मंसिर २, २०८०
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
डोटीका चर्चित युवा कवि लोकराज भट्टको पहिलो कृती 'छायल' उपन्यासको विमोचन सहितको विमर्श भएको छ ।
राजधानीको बबरमहलस्थित नेपाल कला परिषदमा शनिवार एक कार्यक्रमका बीच छायलको विमोचन र विमर्श गरिएको हो ।
उपन्यासको विमोचन साहित्यकार अभय श्रेष्ठ, मानवअधिकारकर्मी मोहना अन्सारी, पत्रकार तथा समीक्षक राजकुमार बानियाँ र लेखक भट्ट स्वयंले गरेका हुन् ।
एक महिना अघि नै बुक्स हिमालयले बजारमा ल्याएको उपन्यास माथि वक्ताहरू साहित्यकार अभय श्रेष्ठ र मानव अधिकारकर्मी मोहना अन्सारी र लेखक स्वयं लोकराज भट्ट विमर्श गरेका थिए ।
कार्यक्रमको सहजकर्ताको रुपमा पत्रकार तथा समीक्षक राजकुमार बानियाँ थिए भने कार्यक्रम संचालन सुमन थापाले गरेका थिए ।
साहित्यकार अभय श्रेष्ठले उपन्यासले सुदूरका मौलिक कथाहरूको छायल प्रष्ट रुपमा प्रस्तुत गरेको बताए ।
उपन्यासको मीठो भाषा शैलीले पनि पाठकले उपन्यास एक पल्ट पढ्न सुरु गरेपछि पुरै पढी नसकेर नरोकिन विश्वास व्यक्त गरे ।
यसका साथै उनले द्वन्दकालको कथा, बाल्यकाल देखि युवा अवस्था सम्मको प्रेम, समाजको यथार्थमा जोडिएका सम्पुर्ण कथाहरूमा संघर्षको कथा जोडिएको पक्ष बढी मन परेको बताए ।
त्यसैगरी माओवादी द्वन्दकालको कथाले माओवादीको न्याय र अन्यायको कथा सन्तुलन रुपमा प्रस्तुत नभएको र माओवादीले गरेको अन्यायको सन्देश मात्रै जोडिएको द्वन्दकालको कथा लघुरूपमा मात्रै समेटेको हुँदा उपन्यासमा द्वन्दकालको कथा कमजोर रहेको बताए ।
त्यसै गरि मानवअधिकारकर्मी मोहना अन्सारीले नेपालको पूर्वी भागको कथाले नेपाली साहित्य बजार छोपी रहदा बजारमा सुदूरपश्चिमको मौलिक कृती आउनु आफैमा सुखद भएको बताए ।
अन्सारीले लोक कथा माथी लोक भाषा शैली र स्थानीय देखि अग्रेजी शब्दहरू जादुमय प्रयोगले लेखनमा एउटा नयाँ आयाम थपेको र यो नै उपन्यासको बलियो पक्ष भएको बताइन् ।
द्वन्दकालको कथा सहित डोटेली सभ्यता पनि उपन्यासमा छायलको रूपमा प्रस्ट आएको उनले बताइन् ।
सहजकर्ताको 'बाल्यकालकै प्रेम प्रसंगमा घुमेको प्रेम कथा युवाले किन पढ्ने ' भन्ने प्रश्नमा लेखक भट्टले यसमा प्रेम बाल्यकाल हुँदै युवा अवस्था प्रवेश गर्ने हुँदा युवाहरूले पनि भोगेको र जान्नु पर्ने कथा यस उपन्यासमा समेटिएको बताए ।
त्यसैगरि लेखकले उपन्यासमा आफ्नो भन्दा बढी कथा डोटीका भुइँमान्छेहरूको कथा ल्याएको र तत्कालीन परिवेश अनुसार नै कथा समेटेको हुँदा जानाजान कुनै पक्षलाई तल र कुनै पक्षलाई माथि नपरेको प्रस्ट पारे ।
स्थापनाको ६ महिनाको अवधिमा बुक्स हिमालयले प्रकाशन गरेका २ दर्जन पुस्तकहरू मध्य उपन्यासको रुपमा छायल नै पहिलो रहेको संख्यात्मक भन्दा गुणात्मक पुस्तकहरूको प्रकाशनमा जोड दिने लक्ष्य रहेको बुक्स हिमालयका संचालक पवन शाक्यले बताए ।
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...