×

NIC ASIA

प्रचण्डले भने- अर्थमन्त्री फेर्ने हल्ला षड्यन्त्र, अर्थको स्पष्टीकरण- बजेट निर्माणमा हस्तक्षेप छैन

जेठ ३०, २०७९

Prabhu Bank
NTC
Premier Steels

अर्थ मन्त्रालयले बजेट निर्माण प्रक्रियामा तोकिएका पदाधिकारीबाहेक कसैको संलग्नता नरहेको स्पष्ट गरेको छ । बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्रीलाई जोडेर आएको समाचारमा सत्यता नभएको मन्त्रालयले प्रष्ट गरेको हो । 

Muktinath Bank

अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुपाल बरालले सोमवार एक विज्ञप्ति प्रकाशित गरी बजेट निर्माण प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीबाहेक कसैको संलग्नता नरहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बजेटलाई अन्तिम रुप दिने सन्दर्भमा जेठ १४ गते बिहानैदेखि मन्त्रालयमा माननीय अर्थमन्त्रीको नेतृत्वमा सचिव, सचिव (राजश्व)र मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरू तथा भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशकसमेतको सहभागितामा विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयकका बजेटसँग सम्बन्धित विषयहरू तयार गरी बजेटसँग सम्बन्धित विषयहरू तयारी भएको र यस प्रक्रियामा तोकिएका जिम्मेवार पदाधिकारीहरूबाहेक अरू कसैको सहभागिता नरहेको सबैमा जानकारी गराउँदछौं,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । 


Advertisment
Nabil box
Kumari

Vianet communication

बजेट निर्माण प्रक्रियामा असम्बन्धित व्यक्ति सहभागी रहेको भन्ने समाचार गलत भन्दै मन्त्रालयले अर्थतन्त्र सुधारका लागि क्रियाशील अर्थमन्त्रीको सम्बन्धमा तथ्यभन्दा कपोकल्पित र भ्रमपूर्ण समाचार प्रेषित भएको बताएको हो । 

‘परम्परागत अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशीतातर्फ प्रस्थानसहितको जनप्रिय बजेट सार्वजनिक भएको सबैलाई विदितै छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा निरन्तर क्रियाशील रहनुभएका माननीय अर्थमन्त्रीका बारेमा भ्रम सृजना हुने गरी तथ्य र तर्कभन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखी समाचार प्रकाशित हुनु खेदजनक छ ।’

अर्थमन्त्री फेर्ने हल्ला षड्यन्त्र- प्रचण्ड

यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री फेर्ने भन्ने हल्ला नियोजित भएको बताएका छन् । प्रचण्डले अर्थमन्त्री शर्मालाई फोन गरेर बजार हल्लाको पछि नलागी काम गर्न सुझाव दिएका हुन् । 

‘माओवादीका मन्त्रीले जनमुखी बजेट ल्याएपछि बदनाम गर्नका लागि प्रतिक्रियावादी शक्तिले षड्यन्त्र गरेका हुन्, अहिले अर्थमन्त्री फेर्ने कुनै नीति छैन । निर्धक्कले काम गर्नुस्’ प्रचण्डले अर्थमन्त्रीलाई दिएको आश्वासनबारे स्रोतले भन्यो । 

रातोपाटी अनलाइनसँगको कुराकानीमा पनि प्रचण्डले अर्थमन्त्रीलाई फिर्ता बोलाउने हल्ला निराधार भएको बताएका हुन् । ‘अर्थमन्त्री फिर्ता बोलाउने भनेर जेजे हल्ला चलाइएको छ । यो बदनाम गर्न फैलाएको अफवाह र पार्टीविरुद्धको षड्यन्त्रबाहेक केही होइन,’ प्रचण्डले भनेका छन्, ‘अर्थमन्त्रीले पार्टीको नीति निर्देशनमै काम गरिरहनुभएको छ । अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x