×

Dabur
Nic Asia
Marvel

फूलबारी रिसोर्टको अवसान

पियुषबहादुर अमात्यको व्यावसायिक पतनको कथा– कसरी लिलामीमा पुग्यो पाँचतारे फूलबारी रिसोर्ट ?

काठमाडाैं | असार ६, २०७९

तस्वीरः होटल फर नेपाल/इन्सट तस्वीरः नेपाली टाइम्सको वेबसाइट ।
TVS INSIDE

दक्षिण एसियाकै उत्कृष्ट आतिथ्यताको सेवा दिने पियुषबहादुर अमात्यले ३ दशक अगाडि देखेको पाँचतारे होटल सपना अन्ततः चकनाचुर भएको छ ।

morang Auto yamaha

सवा अर्ब रुपैयाँ ऋणले व्यवसायी पियुषबहादुर अमात्यलाई ओरालो यात्रामा मात्रै धकेलेन, उनको व्यावसायिक चाहनालाई नै धमिलो बनायो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

नेपालमा ठूला व्यवसायमा क्रियाशील अग्रणी व्यक्तिमध्येका एकमा पर्छन् अमात्य । उनले फूलबारी रिसोर्ट शुरू गर्दा दक्षिण एसियाकै ठूलो रिसोर्टका रूपमा स्थापित पनि भएको थियो ।

रिसोर्ट चलाउन लिएको ऋण नतिरेको र व्यवस्थापनमा समेत कमजोरी हुँदा उनको अर्बौंको साम्राज्य डुबेको छ ।

Vianet communication
Maruti inside

नेपाल बैंकले शुक्रवार लिलामीमा राखेको पोखराको पाँचतारे होटल ‘द फूलबारी रिसोर्ट’ अब अमात्यको स्वामित्वबाट फुत्किँदैछ ।

यही होटल चलाउन लिएको ऋणले उनका अन्य चल्तीका व्यवसाय पनि एकपछि अर्को गर्दै डुबेका छन् । अमात्यले जुन व्यवसाय गर्न ऋण लिए, त्यसैको व्यवस्थापन मिलाउन नसकेकै कारण एकपछि अर्को व्यवसाय गुम्दै गयो ।

अमात्य निकट एक व्यवसायीका अनुसार नेपालमा पहिलोपटक भित्र्याएको मित्सुबिशी मोटर्सको डिलरशिप, क्वालिटी आइसक्रिम, सानमिगल बियर, माउन्ट एभरेस्ट ब्रुअरी सहितका देशका चल्तीका व्यवसायबाट कमाएको पैसा त्यहीँ लगानी गर्दै भ्याइयो । फलस्वरूप उनले ती व्यवसायबाट पनि आफ्नो स्वामित्व गुमाउँदै गए । शुरूआत आफूले गरेको भए पनि आफूबाट स्वामित्व फुत्किएपछि अहिले अर्कैको पोल्टामा व्यावसायिक लाभ पुगेको छ ।

अमात्यको व्यवस्थापकीय कमजोरीकै कारण एकपछि अर्कोबाट हात झिक्दै जानुले एक अर्बपति व्यवसायी यतिबेला टाट पल्टिएका व्यवसायीको सूचीमा दर्ज हुन पुगेका छन् । बैंकको ऋण तिर्न नसकेर कालोसूचीमा छन् भने भएको व्यवसाय पनि बैंकले लिलामी गरिसकेको छ ।

लिलामीमा चढेको उनको पछिल्लो व्यवसाय पोखराको पाँचतारे होटल हो । होटलमा उनको अर्बाैं लगानी छ । त्यहीँ लगानी बचाउन दरिलो व्यवस्थापन मिलाउन सकेनन्, उनले ।

जुन होटल चलाउन उनले अरु व्यवसाय गुमाएरै भए पनि बैंकको ऋण बोकिरहे, अहिले त्यहीँ व्यवसाय पनि टिकेन । यसअघि पटक–पटक फूलबारी होटल लिलामी हुनबाट रोक्न सफल भएका अमात्यसँग अब भने विकल्प सकिएको छ । बैंकले पनि सधैं जनताको पैसा फिर्ता नलिई बस्न नसक्ने अवस्थामा पुगेपछि फूलबारी लिलामी गर्दैछ ।

कसरी पुग्यो अमात्यको पाँचतारे होटल लिलामीको अवस्थामा ?

