×

NMB BANK
NIC ASIA

केशर महल वरीपरीको पर्खाल भत्काएर पार्क बनाउँछु: केशव स्थापित

बैशाख २४, २०७९

NTC
Premier Steels

नेकपा (एमाले) बाट काठमाडौँ महानगरपालिकामा मेयर पदका उम्मेदवार केशव स्थापितले आफू निर्वाचित भएमा युवाहरुलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान निर्माण गरिदिने बताएका छन् । ‘म पहिलो पटक मेयर हुँदा भर्खर जन्मिएका बच्चा अहिले मेरा मतदाता बनेका छन्,’ केही सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्थापितले भने, ‘आफ्नो जीवनबारे गफ गर्ने युवाहरुका लागि काठमाडौँमा ठाउँ नै छैन । म युवाहरुलाई जीवनको कथा हाल्ने एक सय वटा स्थान  निर्माण गरिदिन्छु ।’

Muktinath Bank

उनले नयाँ पुस्ताका लागि आधार तयार गरिदिने योजना पनि आफूसँग रहेको बताए । ‘पहिलाको राजदरबारको वरीपरी लगाएको पर्खाल मात्रै तोड्न सकियो भने त्यहाँ भित्रको हरियाली चौर र बगैँचा देखेर युवाहरु प्रफुल्ल हुन्छन्,’ स्थापितले भने, ‘त्यहाँ योजना बनाएर राज्यको सहित संरक्षणमा बत्ती नै बत्ती, पानी नै पानीको फोहोरा भएको बालबालिका, युवा र जेष्ठ नागरिक पार्क निर्माण गर्न सकिन्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थापितले आफू मेयर निर्वाचित भएपछि केशर महलको वरीपरीको पर्खाल भत्काएर त्यहाँ पनि खुला ठाउँ निर्माण गर्ने योजना रहेको सुनाए ।   ‘युवाहरु साँझपख त्यहाँ आउँछन्, टहलिन्छन्, आइसक्रिम खान्छन्, गफगाफ गर्छन् र मुहारमा मुस्कान छर्दै आहा ! काठमाडौँ महानगर भन्दै खुशी हुन्छन् । यस्ता पार्क सहरभरी  धेरै स्थानमा बनाउन सकिन्छ । ती पार्कमा आएका युवासँग तिमीहरुको योजना के– छ ? तिमीहरुको अपेक्षा के– छ ? भनेर घुलनशील गराउने योजना छ,’ उनले भने, ‘युवाहरुलाई प्रोस्ताहन गर्न विश्वस्तरीय २० वटा जीम हल स्थापना गर्ने र अर्वन पार्क निर्माण गर्ने योजना छ ।’  
उनले युवाहरुलाई उनीहरुको योग्यता, क्षमता र रुचि अनुसारको जिम्मेवारी दिएर अगाडि बढाउन सक्ने क्षमता पनि आफूसँग भएको बताए । त्यसैगरी उनले तत्काल गुनासो सुन्न ‘क्वीक रेस्पोन्स टीम’ निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिने पनि बताए । 


Advertisment
Nabil box
Kumari

उनले  अहिले भएका स्वास्थ्य सेवा केन्द्रहरुको स्तरोन्नति गर्ने योजना पनि प्रस्तुत गरे।  उनले मेयर स्वास्थ्य कार्यक्रम र घर–घरमा स्वास्थ्य नारी कार्यक्रमलाई अघि बढाउने पनि आफ्नो योजना रहेको बताए । ‘केही महिना बृहत छलफल गरेर योजनासहित स्वास्थ्य नीतिलाई प्रभावकारी बनाउन र घर–घरमा पुगेर स्वास्थ्य परीक्षण गर्न निजी क्षेत्रका स्वास्थ्य संस्थाको सहकार्यमा करीब २ हजार स्वयंसेवकलाई पारिश्रमिकसहित राख्छौँ,’ उनले भने, ‘त्यो टीमले कुन वडामा कति विरामी र कस्ता प्रकारका विरामी भनी अनुसन्धान पनि गर्ने छ । त्यहि टिमले उहाँहरुको थप स्वास्थ्यका लागि सहजिकरण समेत गर्नेछ ।’ उनले यस्ता पाँच–सात वटै स्वास्थ्य सम्बन्धि प्रष्ट योजना बनाएर अघि बढ्ने बताए । 

Vianet communication

ट्राफिक र फोहोर व्यवस्थापन गर्ने हो भने अहिलेको उपत्यका विकास प्राधिकरणलाई उपत्यकाका स्थानीय तहको मतहतमा राख्नपर्छ भन्दै मेयर निर्वाचित भएमा त्यो अभियानमा लाग्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x