×

NIC ASIA

प्रचण्डका चुनावी प्रतिष्पर्धी विक्रम पाण्डेलाई भ्रष्टाचार मुद्दामा सफाइ

असार ५, २०७९

Prabhu Bank
NTC
Premier Steels

प्रतिनिधि सभा चुनावको पूर्वसन्ध्यामा राप्रपा नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

Muktinath Bank

२०७४ सालको प्रतिनिधि सभा चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग प्रतिष्पर्धा गरेका पाण्डेले भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिक्टा सिंचाइ आयोजनाको काममा अनियमितता गरेको भन्दै अख्यितारले पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


Advertisment
Nabil box
Kumari

विशेष अदालत काठमाडौंबाट पाण्डेले आइतवार सफाइ पाएका हुन् । 

Vianet communication

भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि अब उनले चुनाव लड्न पाउने भएका छन् । भ्रष्टाचार लगायत फौजदारी अभियोग लागेको व्यक्ति उम्मेदवार बन्न पाउदैन । 

राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका पाण्डेले चितवन ३ बाट प्रतिनिधि सभा चुनाव लड्ने योजना बनाएका छन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा चितवनबाट प्रत्यक्ष चुनाव जितेका पाण्डे २०७४ सालमा प्रचण्डसँग पराजित भएका थिए । 

एमालेसँगको तालमेल गरेका प्रचण्डले ४८ हजार २७६ मत पाउँदा कांग्रेससँग तालमेल गरेका पाण्डेले ३८ हजार ९ सय ३५ पाएका थिए ।

मंसिरमा हुने प्रतिनिधि सभा चुनावमा प्रचण्डले कांग्रेससँग तालमेलको तयारी गरेका छन् । 

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा चितवनको भरतपुरमा एमालेसँग चुनावी तालमेल गरेको राप्रपाले प्रतिनिधि सभा चुनावमा पनि कतिपय स्थानमा एमालेसँग प्रतिष्पर्धाको तयारी गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x