×

NMB BANK
NIC ASIA

उद्यम

इन्जिनीयरबाट किसानमा बदलिएका बाशु, स्वदेशमै मनग्यै कमाइ

असार २५, २०७९

NTC
Premier Steels

रूपन्देहीको तिलोत्तमाका युवा बाशु भुसालले ‘लेखपढ गरे सरकारी जागिर, नपढे घरकै गोठालो’ भन्ने आमनेपाली लोकोक्तिलाई चुनौती दिएका छन् ।

Muktinath Bank

पढाइले इलेक्ट्रिकल इन्जिनीयर भुसाल छोटो समयमा रूपन्देहीका सफल पशुपालक कृषक कहलिएका छन् । उनका पाइला अहिले अरूले पनि पछ्याउन थालेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारमा भुसालको निकै व्यवस्थित पशुपालन फर्म छ । उनको फर्मको नाम कामधेनु क्याटल ब्रिडिङ एण्ड रिसर्च सेन्टर हो । ४ वर्षअघि शुरू गरेको भुसालको फर्ममा १०५ वटा दुधालु गाईभैसी छन् । दूध बिक्रीबाट अहिले भुसालले मासिक १५ लाख रूपैयाँ कमाइ गर्छन्, जसमध्येबाट सबै खर्च कटाएर ७ लाख ५० हजार रूपैयाँ बचत गर्न थालेका छन् ।


Advertisment
Nabil box
Kumari

अर्घाखाँचीको भूमिकास्थान–१ ढाकावाङमा जन्मिएका भुसालले इलेक्ट्रिक इन्जिनीयर पढे । उनमा इन्जिनीयर बन्ने ठूलो रुचि पनि थियो । अध्ययन सकेर डेढ दशक इलेक्ट्रिक इन्जिनीयर बनेर जागिर जीवन पनि बिताए ।

Vianet communication

जब जागिर जीवनभन्दा आफैंले केही उद्यम गर्ने सोचले उनलाई जित्दै जान थाल्यो, अनि १ दिन निचोडमा पुगे – अब अरूको जागिर गर्नुभन्दा आफ्नै नंग्रा खियाउँछु । त्यसपछि उनी सम्भावनाको खोजीका लागि ‘रिसर्च’ गर्न थाले । 

झण्डै ६ महिनाको रिसर्च/अध्ययन गर्दै नेपाल र भारतका विभिन्न व्यावसायिक पशुपालन केन्द्रमा पुगेर गाईभैंसी पालनका विभिन्न सम्भावना खोजे । उनको अध्ययनले नेपालमा पशुपालनको ठूलो सम्भावना देख्यो अनि पूर्णकालीन इलेक्ट्रिकल इन्जिनीयरको जागिरबाट विश्राम लिँदै बाशुले पशुपालक बन्ने सुर कसे ।

‘मेहनतका साथ काम गर्ने हो भने मासिक ५० हजार रूपैयाँ कमाउन सरकारी जागिर र नेपाल छाडेर अर्काको देशमा गएर भौंतारिनु पर्दैन,’ बाशु भन्छन्, ‘दूधका लागि पशुपालन राम्रो विकल्प हो । पशु कर्मले मलाई सफलतातर्फ डोर्‍याएको छ । इन्जिनीयरको जागिरभन्दा राम्रो आम्दानी गरेको छु ।’ उनी रोजगारीका लागि विदेश जाने युवा देख्दा खिन्न हुन्छन् । 

१० गाईसहित ४० लाख रुपैयाँको लगानीबाट भुसालले शुरू गरेको रिसर्च सेन्टर अहिले अनुसन्धान केन्द्रको रूपमा अगाडि बढेको छ । विक्रम संवत् २०७६ सालबाट सञ्चानलमा आएको रिसर्च सेन्टरमा अहिले १०५ वटा गाईभैंसी छन् । बाशुले व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी त गरेका छन् नै, धेरैलाई काम गर्ने प्रेरणा समेत दिएका छन् ।

रिसर्च सेन्टर स्थापनाको छोटो समयमै उनले राम्रो आम्दानी लिन थालेका छन् ।

अहिले फार्ममा दैनिक १ हजार १०० लिटर दूध उत्पादन हुँदै आएको छ । उनलाई दूध बिक्रीको कुनै समस्या छैन, बजारको अभाव छैन । ग्राहक/डेरीवालाले फार्ममै आएर सबै दूध संकलन गरी लैजाने गरेका छन् । भैरहवाकै ठूलो पवन मिष्ठान्न भण्डार, बुटवलको पवित्रा डेरी र अन्य स्थानीय डेरीमा दूध खपत हुँदै आएको छ । 

