२६ जेठ २०८३, मंगलबार
स्थानीय चुनाव

उम्मेदवारी फिर्ताको समय सकिएपछि भरतपुरका बागीले भने– 'रूखमा पानी हाल्न बलि चढें'

बैशाख १६, २०७९
उम्मेदवारी फिर्ताको समय सकिएपछि भरतपुरका बागीले भने– 'रूखमा पानी हाल्न बलि चढें'

भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले जनताका कारण आफूले उम्मेदवारी फिर्ता नगरेको बताएका छन् ।

उम्मेदवारी फिर्ताको समय शुक्रवार साँझ ५ बजे सकिएपछि पत्रकार सम्मेलन आयोजना गर्दै पौडेलले रूखमा पानी हाल्नका निम्ति बलि चढ्न तयार आफू भएको समेत बताएका छन् ।

पार्टी निर्णयविरुद्ध जाने व्यक्ति साधारण सदस्य समेत नरहने गरी निष्कासित हुने निर्णय कांग्रेसले यसअघि नै गरिसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासमेतले विशेष चासो राखेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेको भन्दै उनले आफूले नेताहरूको आग्रहलाई नकारेर जनताको आग्रह स्वीकारेको बताए । 

लोकतन्त्र तथा पार्टीको विधान रक्षा गर्नका लागि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ ।

‘चुनावी अभ्यासमा रूख चिन्हको मात्रै ग्यारेन्टी गरेको छ,’ उनले भने, ‘भन्दा नेपाली कांग्रेस भन्ने अनि हँसिया हथौडामा भोट हाल भन्ने  ? यो कुराको वैधानिकता छैन, त्यसैले स्वीकार गरिनँ ।’

उनले पञ्चायतदेखि नै विद्रोह गर्दा कारवाहीमा परेको भन्दै अहिले पनि कारवाहीको डण्डाले आफूलाई रोक्न नसक्ने टिप्पणी गरे । 

उनले भने, ‘कारवाहीको डन्डाले रोक्न सक्दैन, रूखमा पानी हाल्नका निम्ति बलि चढ्न परे पनि हामी तयार भएका छौं ।’

आफूले निर्वाचनमा हार व्यहोरेपनि मूल्यमान्यताको राजनीतिमा नचुक्ने उनले बताए । 

पौडेलले गठबन्धन गरेर लोकतन्त्रलाई क्षति गर्छ भने केका लागि गठबन्धन गर्ने भन्दै प्रश्न समेत गरे ।  

‘हामीले गरेको गठबन्धन अत्यन्तै विकृत छ,’ पौडेलले भने, ‘आज एउटा पार्टीसँग गठबन्धन गर्ने भोलि उज्यालो हुन नपाउँदै अरूसँग घाँटी जोड्ने ?’

सत्ता गठबन्धनले भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेणु दाहाललाई मेयरको आधिकारिक उम्मेदवार बनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्