×

NMB BANK
NIC ASIA

प्रहरीमा लेखापालको समय थपियो, अब ८ वर्ष लेखापाल हुन पाउने

असार १७, २०७९

NTC
Premier Steels

प्रहरी कार्यविधि संसोधन गरेर लेखापालको समयमा अवधि बढाएर ८ वर्ष पुर्‍याइएको छ । 

Muktinath Bank

यसभन्दा अगाडि नियुक्तीको मितिले ६ वर्षसम्म लेखापाल हुन पाउने व्यवस्था रहेकोमा समयावधि बढाएर ८ वर्ष पुर्‍याइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार कार्यविधि संसोधन भइसकेको छ । तर निर्णय हुन बाँकी रहेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

‘पीसीसीबाट पास भएर आइसकेको छ । त्यसलाई निर्णय गर्न मात्रै बाँकी छ,’ एसएसपी केसीले लोकान्तरसँग भने,‘अब निर्णय हुन मात्रै बाँकी हो, १/२ दिनमा निर्णय हुन्छ ।’ 

Vianet communication

कार्यविधि संशोधन भएर आएपछि मात्र लेखापालहरूको सरुवा हुने उनले बताए । समयमा नै बजेट आउने भएकाले लेखापालको सरुवा चाँडो गर्दा समस्या नहुने एसएसपी केसीले बताए । 

तर नेपाल प्रहरीका लेखापाल (अकाउन्टटेन्)हरूको सरुवा यो आर्थिक बर्षमा पनि समयमा हुन भने सकेको छैन ।  

सामान्यतया असार मसान्त अगाडि नै लेखापालहरूको सरुवा हुने चलन छ । 

आर्थिक वर्ष समाप्तिसँगै नयाँ आर्थिक वर्षमा कार्यालयहरूको लेखा व्यवस्थापनका लागि साउन १ गतेदेखि हाजिर हुने गरि सरुवा हुँदै आएको थियो । 

तर यो वर्ष पनि समयमा लेखापालहरूको सरुवा हुने छाँटकाँट देखिएको छैन । 

अघिल्लो वर्ष सर्वोच्च अदालतले केपी ओलीको सरकारलाई पदच्यूत गरेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गरेपछि सेट भइसकेको लेखापालहरूको सरुवा ५ महिना पछाडि भएको थियो । 

तत्कालीन आईजीपी शैलेश थापा क्षेत्रीले लेखापाल रहने सबै प्रहरी युनिटहरूमा पत्र लेखेपछि प्रहरीले तलब खाएका थिए । अहिले पनि अघिल्लो वर्षकै अवस्था आएको छ ।  

यो वर्ष भने राजनीतिक पहुँचवाला लेखापालले आफू अनुकुल जानको लागि दबाव दिएपछि लेखापालको सरुवा समयमै हुन नसकेको प्रहरी प्रधान कार्यालय स्रोतले लोकान्तरलाई बतायो ।

अघिल्लो वर्ष कार्यविधि परिर्वतन गरेर लेखापालको सरुवा गर्ने भन्दै लामो समय सरुवा भएको थिएन । 

यसपालि पनि प्रहरी प्रधान कार्यालयले लेखापालहरूको कार्यविधि संसोधन गरेर सरुवा गर्ने भन्दै विलम्ब गरिरहेको छ ।

प्रहरी लेखापालमा ६ वर्ष हुन पाउने व्यवस्था छ । एक जना लेखापाल ६ वर्ष लेखापाल हुन पाउँदैन । तिनीहरू स्वतः लेखापालबाट मुक्त हुने व्यवस्था छ र उनीहरूको ठाउँमा नयाँ तालिम लिएका लेखापालहरू आउने गर्दछन् ।  

पछिल्लो समयमा प्रहरीमा राजनीतिक हस्तक्षेप भएको भन्दै आलोचना बढेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x