×

NMB BANK
NIC ASIA

घरजग्गा कर्जामा कडाई, नयाँ मौद्रिक नीतिका के छन् विशेषता ?

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं २५ असार
 -नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) २०७४/७५ को मौद्रिक नीति सार्वजनिक गरेको छ । केही नयाँ व्यवस्थासहित केन्द्रीय बैंकले आइतवार आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गरेको हो ।

बजेट वक्तव्यमार्फत सरकारले चालू आवमा लक्ष्य गरेको ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुग्नेगरी मौद्रिक नीति ल्याइएको बैंकले जनाएको छ ।

आन्तरिक तथा बाह्य आर्थिक परिदृष्य, चौधौं योजना, राष्ट्र बैंककै रणनीतिक योजना, वित्तीय क्षेत्र विकास रणनीति तथा राष्ट्रिय बजेटले लिएका नीति तथा कार्यक्रमसँग सन्तुलन कायम गर्दै नयाँ मौद्रिक नीति सार्वजनिक गरिएको छ ।
राष्ट्र बैंकले चालू आवको भन्दा केही नयाँ व्यवस्था आगामी आवको मौद्रिक नीतिमा ल्याएको छ । चालू आवमा हासिल हुने प्रक्षेपण गरिएको आर्थिक वृद्धिदर, औषत मुद्रास्फीति दर, कुल गार्हस्थ उत्पादनको वृद्धि लगायतको आलोकमा सरकारले आगामी आवका लागि मौद्रिक नीतिको कार्यदिशा तय गरिएको जनाइएको छ ।

यस्ता छन् मौद्रिक नीतिका नयाँ व्यवस्था
अघिल्लो मौद्रिक नीतिमा आन्तरिक कर्जा विस्तार लक्ष्य २५ प्रतिशत र २५ प्रतिशत कायम गरिएकामा अहिले त्यसलाई बढाएर २७ दशमलव ८ प्रतिशत कायम गरिएको छ । यसमा कतिपय उद्योगी व्यवसायीले भने आपत्ति जनाएका छन् । निजी क्षेत्रको कर्जा विस्तारलाई भने चालू आवको समान कायम गरिएको छ ।
  • उपत्यकामा घरजग्गा कर्जा लिन कडाई
नयाँ मौद्रिक नीतिमा घरजग्गा कर्जा लिन कडाई गरिएको छ । काठमाडौं उपत्यकाभित्र रियल स्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात (एलटीभी रेसियो) लाई हालको ५० प्रतिशतबाट ४० प्रतिशतमा कायम गरिएको हो ।

काठमाडौं उपत्यकाभित्र घरजग्गा किन्न खोज्नेले मूल्याङ्कनको ४० प्रतिशतमात्र कर्जा पाउने व्यवस्था गरिएको छ ।

उपत्यकाबाहिरको स्थानमा भने पुरानै व्यवस्थालाई निरन्तरता दिइएको छ । विकेन्द्रीकरणलाई प्रोत्साहन गर्ने हेतुले काठमाडौं उपत्यकामा घरजग्गा कर्जामा कडाई गरिएको छ ।

  • अटोलोनको कडाई फुकुवा
निजी सवारीमा अत्यधिक कर्जा प्रवाह हुन थालेर तरलता अभाव हुन थालेपछि बैंकले अर्धवार्षिक समीक्षमार्फत गरेको कडाईलाई पुनः फुकुवा गरेको छ । जसअन्तर्गत अब निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्याङ्कनको अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्न सक्ने व्यवस्थालाई ६५ प्रतिशत पु-याइएको छ । साथै, व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा उक्त सीमा ८० प्रतिशत कायम गरिएको छ ।

  • निजी घर कर्जाको सीमा बढ्यो
नयाँ मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने व्यक्तिगत आवासीय घर कर्जाको १ करोड रुपैयाँको सीमालाई वृद्धि गरेर १ करोड ५० लाख रुपैयाँ कायम गरिएको छ ।