बाशुको फार्ममा रहेका उन्नत जात (होलिस्टिन) एउटा गाईले दैनिक ६५ लिटरसम्म दूध दिँदै आएको छ । फार्ममा मुर्रा जातका भैंसी र होलिस्टिन जातका गाई छन् । फार्ममा ८ जना कामदारलाई प्रत्यक्ष रूपमा रोजगार दिएका छन् बाशुले ।

कामदार सबै भारतीय नागरिक छन् । उनी भन्छन्, ‘नेपालीले यहाँ काम नै गर्न चाहँदैनन् । मेरा कामदार सबै भारतीय हुन् । नेपालीहरू विदेशमा गएर जे काम गर्न पनि तयार हुन्छन्, आफ्नो देशमा गर्न लजाउँछन् ।’ सबेरै र साँझ नछिप्पिँदै कामदारसँगै भुसाललाई गाईभैंसी दुहुन, स्याहार गर्न भ्याइँनभ्याइँ हुन्छ ।

फार्मको ५ विगाहा क्षेत्रफल जग्गामध्ये उनले २ विगाहा फार्म निर्माण गरेका छन् भने ३ बिगाहामा घाँस खेती गरिएको छ । गाईभैंसी पालनसँगै अनिवार्य रूपमा जोडिएको विषय हो घाँस उत्पादन । पशुपालनसँगै उनले घाँस खेती शुरू गरेका छन् ।

पशुपालनले व्यापकता पाएका ठाउँमा घाँस खेतीको क्रान्ति नै भएको छ । गाईपालक किसानले व्यावसायिक घाँस खेती गरिरहेका व्यक्ति वा फार्मबाट घाँस किनेर गाईलाई खुवाउने गर्छन् ।

गाईलाई दाना र साइलेज बढी मात्रामा प्रदान गर्दै आएकोमा भैंसीलाई घाँस खेतीमा आधारित रहेर पालन गर्दै आएका छन् । हालसम्म फार्ममा झण्डै आधा करोड रूपैयाँ लगानी पुगेको छ । बाशुले अझै ९५ गाईभैंसी थपेर २०० पुर्‍याउने योजना बनाएका छन् । 

थप गाईभैंसी फार्ममा ल्याउँदा पनि खर्च उहीँ नै हुने भएकाले ९५ पशु थप्ने योजना उनले सुनाए । ९५ गाईभैंसी थप हुँदा फार्ममा दैनिक ३ हजार लिटर दूध उत्पादन हुने उनको भनाइ छ । त्यति मात्र होइन, फार्मलाई रिसर्च सेन्टरको रूपमा विकास गर्दै पशुपालन गर्न चाहने कृषकका लागि अध्ययनको थलो बनाउने उनको योजना छ । निकट भविष्यमा गाईको गोबरबाट ग्याँस प्लान्ट समेत सञ्चालन गर्ने तयारी बाशुको छ । 

यससँगै उनले सुपादेउराली ड्रिलिङ एण्ड कन्स्ट्रक्सन प्रालि र राजश्री ड्रिलिङ एण्ड कन्स्ट्रक्सन सप्लायर्स प्रालि समेत सञ्चालन गर्दै आएका छन् । उनी जमिनमुनिको पानी निकाल्ने प्राविधि ‘ड्रिलिङ’को काम समेत गर्छन् । उनी भन्छन्, ‘जे जस्तो काम गरे पनि पशुपालन नै ठीक ! मलाई सबैथोक यहीँ, अमेरिका यहीँ, जापान पनि यहीँ, कोरिया नि यहीँ ।’

भुसालको सरकारप्रति कुनै गुनासो छैन । काम गर्ने शैली फरक मात्र हुँदा पनि व्यावसायिक सफलता प्राप्त गर्न सकिने उनले बताए ।

‘मेहनत, परिश्रम, खटाइ पशुपालनमा धेरै छ । सरकारले किसानलाई केही योजना दिएन भन्नुको खासै अर्थ छैन, बेकार हो । कर्म गरेपछि सफलता आफैं मिल्दै जान्छ । कसैको आशमा बसेर व्यर्थमा टाउको किन दुखाउनु ?’ उनी भन्छन् ।

उनले पशुपालनबाटै आएको मल पनि कृषि बाली उत्पादनका लागि बेच्ने तयारी गरेका छन् । गाईवस्तुको मल कृषि बालीका लागि अत्यन्तै लाभदायक मानिन्छ । यसमा पनि गाईको मल अझ रोजाइमा पर्छ । गाईको मल प्रयोग गर्दा मात्रा घटबढले बालीनालीलाई नोक्सान नगर्ने कृषि क्षेत्रका जानकारहरू बताउँदै आएका भुसालले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x