×

X
Nic Asia
Marvel
Khukuri

युक्रेन युद्ध

युक्रेन युद्ध लम्ब्याउने रोचक तत्त्व– धमाधम थोत्रा हतियार तह लगाउँदै रुस र पश्चिम !

काठमाडाैं | असार १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

गत फेब्रुअरी २४ बाट शुरू भएको रुस–युक्रेन द्वन्द्व दुवै पक्षको थोत्रो हतियार तह लगाउने माध्यम बनेको छ । 

DHARA
LAxmi BAnk

युद्धमा युक्रेनले सोभियतकालीन पुराना हतियारहरू पूर्ण रूपमा उपयोग गरिसकेकाले ऊ अब आफ्ना पश्चिमी साझेदारहरूबाट आउने हतियारको प्रतीक्षामा छ अमेरिका तथा अन्य पश्चिमी साझेदार सहयोगीहरूले पठाएको सीमित संख्याको हतियार युक्रेनी सैनिकहरूले चलाइरहेका छन् । त्यसैले युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले जुन पनि फोरममा हतियार पठाउन पश्चिमाहरूलाई आग्रह गर्ने गरेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

तर पश्चिमले युक्रेनलाई खुलेर आफ्ना हतियारहरू दिन सकेको छैन । यसमा तीनवटा कारण देखिन्छन् । पहिलो, अत्याधुनिक तथा लामो दूरीमा मार हान्ने हतियार दिएमा युक्रेनले रुसी भूमिमा आक्रमण गरिदेला अनि नेटो र रुसको सिधै भिडन्त भइदेला भन्ने पीर । 

दोस्रो, पश्चिमी मुलुकहरूसँग जगेडा रहेको हतियार सकिँदै गएको स्थिति । आफ्नो सुरक्षाका लागि राखेका हतियार समेत युक्रेनलाई दिनुपर्ने स्थिति आउन थालेपछि पश्चिमाहरू सैन्य सहयोग गर्न हिचकिचाउन थालेका हुन् । अमेरिकालाई समेत आफ्नो हतियार भण्डार भरिपूर्ण राख्न हम्मेहम्मे पर्न थालेको छ ।


Advertisment
Bizbazar
Saurya island

तेस्रो, आफूले युक्रेनलाई दिएको अत्याधुनिक हतियार रुसी हातमा पर्ला भन्ने चिन्ता । ती हतियारको प्रारूप पत्ता लगाएमा त्यसभन्दा आधुुनिक र घातक हतियार बनाउने क्षमता रुससँग छ । अनि रुसका रक्षामन्त्री सर्गे शोइगुले नियन्त्रणमा लिइएका पश्चिमी हतियार डोनेत्स्क र लुगान्स्कलाई दिइने बताएर पश्चिमाहरूको मुटुमा ढ्यांग्रो ठोकेका छन् ।

उसै पनि युक्रेनलाई अमेरिकी तथा युरोपेली साझेदारहरूले दिएका हतियारका विभिन्न भण्डारलाई रुसले कि क्षेप्यास्त्र प्रहार गरेर ध्वस्त पारेको छ कि नियन्त्रणमा लिएको छ । 

Vianet communication
IME BANK INNEWS

कुनै बेलामा सोभियत संघको अंगका रूपमा रहेको युक्रेनको सेना र रक्षा उद्योगमा सोभियत तथा रुसी मापदण्ड उपयोग गरिएको छ । रुसले पूर्वी युरोपमा व्यापक हतियार निर्यात गर्ने गरेको थियो । अमेरिकी हतियार भन्दा सस्तो र प्रयोग गर्न पनि सजिलो हुनाले युक्रेन लगायत पूर्वी युरोपेली मुलुकहरू सोभियत र रुसी हतियार प्रयोग गर्ने गर्छन् । 

सोभियत रुसले उपलब्ध गराएका हतियार नै युक्रेनले अहिले रुसविरुद्ध उपयोग गरिरहेको हो । अनि युक्रेनलाई पूर्वी युरोपका अन्य मुलुकहरूले गरिरहेको हतियार सहयोग पनि त्यही सोभियतकालीन हतियार हो । 

सोभियत रुसले उपलब्ध गराएका हतियार नै युक्रेनले अहिले रुसविरुद्ध उपयोग गरिरहेको हो । अनि युक्रेनलाई पूर्वी युरोपका अन्य मुलुकहरूले गरिरहेको हतियार सहयोग पनि त्यही सोभियतकालीन हतियार हो । 

यस युद्धमा युक्रेनले सन् १९१० मा बनेको म्याक्सिम एम१९१० नामक मशिनगन समेत उपयोग गरेको थियो । त्यस्तै पहिलो विश्वयुद्धताकाको राइफल अनि दोस्रो विश्वयुद्धताकाको सब मशिनगन पनि २१औं शताब्दीको युद्धमा उपयोग गरिएको छ । 