व्यवसायी पियुषबहादुर अमात्यले पोखरामा पाँचतारे होटल  खोल्न २०५५ सालमा नेपाल बैंकबाट करीब सवा अर्ब ऋण लिए । नेपाल बैंकको सहवित्तीयकरणमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषले १ अर्ब ३१ करोड रुपैयाँ ऋण दियो । ऋणमध्ये नेपाल बैंकको ६५ करोड, वाणिज्य बैंकको ३५ करोड र सञ्चय कोषको ३१ करोड रुपैयाँ थियो ।

रिसोर्ट शुरू भएको केही वर्ष राम्रो आम्दानी गरिरहेको थियो । मुलुकको राजनीतिक अवस्था परिवर्तन हुँदै जाँदा समयानुकूल आफ्नो व्यवसायको व्यवस्थापन मिलाउन अमात्यले सकेनन् । उनले बैंकबाट होटल चलाउन लिएको ऋण ३ वर्षपछि नै खराब कर्जामा पर्‍यो ।

तिर्न नसकेपछि २०५८ सालदेखि नै उनको ऋणलाई बैंकले खराब कर्जाको सूचीमा राखिदियो । उनको व्यवसाय सेवामूलक उद्योग भएको, नेपालमा ठूला लगानीमध्येका एक भएको हुँदा सकेसम्म चलाएरै ऋण तिरून् भन्ने मनसाय बैंकको थियो । त्यसैका लागि पटक–पटक पुनःसंरचना गरेर ब्याज फ्रिज गरेर सावा मात्रै तिर्न ताकेता गरिएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले बताए ।

यो रिसोर्टले लिएको ऋण पछिल्लो पटक २०७६ कात्तिक १ गते पुनःसंरचना भएको थियो । त्यतिबेला उनले ३ अर्ब ४७ करोड तिर्ने गरी पुनःसंरचना गरिएको सीईओ अधिकारी सम्झन्छन् ।

त्यतिबेला अमात्यले बैंकको ऋणको ब्याजबापत १० करोड रुपैयाँ तिर्ने र बाँकी रहेको ब्याजलाई फ्रिज गर्ने सहमति भएको थियो । सावाँको किस्ता लगातार १० वर्षसम्म तिरेपछि बैंकले आवश्यकता अनुसार ऋणीको अवस्थालाई मूल्यांकन गरेर ब्याज छुट दिने गरी ऋणी र बैंकबीच सहमति भएको अधिकारीले बताए । त्यसका लागि रिसोर्ट भने सञ्चालन गर्नुपर्ने शर्त राखिएको थियो । 

रिसोर्ट सञ्चालन गर्न लाग्ने रिनोभेसन खर्च अमात्यले नै गर्नुपर्ने थियो ।

बैंकसँगको सहमति अनुसार अमात्यले काम नगरेको, रिसोर्ट सञ्चालनमा नल्याएको र नियमित साँवाको किस्ता पनि नतिरेको नेपाल बैंकका सीईओ अधिकारीले बताए ।

‘बैंकबाट ऋण लिएपछि जसरी पनि तिर्नुपर्छ । ऋण नतिरेपछि बैंकले आफ्नो लगानी उठाउन बाध्य भएर रिसोर्टको सम्पत्ति लिलामी गर्ने निर्णय भएको हो,’ अधिकारीले भने ।

अधिकारीले थपे, ‘अमात्यलाई सहजीकरण गर्न र सकेसम्म ऋण नै तिरून् भनेर नै बैंकले ब्याज फ्रिज गरेको राख्यो । २०५५ सालमा लिएको सवा अर्ब ऋण २१ वर्षसम्म पटक–पटक पुनःसंचरना गरेर साढे ३ अर्ब मात्रै तिर्न लगाउनु त्यति ठूलो विषय नभएको अधिकारीको तर्क छ ।

