×

NMB BANK
NIC ASIA

चुनावका दिन सवारीसाधन बन्द, उम्मेदवार र प्रतिनिधिले पास लिनुपर्ने

बैशाख २४, २०७९

NTC
फाइल फोटो
Premier Steels

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ ।

Muktinath Bank

उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले समेत मतदानको दिन सवारीसाधन सञ्चालनका लागि सवारी अनुमतिपत्र अनिवार्य लिनुपर्ने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मतदानका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान मात्र खुला हुनेछ भने आन्तरिक उडान समेत बन्द गरिने भएको छ ।


Advertisment
Nabil box
Kumari

‘निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्डमा उम्मेदवार तथा अन्य निकाय वा संस्थाले समेत सवारीसाधन सञ्चालनका लागि मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

Vianet communication

सवारीसाधनका लागि वितरण गरिने अनुमतिपत्र र त्यसको अनुगमनका लागि सहसचिवको नेतृत्वमा समिति समेत बनाइने भएको छ ।

मानवीय उद्धार तथा सहायतामा प्रयोग गरिने सवारीसाधनको हकमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमति लिई सवारीसाधन प्रयोग गर्न सकिने मापदण्डमा उल्लेख गरिएको छ ।

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय हवाई उडानको माध्यमबाट यात्रा गर्ने यात्रुहरूका हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा विमानस्थलसम्म र विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको सहजीकरणको जिम्मा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

आफैं हिँडडुल गर्न नसक्ने अशक्त व्यक्तिका लागि बासस्थानदेखि मतदान केन्द्रसम्म र त्रिभुवन विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमनको सहजीकरण मिलाउने जिम्मा पनि जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।

निर्वाचनका दिन अत्यावश्यक क्षेत्रका लागि भने पास अनिवार्य गरिएको छैन । मापदण्डको बुुँदा नम्बर ८ मा एम्बुलेन्स, खानेपानीको ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शवबाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटका सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारीसाधनको हकमा सवारी अनुमतिपत्र लिन नपर्ने उल्लेख छ ।

मतदानको दिन कसैले मापदण्डविपरीत सवारीसाधन प्रयोग गरे सवारीसाधन कब्जामा लिने आयोगले जनाएको छ ।

मतदानका दिन नेपाल आएका पर्यटकलाई यातायात सेवाका लागि नेपाल पर्यटन बोर्डको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट पास वितरण गरिने भएको छ । सो दिन नेपाल आउने पर्यटक रहेको कम्पनीले आफ्ना पाहुनाको सेवाका लागि विमानस्थलबाट होटेलसम्म र नेपालबाट विदेश फर्कन लागेका पाहुनालाई होटलबाट विमानस्थलसम्म लैजान यातायात सेवा दिइने भएको छ ।

सो दिन अन्तर्राष्ट्रिय उडानका माध्यमबाट यात्रा गर्ने यात्रुको हकमा पासपोर्ट, भिसा र हवाई टिकटका आधारमा त्रिभुवन विमानस्थलसम्म र त्रिभुवन विमानस्थलबाट यात्रुको बासस्थानसम्मको आवागमन सहजीकरण काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मिलाउने भएका छन् । यो दिन आन्तरिक उडानका जहाज भने बन्द हुनेछन् । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x