  • १० लाखभन्दा माथिको कारोबारमा अनिवार्य एकाउण्टपेयी
आगामी साउन १ देखि १० लाख रुपैयाँ वा सो भन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेकमार्फत् गर्नुपर्ने व्यवस्था गरिएको छ । हालसम्म १० लाख रुपैयाँ भन्दा माथिको कर्जाको मात्र कर्जा सूचना दिने व्यवस्था रहेकोमा प्रत्येक कर्जाको सूचना कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्ने व्यवस्था गरिने जनाइएको छ । १० लाख रुपैयाँ भन्दा कम कर्जाको सूचना निःशुल्क रुपमा लिनु/दिनु पर्ने व्यवस्था मिलाइने पनि उल्लेख छ ।

  • प्राथमिकतायुक्त क्षेत्र तोकियो, २५ प्रतिशत कर्जा प्रवाह अनिवार्य 
नयाँ मौद्रिक नीतिमा राष्ट्र बैंकले प्राथमिकतायुक्त क्षेत्र तोकेरै त्यसमा कुल कर्जाको २५ प्रतिशत कर्जा अनिवार्य प्रवाह गर्नुपर्ने व्यवस्था ल्याएको छ । जसअनुसार वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा १० प्रतिशत, जलविद्युतमा ५ प्रतिशत, पर्यटन क्षेत्रमा ५ प्रतिशत र बाँकी अन्य प्राथमिकता प्राप्त क्षेत्रमा गरी आफ्नो कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा अनिवार्य रुपमा २०७५ असारसम्ममा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

वाणिज्य बैंकहरुले विपन्न वर्गमा लगानी गर्नुपर्ने ५ प्रतिशतको कर्जा अनुपात अन्तर्गत न्यूनतम् २ प्रतिशत कर्जा प्रत्यक्ष रुपमा लगानी गर्नुपर्ने हालको व्यवस्थालाई नयाँ मौद्रिक नीतिले अनिवार्य नहुने व्यवस्था गरेको छ ।

  • संघीयता कार्यान्वयनमा सहयोग, राष्ट्र बैंकको सेयर विनिवेस
संघीयता कार्यान्वयनका लागि सहयोग मिल्ने बैंकिङ पहुँच विस्तारका लागि पनि नयाँ मौद्रिक नीतिले ध्यान दिएको देखिन्छ । जसअन्तर्गत संघीयता कार्यान्वयनको सन्दर्भमा अर्को व्यवस्था नभएसम्मका लागि बैंकको विराटनगर कार्यालयले प्रदेश नं. १, जनकपुर तथा वीरगंज कार्यालयले साविकको व्यवस्था अनुसारका प्रदेश नं. २ का जिल्लाहरु, केन्द्रीय कार्यालयले प्रदेश नं. ३, पोखरा कार्यालयले प्रदेश नं. ४, सिद्धार्थनगर कार्यालयले साविक बमोजिमका प्रदेश नं. ५ का जिल्लाहरु, नेपालगंज कार्यालयलेसाविकको व्यवस्था अनुसार प्रदेश नं. ५ का जिल्लाहरु एवम् प्रदेश नं. ६ र धनगढी कार्यालयले प्रदेश नं. ७ को केन्द्रीय बैंकिङ्ग सम्बन्धी कार्य हेर्ने व्यवस्था मिलाइने उल्लेख छ ।

सबै स्थानीय तहमा नेपाली मुद्राको सहज आपूर्तिका लागि राष्ट्र बैंकका कार्यालयहरुले सम्बन्धित प्रदेशमा नोटकोषको उचित व्यवस्थापन गर्नुपर्ने प्रबन्ध मिलाउने उल्लेख छ ।

  • संस्थागत निक्षेपको अंश घटाइयो
त्यस्तै, नयाँ मौद्रिक नीतिमा वाणिज्य बैंकहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश २०७५ असारसम्म ४५ प्रतिशत कायम गर्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । हालसम्म यस्तो अनुपात ५० प्रतिशत कायम छ ।

  • प्राथमिक पूँजीको ४० प्रतिशत प्रतिशत सेयर मार्जिन कर्जा प्रवाह गर्नुपर्ने
बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा जाने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको ४० प्रतिशत रकमसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । यसअघि यस्तो अनुपात ५० प्रतिशत थियो । मार्जिन प्रकृतिको कर्जा आफ्नो प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

