×

NMB BANK
NIC ASIA

लुम्बिनीमा ३२ लाख मतदाता, १ हजार ६२९ मतदानस्थलमध्ये १५३ संवेदनशील

बैशाख २९, २०७९

NTC
Premier Steels

भोलि शुक्रवार हुने स्थानीय निर्वाचनमा लुम्बिनी प्रदेशबाट ३२ लाख मतदाता मतदानमा सहभागी हुँदैछन् । १२ जिल्लाका १०९ स्थानीय तहका ३२ लाख १९ हजार ४५६ मतदाताले जनताको घरदैलोको सरकार चुन्नेछन् ।

Muktinath Bank

प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकृत गेहेन्द्र कुँवरले प्रदेशमा निर्वाचनका सबै तयारी पूरा भएको लोकान्तरलाई जानकारी दिए । यसपटक निर्वाचनमा रुपन्देहीमा सबैभन्दा धेरै ६ लाख २५ हजार ३६० मतदाता छन् । सबैभन्दा कम रुकुमपूर्वमा ३३ हजार ५१८ मतदाता रहेका कुँवरले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दाङमा ४ लाख ९९ हजार २, अर्घाखाँचीमा १ लाख ६३ हजार ८१५, कपिलवस्तुमा ३ लाख ७३ हजार १०० मतदाता छन् । 


Advertisment
Nabil box
Kumari

गुल्मीमा २ लाख २४ हजार २७६, पश्चिम नवलपरासीमा २ लाख ३७ हजार १२५, पाल्पामा १ लाख ९९ हजार ६९०, प्यूठानमा १ लाख ५६ हजार ३४६, बर्दियामा ३ लाख ११ हजार ४१०, बाँकेमा ३ लाख २९ हजार ४७३ र रोल्पामा १ लाख ४५ हजार ४४४ मतदाता रहेका कुँवरले जानकारी दिए । लुम्बिनीमा ५० लाख जनसंख्या छ । 

Vianet communication

प्रदेशका ४ वटा उपमहानगरपालिका लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मतदाता घोराही उपमहानगरपालिकामा १ लाख १२ हजारभन्दा बढी छन्, जुन २०७४ सालको चुनावभन्दा ३४ हजार ५०० ले बढी हो । दोस्रो बढी मतदाता रहेका तुलसीपुर उपमहानगरपालिकामा २०७४ सालभन्दा ३० हजार ७८४ मतदाता थपिएर यसपटक १ लाख ७ हजार पुगेका छन् ।

बुटवल उपमहानगरपालिकामा ९० हजार ६५ मतदाता छन् । गत निर्वाचनभन्दा बुटवलमा २४ हजार मतदाता थपिएका छन् भने नेपालगञ्ज उपमहानगरपालिकामा ८१ हजार मतदाता छन् ।

लुम्बिनी प्रदेशभर १ हजार ६२९ मतदानस्थल र ३ हजार ८३२ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनलाई सुरक्षित बनाउन संवेदनशीलताको आधारमा वर्गीकरण गरिएको छ । १५३ वटा मतदानस्थललाई सुरक्षा संवेदनशील मानिएको छ । जसअनुसार ५ वटा अतिसंवेदनशील, १३७ वटा संवेदनशील छन् । कुन–कुन मतदानस्थल संवेदनशील छन् भन्ने जानकारी प्रहरीले दिएको छैन । 

जिल्ला सुरक्षा समितिले मतदानस्थललाई भूगोल, सीमा, सडक सञ्जाल लगायत अवस्थालाई मध्यनजर गर्दै वर्गीकरण गरेको छ । १५३ मतदानस्थलमा ४१६ मतदान केन्द्र तोकिएको छ ।

प्रदेशभरका पनि मतदान केन्द्रलाई सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी ३ भागमा विभाजन गरेर सोही अनुसारको सुरक्षा तयारी प्रहरीले गरेको छ । लुम्बिनी प्रदेशमा पहाडी ६ र तराईका ६ जिल्ला पर्छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनसिंह डंगोलले मतदान केन्द्रहरू सुरक्षाका दृष्टिले चुस्त बनाइएको बताए । मतदान गर्न शहरी रोजगारी र अध्ययनका लागि बसेका मतदातालाई दलहरूले सुविधासम्पन्न गाडी निःशुल्क गाउँ पुर्‍याएका छन् ।

दलहरूले आर्थिक प्रलोभनमा पारिएका घटनाहरू पनि बाहिर आएका छन् । मौन अवधिमा पनि मतदातालाई अपिल गरेर रकम बाँडेका घटना फेला पारेर प्रहरीले केहीलाई नियन्त्रणमा लिएर छाडेका छन् । मौन अवधिमा दलहरूले आचारसंहिता उल्लंघन गर्नेलाई स्पष्टीकरण सोधेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x