×

NMB BANK
NIC ASIA

संसद् बैठक

सरकारलाई संसदको विशेष निर्देशन- सबै उपाय लगाएर कृषकलाई रासायनिक मल उपलब्ध गराउनू

जेठ ३०, २०७९

NTC
Premier Steels

प्रतिनिधि सभाको बैठकले कृषकलाई मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । 

Muktinath Bank

सोमवारको प्रतिनिधि सभा बैठकमा एमालेका सांसद विशाल भट्टराईले अत्यन्त जरुरी सार्वजनिक महत्त्वको स्थगन प्रस्ताव दर्ता गरेपछि उक्त प्रस्तावमा छलफल भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेती लगाउने बेलामा कृषकले मल नपाएको र कृषकलाई मल उपलब्ध नहुँदासम्म संसद् बैठक स्थगित हुनुपर्ने प्रस्ताव भट्टराईले गरेका थिए । 


Advertisment
Nabil box
Kumari

उक्त प्रस्तावको छलफलमा ४८ जना सांसदमा भाग लिएका थिए । छलफलपछि संसदले विशेष प्रस्ताव पारित गर्दै मल आपूर्तिका लागि सबै प्रयास गर्न सरकारलाई निर्देशन दिएको हो । 

Vianet communication

संसदमा विशेष प्रस्ताव प्रस्तुत गर्दै सभामुख अग्नि सापकोटाले भने, ‘रासायनिक मल कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलब्ध नभएको विषयमा यस सदनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

संसद पारित गरेको विशेष प्रस्तावमा भनिएको छ, ‘कुल ग्रार्हस्थ्य उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलब्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधि सभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।’

त्यसअघिको छलफलमा सांसदहरूले तेस्रो देशबाट एयरलिफ्ट गरेर भए पनि रासायनिक मल ल्याउनुपर्ने माग गरेका थिए । 

नेपाल मजदुर किसान पार्टीका सांसद सुनिल प्रजापतिले भारतसँग भरपर्दा कृषकले मल नपाएको र तेस्रो देशबाट हवाई जहाजमार्फत मल ल्याउने व्यवस्था मिलाउनुपर्ने बताएका थिए । 

भारतबाहेक तेस्रो देशबाट मल ल्याउनको लागि विभिन्न देशमा पत्राचार गरिएको भए पनि सकारात्मक जवाफ नआएको कृषि मन्त्री महेन्द्र राय यादवले संसदमा बताएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x