  • चुक्ता पूँजीमा कडाई
नयाँ मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुलाई दुई वर्षअघि आगामी आवदेखि कायम गर्नुपर्ने भनेर तोकेको न्यूनतम चुक्तापूँजी कायम गर्न थप कडाइए गरेको छ ।

जसअनुरुप तोकिएको चुक्ता पुँजी नपुगेमा विद्यमान व्यवस्था अनुरुप नगद लाभांश र बोनश शेयर वितरण एवम् शाखा विस्तारमा रोक लगाउने, निक्षेप संकलन र कर्जा प्रवाहमा सीमा तोक्ने तथा बाध्यकारी मर्जरमा लैजाने लगायतका कारबाही अगाडि बढाउने जनाइएको छ ।

  • २५ सय खाता खोलेबापत १ करोड निब्र्याजी सापटी
नयाँ मौद्रिक नीतिमा दुर्गम भेगमा पनि बैंकिङ पहुँच पुर्याउन बैंक तथा वित्तीय संस्था नभएका गाउँपालिकाहरुमा हालसम्म खाता नभएका नेपाली नागरिकहरुको खाता आर्थिक वर्ष २०७४/७५ भित्र खोलेमा प्रति २५०० खाता बराबर १ करोड रुपैयाँ निब्र्याजी सापटी एक वर्षको लागि प्रदान गर्ने उल्लेख गरेको छ ।

त्यस्तै, संघीय संरचना अनुसार तय भएका ७४४ स्थानीय तह मध्येका बैंक शाखा नभएका तोकिएका स्थानीय तहमा अनिवार्य रुपमा बैंक शाखा खोल्ने निर्देशन दिइने जनाइएको छ । निर्देशन पालना नगर्ने बैंकलाई कानूनबमोजिम कारवाही गर्ने उल्लेख छ ।

  • खाता खोल्दाको सहमति बेगर ब्याजदर बढाउन नपाइने
बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेप खाता खोल्ने ग्राहकलाई सो मुद्दती निक्षेप रसीदको धितोमा कर्जा प्रदान गर्दा खाता खोल्दाकै वखत कर्जामा लाग्ने ब्याजदर तय गर्नुपर्ने र यसरी तय भएको ब्याजदरभन्दा बढी लिन नपाइने व्यवस्था गरिएको छ ।

  • होटल ग्राहकलाई ३ सय डलरको सटही सुविधा
नयाँ मौद्रिक नीतिले पहिलोपटक होटलमा बस्ने आफ्ना ग्राहकलाई आवश्यक परेमा प्रतिग्राहक अधिकतम ३०० अमेरिकी डलर बराबरसम्म सटही दिन सक्ने व्यवस्था गरेको छ ।

  • व्यवसाय गर्न विदेशबाट ५ करोडसम्म ऋण लिन सकिने
नेपाली नागरिक, फर्म तथा संस्थाहरुले आफ्नो व्यवसाय गर्न वा भइरहेको व्यवसाय विस्तार गर्न विदेशमा रहेका आफ्ना नातेदार, अन्य व्यक्ति, गैर–आवासीय नेपाली वा संघ संस्थाबाट राष्ट्र बैंकको पूर्वस्वीकृति लिईअमेरिकी डलर २ लाखसम्म ऋण लिने व्यवस्था रहेकोमा सोलाई वृद्धि गरी अमेरिकी डलर ५ लाखसम्म र भारतको हकमा ५ करोड भारतीय रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, विदेशी लगानीकर्ताहरुलाई लाभांश फिर्ता लैजाने वर्तमान व्यवस्थामा सरलीकरण गर्दै जाने नीति लिइने जनाइएको छ । यसअन्तर्गत वार्षिक १० करोड रुपैयाँ सम्मको लाभांश वितरण गर्ने फर्म, कम्पनी, संस्थाहरुले तोकिएको कागजात पेश गरी वाणिज्य बैंकमार्पmत् सोभैm सटही पाउन सक्ने व्यवस्था गरिने जनाइएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x