×

NMB BANK
NIC ASIA

निर्वाचनमा गरेका वाचा पूरा नगर्नेलाई जनताले सजाय दिन्छन् : महामन्त्री थापा

बैशाख २७, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगतका निर्वाचनको समयमा गरेका वाचालाई पूरा नगर्नेलाई जनताले भोट नदिएर सजाय दिने बताएका छन् । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले आज आयोजना गरेको ‘चुनावी सभा’लाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिले अघिल्लो निर्वाचनमा गरेका वाचा पूरा ग¥यो कि गरेन भनेर जनताले हेर्ने बेला आएको बताए ।

Muktinath Bank

“अघिल्लो स्थानीय तहको निर्वाचनमा गरेका वाचा र प्रतिबद्धता पूरा भयो कि भएन त्यसलाई हेरेर यो निर्वाचनमा जनताले आफ्नो अधिकारको प्रयोग गर्नेछन्”, उनले भने । महामन्त्री थापाले विगतको स्थानीय तहको निर्वाचनमा जनताले काठमाडौँको प्रमुखमा एमालेका जनप्रतिनिधिलाई निर्वाचित गरे पनि समृद्ध महानगर निर्माण गर्ने कामलाई अगाडि बढाउन नसकेको गुनासो गरे । उहाँले युवालाई सँगसँगै लिएर अगाडि बढे मात्र समृद्ध महानगर निर्माण हुने भन्दै कांग्रेसले काठमाडौँ महानगरको प्रमुख जितेमा युवालाई साथ र सहयोग लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा विजय पौडेलले संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताउँदै गठबन्धनका उम्मेदवारलाई विजय गराउन सबैलाई आग्रह गरे । कांग्रेस काठमाडौँका सभापति सबुज बानियाले काठमाडौँ महानगरको विकास र समृद्धिका लागि सिर्जना सिंह सक्षम महिला भएको बताए । उनले निर्दलीय उम्मेदवारलाई जनताको समस्या समाधान गर्न नसक्ने बताए । 


Advertisment
Nabil box
Kumari

कांग्रेसका नेता एवम् पूर्वमन्त्री भीमसेनदास प्रधानले राजनीतिक परिस्थितिको बाध्यात्मक उपज गठबन्धन भएको बताउँदै गठबन्धनको उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने बताए । 

Vianet communication

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले विगतको पाँच वर्षमा काठमाडौँ महानगरभित्रका सम्पदामाथि प्रहार हुन खोजेको भन्दै यसलाई जोगाउन आफूले ठूलो लडाइँ लडेको स्मरण गरिन् । उनले हावादारी कुरा गरेर काठमाडौँ महानगर नबन्ने भन्दै महानगर बनाउनका लागि सक्षम व्यक्ति आवश्यक भएको बताइन्। नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेकपा सरकारले गुठी विधेयकमार्फत काठमाडौँको धर्म, संस्कृतिमाथि प्रहार गर्न खोजेको भन्दै यसको विरुद्धमा कांग्रेसले आवाज उठाएको स्मरण गर्न सबै मतदाताको ध्यानाकर्षण गरे । कांग्रेस काठमाडौँ महानगरपालिकाका सभापति नीलकाजी शाक्य, नेपाल महिला सङ्घ काठमाडौँ शाखाकी अध्यक्ष विष्णुदेवी पुडासैनी लगायतले कांग्रेसले महानगरको प्रमुखमा महिलालाई उम्मेदवारी बनाएर सम्पूर्ण महिलालाई सम्मान गरेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x