बैशाख ३०, २०७९
स्थानीय तह निर्वाचनमा मतदानको समय सकिएको छ । बिहान ७ बजेदेखि शुरू भएको मतदान अपराह्न ५ बजेसम्मका लागि तोकिएको थियो । समय सकिए पनि मतदान गर्न लाइनमा बसेकाहरूले भने मत हाल्न पाउनेछन् । निर्...
काठमाडाैं | बैशाख ३०, २०७९
देशभरको स्थानीय तह निर्वाचनको मतदान सकिएको छ । ७५३ स्थानीय तहमध्ये ५ ठाउँमा निर्वाचन स्थगित भएको छ ।
काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १३, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शीतलपुर मतदान केन्द्र, रामेछापको खाँडादेवी–१ राँकाथुम, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. २ र जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङमा निर्वाचन स्थगित भएको निर्वाचन आयोगले बताएको छ ।
शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको थियो । कतिपय स्थानीय तहमा मतदानका क्रममा विवाद हुँदा केहीबेर स्थगित भएको मतदान अहिले सुचारु भएका छन् ।
मतदान सम्पन्न भएको मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भइरहेको आयोगले बताएको छ ।
सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृतको कार्यालय वा मुख्य निर्वाचन अधिकृतले तोकेको स्थानमा मतपेटिका लैजाने क्रम जारी रहेको निर्वाचन आयोगले बताएको छ ।
निर्वाचन अधिकृतको कार्यालय वा तोकिएको स्थानमा नै आजै रातिबाट मतगणना शुरू हुने निर्वाचन आयोगले बताएको छ ।
मतगणना शुरु हुनुअघि निर्वाचन अधिकृतले सर्वदलीय बैठक राख्नेछन् । सर्वदलीय बैठकपछि मतगणना शुरू हुने निर्वाचन आयोगले बताएको छ ।
स्थानीय तह निर्वाचनमा मतदानको समय सकिएको छ । बिहान ७ बजेदेखि शुरू भएको मतदान अपराह्न ५ बजेसम्मका लागि तोकिएको थियो । समय सकिए पनि मतदान गर्न लाइनमा बसेकाहरूले भने मत हाल्न पाउनेछन् । निर्...
उदयपुरको कटारी नगरपालिका वडा नं. १० सोरुङ छबिसेमा गोली चलेको छ । प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको स्थानीयले बताए पनि प्रहरीले भने पुष्टी गरिसकेको छैन । कटारी नगरपालिका व...
सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ । मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्ना...
काठमाडौँ महानगरपालिकाको प्रदर्शनी मार्गस्थित वाल्मिकी क्यामसमा रहको मतदान केन्द्रमा शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका मतगणनास्थल लैजान सवारी साधनमा राख्दै प्रहरी र कर्मचारी। तस्वीर, रासस
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले अपराह्न ४ बजे मतदान गरेका छन् । भोजपुरको षडानन्द नगरपालिका–११ मा रहेको शारदा मावि, झ्याउँपोखरीमा गएर उनले मतदान गरेका हुन् । षडानन्दमा गठबन्धन भएको थिय...
स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि अपराह्न ४ बजेसम्ममा ५५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि भएको मतदानमा अपराह्न ४ बजेसम्म ५५ प्रतिशतले मतदान गरेका हुन् । आज देशभ...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...
बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्यो भने त्यो क्षम्य हुँदैन । बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...