पछिल्लो पटकको सम्झौतामा ७.५ प्रतिशत औसत ब्याजदरमा ऋणको पुनः मूल्यांकन पनि भयो तर जति सहजीकरण गरे पनि उनले ऋण नतिरेपछि अन्ततः होटल लिलामीबाहेक विकल्प बैंकसँग भएन ।

बैंकले अहिले कास्कीको छिनेडाँडामा फूलबारी रिसोर्ट र रिसोर्टको नाममा रहेको १२४ रोपनी ११ आना, अमात्यको नामको ६ रोपनी २ आना र उनकी पत्नी गंगाको नामको रहेको ७ रोपनी जग्गा लिलामीमा राखेको छ ।

ब्याज छुट नदिँदा अमात्यको ऋण २० अर्ब पुग्ने

बैंकले ब्याज छुट नदिने हो भने उनको ऋण १८–२० अर्बसम्म पुग्ने अनुमान गरिएको छ । अधिकारीले भने, ‘अमात्यले शर्त अनुसार काम नगरेको हुँदा अब पुरानै साँवाअनुसार ब्याज जोड्नुपर्ने हुन्छ । सबै ब्याज समेत जोडेर अहिलेको रिसोर्टको सम्पत्तिले पनि पुग्दैन ।’

‘बैंकले २० वर्षदेखि पर्खेर बस्यो । दिनुपर्ने सहुलियत, सुविधा सबै दिइसकियो । आफैंले गरेको शर्त नमान्ने पछिल्लो समझदारीको साढे २ वर्षसम्म साँवा तिर्न समेत बेवास्ता गरेकाले जनताको पैसा अब डुबाउनुहुन्न भनेर सम्पत्ति लिलामी गर्नुपरेको हो,’ नेपाल बैंकका सीईओ अधिकारीले लोकान्तरसँग भने ।

अमात्यले लिएको ऋणको ब्याज बर्सेनि जोड्दै जाने हो भने २० अर्ब रुपैयाँसम्म पुग्ने भए पनि अहिलेको लिलामीबाट कति आउँछ र कति पुग्दैन त्यसपछि मात्रै बैंकले थप निर्णय गर्ने भएको छ । अधिकारीले भने, ‘ब्याज जोडेर सबै रकम उठाउन नसकेपछि अहिले रिसोर्ट लिलामी गरेर जति उठ्छ, उठाउँछौं । बाँकी रकम उठाउन अमात्यको थप सम्पत्तिको खोजी भइरहेको छ भने सबै ऋण चुक्ता नभएसम्म उनी कालोसूचीबाट पनि हट्दैनन् ।’

अमात्य बैंकसँग नियमित सम्पर्कमा आउने, ऋण तिर्न अनेकौं शर्त राख्ने, शक्ति केन्द्र धाइरहने गर्थे । सरकारबाट उनले होटललाई सेवामूलक उद्योगमार्फत सेवासुविधा दिलाउन आवश्यक सम्बोधन गराउन सफल पनि भएका थिए तर उनले सरकारबाट कुनै सेवासुविधा पाएनन् भने पछिल्लो ३ महिनादेखि बैंकसँगको सम्पर्कमा पनि आएका छैनन् ।

सरकारले होटललाई रुग्ण उद्योग घोषणा गरेर आवश्यक सेवासुविधा सहयोग गर्ने निर्णय गरेको थियो । २०७१ जेठ २६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट सरकारले ‘द फूलबारी रिसोर्ट’लाई रुग्ण उद्योग घोषणा गरेको हो । घोषणाले दिने भनेको सुविधा नपाएकै कारण रुग्ण उद्योग थप समस्यामा परेको हो ।