युक्रेनसँग भएको सैन्य उपकरण, साना हातहतियार, ट्यांक, हावित्जर तोप र अन्य हतियारहरू पश्चिमा साझेदारका हतियार अनुकूल छैनन् । यसको परिणामस्वरूप युक्रेनी सैनिकहरूलाई नेटो मापदण्डको हतियार चलाउने ज्ञान छैन र उनीहरूले पर्याप्त मात्रामा ती हतियार पाएका पनि छैनन् । हतियार चलाउन नजानेकाले युक्रेनी सैनिकहरू रुसी सैनिकको सहज तारो बनेको र रुसीहरूले पश्चिमी हतियार नियन्त्रणमा लिन सकेको बताइन्छ ।

युक्रेनी सैनिकहरू सोभियत र रुसी हतियारमा निर्भर रहेकाले अमेरिका तथा नेटो साझेदारहरूले उनीहरूलाई हतियार उपलब्ध गराउन चुनौतीपूर्ण रहेको द वाशिङटन पोस्टमा एलेक्स होर्टन, क्लेयर पार्कर र डाल्टन बेनेट लेख्छन् । उदाहरणका लागि, अमेरिकाले युक्रेनलाई दिएको आर्टिलरीमा १५५ एमएम राउन्ड उपयोग हुन्छ तर त्यो युक्रेनी हावित्जर अनुकूल छैन । त्यसैले अमेरिकाले युक्रेनलाई एक राश गोलीगट्ठा मात्र नपठाएर बन्दूक पनि पठाउनुपर्ने र युक्रेनी आर्टिलरी सैनिकलाई अर्को देशमा लगेर तालिम पनि दिनुपर्ने आवश्यकता छ ।

त्यसो त युक्रेनी सैनिकहरूलाई आधुनिक हतियार प्रणाली चलाउनका लागि पश्चिमाहरूले तालिम दिइरहेका छन् । सयौं युक्रेनी सैनिकहरूले बेलायतमा हालै सैन्य तालिम पूरा गरेको खबर रोयटर्स समाचार संस्थाले दिएको छ । उनीहरूलाई बेलायत सरकारले उपलब्ध गराएको मल्टिपल लोन्च रकेट सिस्टम चलाउने तालिम सेलिस्बेरी नामक स्थानमा दिइएको हो । 

उता रुसले पनि आफ्ना पुराना हतियारहरू यस युद्धमा तह लगाएको छ । दशकौं पुराना टी–६२ ट्यांकहरू रुसले युद्धमैदानमा ल्याएको छ । अमेरिकाले युक्रेनलाई उपलब्ध गराएको जेभलिन एन्टी ट्यांक क्षेप्यास्त्र तथा टर्कीको बेराक्तार ड्रोनका कारण रुसले यस युद्धमा ठूलो संख्यामा ट्यांक र सशस्त्र वाहनहरू गुमाएको छ । 

एसिया टाइम्समा स्टिफन ब्रायनले तयार पारेको सामग्रीमा उल्लेख गरिएअनुसार, युक्रेनी युद्धभूमिमा रुसले तैनाथ गरेको ट्यांक पुरानो र म्याद गुज्रिएका छन् । विज्ञहरूले रुसका पुराना ट्यांकको आलोचना गरेका छन् किनकि ती ट्यांकहरू खुला सडकका जाममा फस्दा तिनका सञ्चालकहरू युक्रेनी एम्बुशको शिकार बनिरहेका छन् । कतिपय ट्यांकहरू रुसी सैनिकले बाटैमा परित्याग गरेको खबर पनि आइरहेका छन् जसबाट उनीहरू पुरानो हतियार थन्क्याउन आतुर रहेको संकेत पाइन्छ ।

रुसले युक्रेन युद्धमा ठूलो संख्यामा अधिकृत स्तरका सैनिक सहित ठूलो सैन्य जनशक्ति गुमाउनुको एउटा कारण यस्तै पुरानो हतियारको उपयोग हुनसक्छ । अनि द्रुत गतिमा रुसले विजय प्राप्त गर्न नसक्नुलाई पनि यसबाट व्याख्या गर्न सकिन्छ । 

कतिपय सैन्य विश्लेषकहरूले रुसका पुराना ट्यांकको आधारभूत डिजाइन नै त्रुटिपूर्ण भएको वा कमसल सामग्री त्यसमा उपयोग भएको बताएका छन् । ती ट्यांकहरू आफूलाई कत्तिको उपयोगी हुन्छन् भनी परीक्षण गर्ने उद्देश्य पनि रुसले लिएको हुनसक्छ ।

