कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
वडा प्रहरी प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका एक पुरुष घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । चोरी आरोपमा पक्राउ परेका बुटवल-११ रूपन्देहीका २८ वर्षीय रूद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् ।
आइतवार बिहान हिरासतमा घाँटीको रेटिएको अवस्थामा भेटिएका उनलाई तत्काल उद्धार गरेर लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । अहिले उनको उपचार भइरहेको छ ।
नेपालीकी दिदी मनकुमारी सार्कीले घाँटी रेटिएको अवस्था भेटिएपछि प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको बताइन् । उनका अनुसार नेपालीको अवस्था गम्भीर छ ।
प्रादेशिक अस्पतालमा सरसफाइको काम गर्ने नेपालीलाई तामाका तारहरू चोरी गरेको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो । उनीसँग तामाका तारहरूसमेत भेटिएपछि सोधपुछका लागि प्रहरीले हिरासतमा राखेको थियो ।
इलाका प्रहरी कार्यालय बुटवल प्रमुख डीएसपी ठगबहादुर केसीले हिरासतमै उनले आत्महत्याको प्रयास गरेर घाँटीमा चोट लागेको बताए ।
‘उनले सुसाइड गर्न खोजेको जस्तो देखियो, नियन्त्रणमा लिएको केही समयमै उनी शौचालय गएर आएपछि रगत देखियो,’ उनले भने, ‘हेर्दा घाँटीमा चोट लागेको देखिएपछि तुरुन्तै अस्पताल पुर्याइएको हो । उनको उपचार भइरहेको छ ।’
तर, नेपालीकी दिदी मनकुमारीले घटना सुनियोजित देखिएको भन्दै छानबिन गर्न आग्रह गरिन् ।
‘लडेको भए पेट, छाती वा अन्यत्र चोट लाग्नु पर्ने, त्यस्तो केही छैन, घाँटी मात्र रेटिएको छ । यो घटना शंकास्पद देखिएको छ,’ उनले भनिन् ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...