साउन ३१, २०७९
प्रहरीले इन्टरपोलको सहयोगमा हत्यामा संलग्न एक व्यक्तिलाई १६ वर्षपछि कतारबाट पक्राउ गरेर ल्याएको छ । प्रहरीले उनी दोलखा बैतेश्वर गाउँपालिका–२ टारका ३६ वर्षीय रामकुमार मगरलाई नेपाल ल्याएको हो । उपत्...
काठमाडाैं | असार २३, २०७९
काठमाडौं उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर)को सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने प्रस्ताव गरिएको छ।
नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेशको पनि भूमिका रहने गरी बुँदा थप गरेर अघि बढाउने निष्कर्ष निकालेको हो।
संशोधनका लागि ल्याइएको विधेयकको दफा १० मा उपत्यकामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत नेपाल प्रहरीले गर्नेछ भनी थप गरिएको छ। यस्तै उपदफा २ मा उक्त प्रयोजनका लागि नेपाल प्रहरीबाट सम्पादन हुने कामका लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा नेपाल प्रहरीअन्तर्गतका प्रहरी कार्यालय रहने छन् भन्ने व्यवस्था राखिएको थियो।
उक्त व्यवस्थाले प्रदेश प्रहरीको भूमिका खुम्च्याएको र संविधानको अनुसूचीविपरीत हुने भनी समितिका सदस्यहरूबाट संशोधन प्रस्ताव आएको थियो। गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डे उपस्थित समितिको बिहीवारको बैठकले उपत्यकाको सुरक्षाका सन्दर्भमा आएको संशोधन प्रस्तावको उक्त दफामा प्रदेश प्रहरीसँगको समन्वय रहने गरी बुँदा थप गरेर पास गर्ने गरी सहमति जुटेको समितिका सचिव बबिता मिश्रले जानकारी दिइन्।
उनका अनुसार दफा २ मा अध्ययागमनसम्बन्धी कसुरको अनुसन्धान नेपाल प्रहरीले नै अनुसन्धान गर्ने कुरालाई यथावत राखिएको छ। गृहमन्त्री खाणले उक्त संशोधन विधेयक गत जेठ २९ गते सदनमा दर्ता गरेका थिए। अहिले राज्यव्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि छलफल जारी छ।
छलफलमा नेकपा माओवादी केन्द्रका सांसदहरूले प्रदेश प्रहरीको भूमिका काटिँदा संविधानविपरीत हुने भएकाले प्रदेशको भूमिका पनि रहनुपर्ने अडान राखेका थिए।
तर, नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले भने उपत्यकाको सुरक्षाको जिम्मा नेपाल प्रहरीले नै गर्नुपर्ने अडान राख्दै आएका थिए।
बैठकमा सबै सांसदहरुको धारणा आएपछि गृहसचिव पाण्डेले प्रदेशको पनि समन्वय रहने गरी बुँदा थप गरेर अघि बढाउने जानकारी गराएका थिए। यसपछि समितिका सभापति मुकुन्द न्यौपानेले सोहीअनुसार बुँदा थप गरेर विधेयक अघि बढाइने कुरा समितिबाट पास भएको जानकारी गराए। रासस
प्रहरीले इन्टरपोलको सहयोगमा हत्यामा संलग्न एक व्यक्तिलाई १६ वर्षपछि कतारबाट पक्राउ गरेर ल्याएको छ । प्रहरीले उनी दोलखा बैतेश्वर गाउँपालिका–२ टारका ३६ वर्षीय रामकुमार मगरलाई नेपाल ल्याएको हो । उपत्...
सर्लाहीको बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु ३६ लाख नगद र गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प...
पसलको भवन फोडेर लाखौँका सामान चोरी गर्ने दुई जना पक्राउ परेका छन् । बर्दिबास–१४ स्थित दिनेश कृषि इञ्जीनियरिङ वर्कसपका सामान चोरी गर्ने बर्दिबास–१४ का २१ वर्षीय नवीन जर्घामगर र २४ वर्षीय...
निहारिका राजपुत प्रकरणमा मुछिएका शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको हो । निहारिकाले आफू बलात्कृत भएको र त्यसमा श्रेष्ठ संलग्न रहेको भन्दै न्यायका लागि निरन्त...
म्याग्दीका श्याम नेपाली (नाम परिवर्तन) २०७८ वैशाखको पहिलो साता अमेरिका जाने उद्देश्यले संयुक्त अरब ईमिरेट्स (यूएई) को दुबई शहरका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे । उनी नेपालको विमानस्थलबाट ...
बुटवलको एक होटलमा महिला र पुरूष मृत अवस्थामा फेला परेका छन् । बुटवल–२ फूलबारी नजिकैको कारीकोट होटलमा धादिङका युवा र दाङकी युवती एउटै कोठामा मृत भेटिएका हुन् । प्रहरीले उनीहरूले आत्महत्या गरेक...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...