×

NMB BANK
NIC ASIA

फिलिपिन्सको निर्वाचन अन्तिम चरणमा

बैशाख १७, २०७९

NTC
Premier Steels

 फिलिपिन्समा हुन लागेको राष्ट्रिय तथा स्थानीय निर्वाचन अन्तिम चरणमा पुगेको छ । मतदान गर्ने दिन आउन १० दिन बाँकी रहँदा उम्मेदवारहरूलाई प्रचार प्रसारलाई तिव्रता दिइरहेको पाइएको छ । 

Muktinath Bank

हरेक छ / छ वर्षमा हुने निर्वाचन भएकाले अहिले कोरोना भाइरसको महामारीको खतरालाई समेत प्रवाह नगरी नेता कार्यकर्ताहरू चुनावी अभियानमा लागेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले चुनावी भाषणसँगै नाच गान मार्फत पनि आफ्ना सन्देश तथा चुनावी एजेण्डाहरू प्रस्तुत गर्ने गरेका छन् । चुनाव प्रचार प्रसारका क्रममा उम्मेदवारहरूले आफ्ना प्रतिस्पर्धीहरूको खरो आलोचना गर्दै आफ्नो पक्षलाई राम्रो देखाउने प्रयास गरेका छन् ।


Advertisment
Nabil box
Kumari

उनीहरूले चुनाव प्रसार प्रसारका लागि एकातिर सामाजिक सञ्जालको अधिकतम प्रयोग गरेका छन् भने अर्को तर्फ घरदैलो कार्यक्रम मार्फत मतदाताहरूलाई भेट्ने र भोट माग्ने पनि गरेका छन् । भोट माग्ने काममा कलाकार तथा विभिन्न क्षेत्रमा चर्चित व्यक्तित्वहरू समेत सक्रिय भएको पाइएको छ ।   

Vianet communication

सबै उम्मेदवारहरूले महामारीका कारण थला परेको अर्थतन्त्रलाई उठाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, गरिबी घटाउने, महङ्गी कम गराउने लगायतका विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । फिलिपिन्समा आगामी मे ९ तारिखमा मतदान हुन लागेको छ । निर्वाचन मार्फत नयाँ राष्ट्रपति, उपराष्ट्रपति, २४ मध्ये १२ सिनेट सदस्य र प्रतिनिधि सभा सदस्यहरू चयन हुनेछन् ।  निर्वाचन आयोगले हजारौँ अन्य स्थानीय जनप्रतिनिधिहरू समेत चयनका लागि निर्वाचन हुन लागेको जनाएको छ । 

विभिन्न सर्वेक्षणहरूले पूर्व राष्ट्रपति फेर्डिनान्ड मारकोसका ६४ बर्षका छोरा फेर्डिनान्ड मारकोस जुनियर अगाडि रहेको देखाएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x