमार्फत अफगानिस्तानलाई स्थिर बनाउने कोशिशलाई इमरान खानमाथिको अविश्वास प्रस्तावमार्फत अस्थिर बनाउन खोजिएको कतिपय विश्लेषकको मत छ ।
तिब्बतको विषयमा चीनलाई जिस्क्याउने अन्तिम रणनीतिक अवसर पाकिस्तान र नेपालबाट प्राप्त हुन सक्ने सोचमा अमेरिका देखिन्छ । त्यसलाई प्रतिकार गर्नका लागि चीनले नेपालको सार्वभौमसत्ताप्रति सम्मान तथा पाकिस्तानसँगको बलियो रणनीतिक सम्बन्धको कुरा उठाएको हो ।
रुस–युक्रेन द्वन्द्व तथा ककेसस क्षेत्रमा रहेको नागोर्नो–काराबाखका विषयमा अजरबैजान र आर्मेनियाबीच पुनः चर्किन थालेको द्वन्द्वले युरेसियालाई अस्थिर बनाउँदै आफ्नो रणनीतिक प्रतिस्पर्धी बन्न नदिने अमेरिकाको अभीष्ट देखिन्छ । त्यसैको सिलसिलामा युरेसिया क्षेत्रमा रहेका अन्य फल्टलाइनहरूमा पनि अमेरिकाले गतिविधि बढाउन खोजेको छ ।
भारत र चीनको बीचमा रहेको रणनीतिक रूपमा महत्त्वपूर्ण मुलुक नेपाल त्यस्तो फल्टलाइन बन्न लागेको र विशेषगरी एमसीसीमार्फत अमेरिकाले भूसुरक्षा जोखिम बढाउने गतिविधि गर्न खोजेकाले चीन बढी सतर्क बन्दै नेपालमा बाहिरी हस्तक्षेप अस्वीकार्य रहेको बताएको हो ।
नेपाल यसरी चीन र अमेरिकाको भूराजनीतिक प्रतिस्पर्धाको रणमैदान बन्नु खतरनाक संकेत हो ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...