अहिलेको मितिसम्म रुसले लगभग एक हजार ट्यांक, कम्तीमा ५० वटा हेलिकप्टर, ३६ वटा लडाकू तथा बमवर्षक विमान र ३५० वटा आर्टिलरी पीस युद्धमा गुमाइसकेको बिजनेस इन्साइडर पत्रिकाले खबर दिएको छ । रुसले आफ्नो रक्षा उद्योगको आधुनिकीकरण गर्न खोजिरहेको बेलामा पुरानो हतियार तह लगाउन युक्रेन युद्धको पूर्ण उपयोग गरिरहेको देखिन्छ ।

कतिपय विश्लेषकहरू युक्रेन युद्ध परीक्षण (ट्रायल) मात्र भएको र रुसले नेटोसँग भिडन्तको स्थिति आउनसक्ने आकलन गरी राम्रा र घातक हतियार साँचेर राखेको पनि भन्ने गरेका छन् । विशेषगरी रुसको इस्कन्दर ब्यालिस्टिक क्षेप्यास्त्र, केएच–२२ क्षेप्यास्त्र, अकुला क्लास पनडुब्बी, किन्जाल हाइपरसोनिक क्षेप्यास्त्रको सानोतिनो झलक रुसले युक्रेनमा देखाएको भए पनि त्यसको पूर्ण सदुपयोग उसले नेटोसँगको सम्भावित भिडन्तमा गर्न सक्ने बताइन्छ । 

उता युक्रेनलाई सोभियतकालीन हतियारबाट मोहभंग गराएर अमेरिकी हतियार उपयोगको बानी लगाउने पनि अमेरिकाको उद्देश्य देखिन्छ । त्यस्तो बानी विकसित गर्नका लागि वर्षौं लाग्ने भए पनि त्यसको प्रक्रिया अमेरिका र नेटोले थालिसकेका छन् । त्यसैले उनीहरू पनि युक्रेनका सोभियतकालीन हतियारहरू नष्ट भएकोमा खुशी नै छन् । पूर्वी युरोपेली साझेदारहरूले युक्रेनलाई दिएका सोभियतकालीन हतियार पनि धमाधम नष्ट हुँदा तिनलाई आफ्नो हतियार बेच्न पाइने भयो भनी अमेरिका गदगद भएको छ । 

हुन पनि युक्रेन युद्धले अमेरिकाको हतियार उद्योगलाई व्यापक फाइदा गराइरहेको छ । विश्व हतियार बजारमा अमेरिकी हतियार निर्माताको बोलबाला छ र युक्रेन युद्धपछि केही समयसम्म त्यही स्थिति कायम रहने द कन्भर्सेसन पत्रिकामा टेरेन्स ग्वे लेख्छन् । 

उनका अनुसार, विश्वका सबभन्दा ठूला पाँच हतियार कम्पनीहरू लकहीड मार्टिन, रेथ्योन, बोइङ, नोरथ्रोप ग्रुमान र जनरल डाइनामिक्स सबै अमेरिकी हुन् । अमेरिकाले युक्रेनलाई व्यापक संख्यामा हातहतियार उपलब्ध गराइरहेकाले यी हतियार कम्पनीहरू केही समयका लागि चरम व्यस्त रहनेछन् । अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनलाई सहायता गर्नका लागि छुट्ट्याएको ४० अर्ब डलरको प्याकेजमा ८.७ अर्ब डलर त अमेरिकी हतियार भण्डारलाई नवीकरण गर्नका लागि मात्र हो । 

यस्तो अवस्थामा हतियार कम्पनीहरूको स्टक मूल्य ह्वात्तै बढिरहेको छ । लगानीकर्ताहरू आगामी दिनमा थप नाफा कमाउन सकिने आशामा दंग छन् । युक्रेन युद्ध शुरू भएयता लकहीड मार्टिनको स्टक मूल्य १२ प्रतिशत तथा नोरथ्रोप ग्रुमानको मूल्य २० प्रतिशतले बढ्नु त्यसैको संकेत हो । युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्की युद्धबाट थाकिसकेको भए पनि अमेरिकाले युद्धलाई लम्ब्याउन चाहनुको यो प्रमुख कारण हो ।

युक्रेन युद्ध पुराना हतियार तह लगाउने र नयाँ हतियार परीक्षण गर्ने थलो बनेको छ । युद्धले हजारौं सैनिक तथा सर्वसाधारणको ज्यान लिएको भए पनि हतियार उद्योगका लागि नाफा कमाउने राम्रो स्रोत बनेकाले उनीहरू यो युद्ध लम्ब्याइरहन चाहन्छन् । 

