×

NMB BANK
NIC ASIA

स्थानीय चुनावः धमाधम गाडी फिर्ता गर्दै जनप्रतिनिधि

चैत २२, २०७८

NTC
आफूले चढ्ने सरकारी गाडीकाे साँचो कर्मचारीलाई हस्तान्तरण गर्दै लेटाङका मेयर शंकर राई ।
Premier Steels

स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेका बेला जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्ने सरकारी गाडी धमाधम फिर्ता गर्न थालेका छन् । चुनावका बेलामा गाडीको दुरुपयोग बढ्न सक्ने भन्दै उनीहरूले सरकारी गाडी फिर्ता गर्न थालेका हुन् । 

Muktinath Bank

मोरङको लेटाङ नगरपालिका मेयर शंकर राई, मोरङकै उर्लाबारीका मेयर खड्गप्रसाद फागो, तेह्रथुमको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फे, झापाको हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनलागयतका जनप्रतिनिधिले सरकारी गाडी फिर्ता गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले स्थानीय तहको चुनाव घोषणा गरिसकेको र आफू पार्टीको काममा खटिनुपर्ने भएकाले निर्वाचनमा सरकारी सवारीसाधनको दुरुपयोग नहोस् भनेर गाडी फिर्ता गरेको लेटाङ नगरपालिकाका मेयर राईले बताए । उनी नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का  क्षेत्रीय सभापतिसमेत हुन् । 


Advertisment
Nabil box
Kumari

‘नगरका कामभन्दा बढी अब चुनावी अभियानमा खट्नुपर्छ,’ उनले भने, ‘पार्टीको काममा जाँदा सरकारी गाडी लिएर जान नैतिकताले दिएन ।’ अब चुनावभर भाडाको गाडी प्रयोग गर्ने उनले बताए ।  

Vianet communication

यस्तै लेटाङ–४ का वडाध्यक्ष सन्तोष कार्की र ८ का भीमप्रसाद पोखरेलले पनि आफूले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल फिर्ता गरेका छन् । 

कार्यपालिका बैठकबाट विकास योजना अघि बढाउन नसकेको भन्दै उर्लाबारीका मेयर फागोले गाडी फिर्ता गरे । 

गत चैत १६ गते उर्लाबारी नगरपालिका कार्यपालिकाको बैठक बसे पनि बैठकमा प्रस्तुत भएका प्रस्ताव अघि बढाउन नेकपा एमालेबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारीसहित बहुमतप्राप्त कार्यपालिका सदस्यहरू नमानेकाले योजनाको काम रोकिएको मेयर फागोको आरोप छ । 

चुनावको समयमा सरकारी सम्पत्तिको दुरुपयोग नहोस् भनेर गाडी फिर्ता गरेको म्याङलुङ नगरपालिकाका मेयर तुम्बाहाम्फे बताउँछन् । 

यता नागरिक समाजका अगुवाहरू  भने मेयरहरूले चुनावको मुखमा सरकारी सेवा सुविधा फिर्ता गर्नुको कुनै अर्थ नरहेको बताएका छन् । भ्रष्टाचारविरोधी अभियान मोरङका अध्यक्ष दिनेश श्रेष्ठले आफ्नो कार्यकालमा उल्लेखनीय काम गर्न नसकेका जनप्रतिनिधिहरूले चुनावमा आफ्नो माहोल बनाउन ‘नौटंकी’ गरेको आरोप लगाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x