उद्योग मन्त्रालयका अनुसार रुग्ण उद्योग घोषणा भएर आवश्यक सेवासुविधा दिने भनियो तर त्यो मन्त्रालयको जिम्मेवारीमा नभएर अन्यत्र निकायबाट गर्नुपर्ने थियो । अरु निकायले कार्यान्वयन गरे/नगरेको जानकारी मन्त्रालयमा आएको छैन ।

त्यसो त अमात्यले होटल चलाउन लिएको ऋणभन्दा पछि नेपालमा द्वन्द्व शुरू भएको हो । २०५८ सालमा संकटकाल लागेदेखि नै अमात्य ऋण तिर्न नसक्ने अवस्थामा पुगिसकेका थिए । ऋण तिर्न नसक्ने अवस्था त्यतिबेला आफैंले सिर्जना गरेको समस्या हो भने पछि द्वन्द्वले व्यापार व्यवसाय कमजोर हुँदै थप मलजल भएको बुझाइ पनि अमात्यका नजिकका एक व्यवसायीले बताए ।

दरबार निकट मानिने अमात्य बढी महत्त्वाकांक्षी व्यवसायी पनि हुन् । पोखराकै एक स्थापित पर्यटन व्यवसायीका अनुसार फूलबारी रिसोर्ट लिलाममा जाने अवस्था आउनुमा पर्यटन व्यवसाय खस्कनु नै हो, संकटकालपछि नेपालमा पर्यटक आउन छाडेका छन् ।

नेपाल भित्रिएका पर्यटक पनि काठमाडौं बाहिर नजाने अवस्था आयो । नेपाल आएका पर्यटक पोखरा पुग्ने र पाँचतारेमा बस्ने भनेको गुणस्तरीय पर्यटक (खर्च गर्ने सक्ने क्षमताकै) हुन्छन् ।

१० वर्षे द्वन्द्व, ऋतिक रोशन काण्ड, दरबार हत्याकाण्ड, गणतन्त्रपछि मजदुर आन्दोलन सहितका कारणले होटल सञ्चालनभन्दा समस्यामा फस्दै गएको थियो ।

सहज हवाइ पहुँच नपुग्ने समयमा पनि विदेशी पर्यटक तान्ने गरी पोखरामा होटल खोल्नु अमात्यको आँट थियो तर ओरालो लागेको मृगलाई सबैले खेद्छ भनेजस्तै संकटपछि उनको व्यवसाय सधैं ओरालो लाग्दै गएको एक पर्यटन व्यवसायीले बताए ।

एउटा समस्या आउँदा त्यसलाई मिलाएर जाँदा अर्को समस्या आइहाल्ने परिस्थिति उनीमाथि आयो । खर्चालु पर्यटक नपुगेसम्म होटल चल्न नसक्ने अवस्था एकातिर थियो भने अर्काेतर्फ द्वन्द्वकालपछि काठमाडौं बाहिर पर्यटक नै नजानु उनको होटलको लागि अर्को समस्या बनेको पोखराकै पर्यटन व्यवसायीको भनाइ छ । पोखराका व्यवसायीले भने ‘होटल जोगाउन अरु व्यवसायको पैसा लगाउँदा–लगाउँदै पनि अन्यत्रले न लगानी जोगाउन सके, न त होटल नै ।’

रिसोर्ट खुलाउन अन्तर्राष्ट्रिय चेन होटलसँगको प्रयास असफल

करीब २०९ रोपनी क्षेत्रफलमा होटल र १४० रोपनीमा गल्फ खेल मैदान छ । यो रिसोर्टले चर्चेको कूल क्षेत्रफल नै ३५० छ । होटलमा १३ डिलक्ससहित १६४ कोठा छन् । रिसोर्ट खुलाउन अन्तर्राष्ट्रिय चेन होटलसँगको पटक–पटकको प्रयास समेत असफल भएको छ ।

सन् १९९८ मा सरकारले नेपाल भ्रमण वर्ष मनाएको थियो । सोही बेला नेपालमा विदेशी पर्यटक आकर्षित गर्न अमात्यले ‘वान अफ दि ग्रेटेस्ट होटल इन द वर्ल्ड’ नारा दिएर फूलबारी रिसोर्ट खोलेका थिए ।