युक्रेनमाथि आक्रमण गर्न रुसलाई उक्साउनुका पछाडि पनि हतियार उद्योगको पैरवीले काम गरेको संकेत पाइन्छ । इनदिजटाइम्स डट्कम नामक वेबसाइटमा साराह लाजारले लेखेअनुसार, कोभिड महामारी शुरू भएपछि बन्दाबन्दी तथा आपूर्ति शृंखलामा अवरोधका कारण रक्षा उद्योग जोखिममा परेको भनी हतियार कम्पनीले गुनासो गरेका थिए । 

यसबाट अमेरिकाको राष्ट्रिय सुरक्षा तथा सैन्य तयारी समस्यामा परेको उनीहरूको भनाइ थियो । अनि अफगानिस्तान युद्ध अन्त्य भएकाले पनि हतियार उद्योगीहरू चिन्तित थिए ।

हतियार कम्पनीको छाता संगठन अमेरिकाको नेसनल डिफेन्स इन्डस्ट्रियल एसोसिएसनले युक्रेन संकटको बहाना देखाएर हतियार निर्माणमा जोड दिएको छ । कसरी हतियार कम्पनीहरूले विभिन्न संकटलाई उपयोग गरी वर्तमान र भविष्यमा नाफा कमाउन चाहन्छन् भन्ने बलियो उदाहरण यसबाट प्रस्तुत भएको छ ।

हतियार उद्योगलाई नाफा दिलाउनका लागि अमेरिकी राष्ट्रपतिले मड्रिडमा चलिरहेको नेटो शिखर सम्मेलनमा नयाँ घोषणा गरेका छन् । अमेरिकाले पूर्वी युरोपमा सैन्य उपस्थिति बढाउने उनको भनाइ छ । रोमानियामा ५ हजार अमेरिकी सैनिक राख्ने कुरा पनि उनले गरे । यससँगै युरोपमा रहने अमेरिकी सैनिकहरूको संख्या एक लाख पुग्नेछ । तिनका लागि आवश्यक हतियार बनाउने ठेक्का तिनै हतियार कम्पनीहरूले पाउने हुन् । 

त्यसैले युक्रेन युद्ध पुराना हतियार तह लगाउने र नयाँ हतियार परीक्षण गर्ने थलो बनेको छ । युद्धले हजारौं सैनिक तथा सर्वसाधारणको ज्यान लिएको भए पनि हतियार उद्योगका लागि नाफा कमाउने राम्रो स्रोत बनेकाले उनीहरू यो युद्ध लम्ब्याइरहन चाहन्छन् । 


Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ७, २०७९

केही विश्लेषकहरूले युक्रेनका विषयमा बेइजिङले मस्कोसँग सम्बन्ध तोड्न खोजेको दाबी गरिरहेका छन् ।  गत जुन महिनामा चीन सरकारले रुससँगको उत्तरपूर्वी सीमामा सैन्य अभ्यास गरेको थियो । त्यतिखेर मस्को युक्रेनमा च...

असोज ९, २०७९

भोलिदेखि बहुसंख्यक नेपालीहरूको मुख्य चाड दशैं शुरू हुँदैछ । दशैंको घटस्थापनासँगै फेस्टिभ मुड शुरू हुन्छ । देशको खस्किँदो अर्थतन्त्र र त्यसले पारेको प्रभावका कारण दशैंको समयमा पनि बजार चलायमान छैनन् । मान...

असोज ४, २०७९

अघिल्लो साता एसिया र युरोपको बीचमा रहेको ककेसस क्षेत्रका दुई मुलुकहरूबीच चलेको युद्धमा लगभग ३०० जनाको ज्यान गएको बताइएको छ । कुनै बेलामा सोभियत संघअन्तर्गत रहेका आर्मेनिया र अजरबैजानबीच छोटो अवधिको लडाइ...

भदौ ३१, २०७९

उतारचढाव व्यहोरेको नेपालको सातौं संसद् (प्रतिनिधिसभा २०७४/२०७९)ले आफ्नो कार्यकाल पूरा गरेको छ ।  कार्यकालबारे स्पष्ट व्यवस्था नभएकाले नयाँ चुनावका लागि समानुपातिक तर्फको बन्दसूची पेश गर्ने अघिल्लो दिन अर्...

असोज ७, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा एमालेबीच गठबन्धनका लागि दुई साताअघि प्रयास भएपनि त्यसमा खासै प्रगति हुन सकेको छैन । गठबन्धनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबी...

असोज २, २०७९

उज्बेकिस्तानको समरकन्दमा शुक्रवार सम्पन्न शांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) शिखरबैठकको साइडलाइनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्ताको एक अंशलाई पश्चिमी सञ्चारमाध्य...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x