×

NMB BANK
NIC ASIA

नेतृत्व विकास

प्रदेशका ६ पालिकामा महिला नेतृत्व, उत्कृष्ट सेवा दिने लक्ष्य

जेठ २१, २०७९

NTC
Premier Steels

१ नम्बर प्रदेशमा भएको स्थानीय चुनावबाट १३७ पालिकामध्ये ६ पालिकाले महिला नेतृत्व पाएको छ ।

Muktinath Bank

२०७४ सालको निर्वाचनमा १ पालिकाले मात्रै महिला नेतृत्व पाएको थियो । झापाको कमल गाउँपालिकामा अध्यक्ष मेनुका काफ्ले मात्रै पालिकाको नेतृत्वमा पुगेकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत चुनावमा नेपाली कांग्रेसका हुकुमसिंह राईसँग मेनुकाको प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धा निकै कडा थियो । दुवैले बराबर मत ल्याएपछि गोलाप्रथाबाट गाउँपालिका अध्यक्ष छानिएको थियो । हुकुम सिंह र मेनुकाले ८ हजार २७५ मत ल्याएका थिए । 


Advertisment
Nabil box
Kumari

यस पटकको निर्वाचनमा ६ जना महिला पालिकाको नेतृत्वमा निर्वाचित भएका छन् । प्रदेशका २ नगरपालिका र ४ गाउँपालिकाले महिला नेतृत्व पाएको छ ।

Vianet communication

झापाको बिर्तामोड नगरपालिका र गौरीगञ्ज गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, सोलुखुम्बुको लिखुपिके गाउँपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिका र जन्तेढुंगा गाउँपालिकामा महिला नेतृत्व निर्वाचित भएका छन् ।

झापाको बिर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमालेकी पवित्रा महतारा निर्वाचित भइन् । उनी यसअघि उपमेयर थिइन् । कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७५८ मतान्तरले पराजित गर्दै उनी मेयर बन्न सफल भइन् । 

प्रसाईंले १६ हजार ५२० मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७६२ मत मात्र पाए । ५० वर्षीय महतारा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै मेयर निर्वाचित भएकी हुन् । बिर्तामोडमा अघिल्लो निर्वाचनमा मेयर र उपमेयर दुवै एमालेले जितेको थियो ।

टिकट पाउनकै लागि उनले ठूलो सर्घष गर्नुपर्‍यो । महिलालाई टिकट दिँदा चुनाव जितिँदैन भनेर पार्टीका केन्द्रीय नेताहरू नै लागेका उनी बताउँछिन् । ५ वर्ष उपमेयर भएर चलाएको अनुभवले पनि बिर्तामोडलाई नमूना बनाउने उनी बताउँछिन् ।

झापाको गौरीगञ्ज गाउँपालिकामा नेपाली कांग्रेसकी ४५ वर्षीया फूलवती राजवंशी अध्यक्षमा विजयी भएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय अग्रवाललाई पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएकी हुन् ।

राजवंशीले ५ हजार ६८९ मत प्राप्त गरेकी छन् भने अग्रवालले ३ हजार ३३० मत पाएका छन् । उनी यसअघि गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । गाउँपालिका अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठ विजयी हुँदा कांग्रेसबाट उपाध्क्ष निर्वाचित भएकी उनले यसपटक अध्यक्ष श्रेष्ठलाई तेस्रो स्थानमा धकेलेर अध्यक्ष निर्वाचित भएकी छन् ।

मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा एमालेकी राजमति इङ्नाम नेपाली कांग्रेसका सञ्जय भट्टराईलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएकी छन् । उनले ८ हजार ९७५ मत ल्याएकी छन् भने भट्टराईले ५ हजार ८४६ मत पाएका छन् ।

गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष रहेकी ५२ वर्षीया इङ्नाम भारी मतान्तरले अध्यक्षमा निर्वाचित भएकी छन् । कानेपोखरीमा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको छ । निवर्तमान उपप्रमुख समेत रहेकी इङ्नाम ‘महिलाले नेतृत्व गरेको पालिका नमूना रहेछ हेर्न जाऔ’ भन्ने बनाउने लक्ष्य रहेको बताउँछिन् । 

सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा कांग्रेसकी मीनादेवी कार्की विजयी भएकी छन् । १ हजार २६० मतसहित नेकपा माओवादी केन्द्रका डम्बरबहादुर बस्नेतलाई १४७ मतान्तरले पराजित गर्दै उनी विजयी भएकी हुन् ।

बस्नेतले १ हजार ११३ मत ल्याएका छन् । ५४ वर्षीया कार्कीले गाउँपालिकाका निवर्तमान अध्यक्ष बस्नेतलाई पराजित गरेकी हुन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा ४० वर्षीया विमला राई निर्वाचित भएकी छन् । नेपाली कांग्रेसकी उम्मेदवार राईले एमालेका खडेन्द्र राईलाई पराजित गरेकी हुन् ।

विमलाले ६ हजार ३१७ मत प्राप्त गर्दा एमाले उम्मेदवार खडेन्द्रले ५ हजार ९३४ मत पाएका छन् । विमला पनि निवर्तमान उपमेयर हुन् । यसअघिको निर्वाचनमा गाउँपालिको मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो ।

खोटाङकै जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रकी अरुणादेवी राई निर्वाचित भएकी छन् । उनले गाउँपालिकाका निवर्तमान अध्यक्ष एमालेका शंकरबहादुर राईलाई पराजित गरेकी छन् ।

अरुणाले २ हजार ८८१ मत प्राप्त गरी विजयी हुँदा एमालेका उम्मेदवार शंकरबहादुर राईले २ हजार ५७५ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा अरुण अध्यक्षमा शंकरबहादुरसँगै पराजित भएकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x