होटल राम्रो चलिरहेको थियो । माओवादी द्वन्द्वको प्रत्यक्ष प्रभाव भोगेको हो रिसोर्टले । गणतन्त्रपछि माओवादी निकट मजदुरकै अराजक गतिविधि थेग्न नसकेर होटल बन्द भएको थियो ।

होटल खुलाउन २०७१ सालमा भारतीय चेन होटल क्लार्क ग्रुपसँगको साझेदारीमा होटल चलाउने निर्णय गरेको थियो ।

सम्झौता गरेको छोटो समयमै क्लार्क समूहले होटल व्यवस्थापनबाट हात झिक्यो । त्यसपछि अमात्यले आफैं सञ्चालनको प्रयास पनि गरेका थिए ।

उनले २०७२ सालको भूकम्पपछि होटलमा आउने पाहुनालाई रिसोर्टले रुममा ५० प्रतिशत र खानामा २० प्रतिशत छुट दिएर होटल सञ्चालनको प्रयास पनि गरे तर होटलमा थप लगानी गर्न र रिनोभेसनमा पनि खर्च गर्न नसक्दा चल्न सकेन ।

अमात्यले पुनः अन्तर्राष्ट्रिय चेन होटल म्यारियट ग्रूपसँग २०७६ कात्तिकमा व्यवस्थापन सम्झौता गरे ।

त्यो सम्झौतापछि पनि होटल चलाउन थप लगानी नै आवश्यक भयो । लगानी थप्नै नसकेका कारण अमेरिकी चेन होटलले व्यवस्थापन लिने भए पनि चल्न सकेन ।

अमात्यले होटलमा क्यासिनो सञ्चालन गरेबापत पनि सरकारलाई २०७८ असोजसम्मको मात्रै साढे ३८ करोड रुपैयाँ तिर्नुछ । फूलवारी रिसोर्टमा क्यासिनो सञ्चालनको इजाजत अमात्यले नै लिएका छन् ।

उनले २४ करोड ६६ लाख रुपैयाँ सावाँ नतिरेपछि असोजसम्ममा नै उक्त रकममा १३ करोड ८१ लाख रुपैयाँ ब्याज जोडिएर ३८ करोड ४७ लाख रुपैयाँ पुगेको कुमारीचोक तथा केन्द्रीय तहसीलको कार्यालयले जानकारी दिएको छ । 

Mega
TATA Below
NLIC
असार १७, २०७९

सरकारले लगातार दश वर्षदेखि  सार्वजनिक गर्दै आएको तथ्य र तथ्यांकले चामलको परनिर्भरता अकासिएको पुष्टि हुन्छ ।  आर्थिक वर्ष २०६९/७० मा करिब रु २० अर्बको चामल आयात भएको थियो । १० वर्षपछि अर्थात् चालु आव...

असार १९, २०७९

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिबीच सम्झौता भएको छ । दुई संस्साबीच आइएमईका ग्राहकहरूलाई ग्यालेक्सी क्लिनिकमा उपचारका क्रममा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।&...

असार १९, २०७९

होटल सङ्घ पोखराले कोरोना  प्रभावित पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहतका कार्यक्रम ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । नयाँ मौद्रिक नीतिका सन्दर्भमा सो बैंकलाई सुझाव प्रद...

असार १७, २०७९

सरकाले प्रत्येक वर्ष लिने अस्थिर कर नीतिका कारणले स्वदेशी उत्पादनमूलक उद्योगहरू समस्यामा परेको सरोकारवालाहरूले बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आयोजना गरेको अन्तरक्रियामा बोल्दै सरोकारवालाहरूले अस्...

असार १७, २०७९

नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजंगलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ ।  नेपा...

असार १७, २०७९

अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले बैंकिङ तरलता र भुक्तानी सन्तुलनमा भएको घाटाले अर्थतन्त्रमा समस्या आएको बताएका छन् ।  शुक्रवार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x