×

NMB BANK
NIC ASIA

सामर्थ्य नभएका दलहरूले चुनावी गठबन्धन गर्छन् : विष्णु पौडेल

चैत १६, २०७८

NTC
Premier Steels

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सामर्थ्य नभएका दलहरूले चुनावी गठबन्धन गर्ने बताएका छन् ।

Muktinath Bank

एमालेविरुद्ध गठबन्धन गरेका दलहरूले एक्लै चुनावमा जान सक्ने सामर्थ्य नभएको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेलाई हराउन जतिसुकै गठबन्धन गरे पनि त्यसको असर नपर्ने उनले दाबी गरे । 


Advertisment
Nabil box
Kumari

बुटवल उपमहानगरपालिका–९ मा बुधवार एमालेको स्थानीय निर्वाचन प्रचारप्रसार तथा जनसम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले आफ्नो सरकारको पालामा लिइएका विकास निर्माणका काम देखेर नै जनताले मतदान गर्ने उल्लेख गरे ।

Vianet communication

पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले आफू सरकारमा हुँदा ल्याइएका विकास निर्माणका ठूला–ठूला योजनालाई हालको सरकारले चासो नदिएको आरोप लगाए ।

एमालेले आफ्नो पालामा गरेका विकास र एमालेप्रतिको जनलहरबाट गठबन्धनका दल अत्तालिएका उनले बताए । आगामी वैशाख ३० गते हुने निर्वाचनमा जतिसुकै दलहरूले गठबन्धन गरेर एमालेविरुद्ध लागे पनि फरक नपर्ने उल्लेख गरे ।

निर्वाचनमा एमालेको बहुमत आउने पक्का भएको पौडेलले बताए ।

कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले आगामी निर्वाचनमा एमालेको जीत सुनिश्चित भएका कारण ढुक्क भएर प्रचारप्रसारमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x