×

NMB BANK
NIC ASIA

स्थानीय चुनाव

चुनावी रिपोर्टिङका क्रममा रेशम चौधरीको घरमा पुग्दा ...

बैशाख २५, २०७९

NTC
रेशम चौधरीकी आमा
Premier Steels

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका कारण ५ वर्षदेखि डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीलाई जेलबाट निकाल्नेलाई भोट दिने उनको परिवारले बताएको छ । 

Muktinath Bank

२०७४ सालको संसदीय निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका निलम्बित सांसद रेशमलाई जसले जेलबाट निकाल्छ उसैलाई भोट दिने रेशमकी आमा सुर्पी चौधरी थरुनीले बताएकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तरको टोली स्थलगत रिपोर्टिङ गर्ने क्रममा टीकापुरको जगतपुरस्थित चौधरीको निवास पुगेको छ । कैलालीको गर्मीमा अटो लिएर टीकापुरबाट १ घण्टाको यात्रामा पुगिने ग्रामीण बस्ती चहार्दै लोकान्तर टोली रेशमको घर पुगेर उनकी आमालाई भेटेको छ ।


Advertisment
Nabil box
Kumari

नेकपा एमाले, नेपाली कांग्रेस लगायतका पार्टीहरू ‘आमा भोट दिनुहोला’ भन्दै आउने गरेका र छोरालाई जेलबाट निकाल्ने पार्टीलाई भोट दिन्छु भन्ने गरेको उनले बताइन् ।

Vianet communication

रेशमकी आमा सुर्पीले लोकान्तरसँगको भेटमा भनिन्, ‘यस पटक त अरु कसैलाई भोट दिउँ जस्तो लागेकै छैन । घरको जेठोबाटो र आफूहरूको सहारा छोरालाई जेल पठाएका छन्, जसले रेमशलाई छुटाउँछु भन्छ उसैलाई भोट दिने हो ।’

‘छोराको नेतृत्वमा बनेको नागरिक उन्मुक्ति पार्टी छ भन्ने थाहा छ तर जसले रेशमलाई जेलबाट निकाल्छु भन्छ उसैलाई भोट दिने हो,’ उनले भनिन् ।

नागरिक उन्मुक्ति पार्टीले ढकिया चुनाव चिह्न लिएर प्रमुख राजनीतिक पार्टीसरह टीकापुरमा प्रचारप्रसार गरिरहेको छ । रेशमकी पत्नीको अध्यक्षतामा भर्खरै उदाएको नयाँ पार्टीको समेत टीकापुरमा चुनावी सरगर्मी तातेको छ । स्थानीय चौधरी र थारु समुदायसँग बढी भिजेको यो पार्टी अरु पार्टीको मत काटेरै यसपटक मेयर जित्दै दाउमा लागेको छ ।

सुर्पीले लोकान्तरसँग भनिन्, ‘चुनाव लागेसँगै विभिन्न पार्टी भोट माग्न आइरहेका छन् । यसपटक कसलाई भोट दिनेभन्दा पनि कसरी जेठो छोरा जेलबाट बाहिर निस्केला भन्नेमै चिन्ता छ ।’

सुर्पी चौधरीले थपिन्, ‘घर व्यवहार सबै उसैले धानेको थियो । ४ जना छोराहरूमा माइलो र साइलो काठमाडौंतिरै छन् । कान्छो भने घरतिर छ । उ पनि आफ्नो सुरमा काम गर्ने गरेकाले बुढेसकालमा बुढाबुढी मात्रै बसिरहेका छौं ।’

रेशमका बुवा लालवीर चौधरी भने दिनभर घरबाहिर निस्कन्छन् । सुर्पीले भनिन्, ‘चुनावी अभियानतिर पनि जान्छन् होला, कता जान्छन्, बिहान निस्केको व्यक्ति एकैपटक बेलुका आउनुहुन्छ ।’

चौधरीले गुनासो गर्दै भनिन्, ‘सन्तानकै शिक्षादीक्षाको लागि भएकै खेत बेच्दै पढाएँ । अहिले त्यही सन्तानले दुःख पाइरहेका छन् ।’ चौधरीले देवरका छोराछोरीदेखि आफ्नालाई शिक्षादीक्षा दिन आम्दानीको स्रोत नभएकाले जग्गा बेच्दै घरखर्च चलाउँदै गरेको पनि बताइन् । ‘परिवारका अरु व्यक्ति पढाइ सकेर कतै न कतै आवद्ध भएका छन्, आफ्नो छोराले काम गर्ने र परिवारका लागि योगदान गर्ने बेलामा उसको कमाइ खान पाइएन,’ उनले भनिन् ।

सुर्पीले लोकान्तर टोलीसँग गुनासो गर्दै भनिन्, ‘हाम्रो थारु समुदायमा जेठो छोराको नाममा देउता राखिएको हुन्छ । परिवारमा हर्ष हुँदा, नयाँ व्यक्ति जन्मिँदा पूजा गर्ने गरिन्छ । त्यस्तो पूजाका लागि जसको नाममा देउता राखिएको छ, सोही व्यक्ति चाहिन्छ । हाम्रो घरमा पनि पूजा लगाउने भनेको अरुले गर्न नहुने । देउता राख्ने व्यक्ति चाहिँ आउन नपाउने हुँदा पूजा नै गर्न पाइएको छैन ।’

रेशम चाैधरीको घर

टीकापुरमा पहिलो पटक एफएम खोल्ने नै उनै रेशम भएको उनकी आमा सुर्पीले बताइन् । ‘शुरूका दिनमा संघर्ष गर्दै बिस्तारै स्थापित हुँदै गरेको छोराको व्यवसाय थियो । बुहारीको दाइ बितेको खबर आएर काठमाडौं गएको बेला दुस्मन लागेर मेरो छोरालाई फसाए,’ सुर्पीले गहभरी आँसु पार्दै भनिन्, ‘हामी सानो परिवारको र बाहिर तिरको चासो नहुने व्यक्ति भएकाले अरु विषयमा त्यति चासो लाग्दैन ।’

‘चुनाव लागेकाले एमाले, कांग्रेस, स्वतन्त्र उम्मेदवार सहितका व्यक्तिहरू आउँछन्, म त राजनीति धेरै बुझ्दिनँ, कसैले यहीँ भोट हाल्नुपर्छ भनेर पनि भनेका छैनन्,’ उनले भनिन् ।

रेशमकी पत्नी र छोरा टीकापुरमा रहेको घरमा बस्दै आएका छन् । अहिले टीकापुरमा उनको नयाँ पार्टीले अध्यक्ष सहितको प्यानल उठाएको छ भने कैलालीका सबै स्थानीय तहमा उनको पार्टी चुनावमा होमिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x