×

NMB BANK
NIC ASIA

एम अधिकारी प्रकरण

एमाले नेताहरू पछाडि लागेपछि मनोजले छाडे विराटनगर, जसरी पनि एम अधिकारी खोज्न केन्द्रको दबाब !

'खोटाङ हैन, धनकुटाको साविक मूर्तिढुंगा हो मनोजको पहाड घर'

असार ३१, २०७९

NTC
Premier Steels

नक्कली एम अधिकारी बनाउन खोजिएका सीए मनोज अधिकारी बिहीवारदेखि नै सम्पर्कविहीन भएपछि मोरङका एमाले नेताहरू तनावमा छन् ।

Muktinath Bank

एकातिर केन्द्रको प्रेसर, अर्कातिर मनोजसँग सम्पर्क हुन नसक्दा तनाव भएको एमाले मोरङका एक नेताले लोकान्तरसँग स्वीकारे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्रोतका अनुसार नेताहरू एमबाट नाम आउने अधिकारी थरका अन्य व्यक्ति कोही छ कि भनेर पनि खोजीमा लागेका छन् । तर, अहिलेसम्म अर्को कुनै पनि व्यक्ति एम अधिकारी बन्न तयार भएको छैन ।


Advertisment
Nabil box
Kumari

तर, एमालेका विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा भने अर्को एम अधिकारी खोजिँदै भन्ने कुरामा सत्यता नरहेको दाबी गर्छन् ।

Vianet communication

मनोज सम्पर्कविहीन भएपछि नयाँ एम अधिकारी खोज्न थाल्नुभएको हो ? भन्ने लोकान्तरको प्रश्नमा थापाले भने, ‘कहाँ हुनु, प्रतिक्रियावादीहरूको हल्ला मात्र हो । उहाँलाई हामी भोलिसम्ममा खोजेर सार्वजनिक गर्छौं । मनोज अधिकारी भन्थे, तर नाम ‘एम’ रहेछ । यहीँ विराटनगरको पुष्पलाल चोक हो घर ।’

उनले थपे, ‘मान्छे नै लापता छ, स्वीच अफ गरेर बसेको छ त्यो भाइ । सकेसम्म उसलाई खोजेर सार्वजनिक गर्ने प्रयासमा छौं ।’

थापाले मनोजको पुर्ख्यौली घर खोटाङ भएको दाबी गरे । तर, लोकान्तरले बिहीवार सार्वजनिक गरेको नागरिकतामा उनको जन्मस्थान धनकुटाको साविक मूर्तिढुंगा गाविस वडा नम्बर २ भएको उल्लेख छ ।

त्यसो त केन्द्रीय कार्यालयबाटै विभिन्न मिडियामा एम अधिकारी भनेको सीए मनोज अधिकारी नै हो भन्ने औपचारिक ‘कोट’ नै दिइएकाले अर्को व्यक्ति खोजेर सार्वजनिक गरिहाल्न पनि मुस्किल परेको छ ।

सोही अप्ठ्यारोका कारण सकेसम्म मनोजलाई नै भेटेर कन्भिन्स गर्ने प्रयासमा नेताहरू रहेको स्रोतले बतायो ।

लोकान्तरकर्मी शुक्रवार विराटनगरस्थित मनोजको घर र कार्यालयमा पुग्दा दुवै ठाउँमा उनी भेटिएनन् । बिहीवारदेखि नै अफ भएको उनको फोनमा अझै सम्पर्क हुन सकेको छैन ।

उनी अहिले विराटनगरमा नरहेको विश्वस्त स्रोतले लोकान्तरलाई जानकारी दियो । (स्रोतले उनी रहेको लोकेसन समेत बताए पनि उनी आफैं सम्पर्कमा आउन नचाहेकाले सार्वजनिक गरिएको छैन ।)

स्रोतका अनुसार शुरूमा ठिकै छ नि भनेर एम अधिकारी बनिदिन तयार भएका मनोज अहिले एमाले नेताहरूसँग सम्पर्कमा आउन चाहेका छैनन् ।

अनावश्यक झमेलामा फसिने र हुँदा खाँदाको करीयर पनि जोखिममा पर्ने चिन्ताका कारण उनी सम्पर्कविहीन भएको स्रोतको दाबी छ ।

त्यसो त मनोज विराटनगरमा रहेर आफ्नै पहिचान बनाउँदै गरेका व्यक्ति हुन् । नक्कली एम अधिकारी नबन्दा पनि भविष्यमा आफ्नै पहिचान बनाउन सक्षम व्यक्ति पनि हुन् ।

एमालेले अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारी भन्ने नाम राखेपछि उक्त व्यक्ति राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएको आशंका व्याप्त छ ।
 
राष्ट्र बैंकको गभर्नर कुनै पनि दलको सदस्य समेत बन्न नपाउने कानूनी व्यवस्थाविपरीत केन्द्रीय विभागको नै सदस्य बनेको भन्दै सडकदेखि सदनसम्म उनको राजीनामा मागिएको छ ।

अर्को एम अधिकारी खोजेर विश्वसनीय आधार दिन नसकेमा गर्भनरको पद नै धरापमा पर्ने पक्का छ । सोही कारण एमालेले मोरङका जिल्ला नेताहरूलाई निरन्तर दबाब दिइरहेको स्रोतको दाबी छ ।

शुरूमा ‘ट्रायल’का रूपमा मनोजको नाम मिडियामा चुहाइएको थियो ।

लोकान्तरमा तत्कालै नागरिकतासहितको विवरण सार्वजनिक नभएको भए आजसम्ममा पार्टीले विज्ञप्ति नै निकालेर एम अधिकारीका रूपमा मनोजको परिचय सार्वजनिक गर्ने तयारी रहेको एक नेताले स्वीकारे ।


यो प्रकरण थप गिजोलिँदै जाँदा गभर्नर अधिकारी भने थप अप्ठ्यारोमा परेका छन् । एमालेले विश्वसनीय प्रमाणसहित एम अधिकारी सार्वजनिक गर्न नसकेको खण्डमा राजीनामाका लागि उनीमाथि दबाब बढ्ने छ ।

अधिकारीका विषयमा सत्ता गठबन्धनमा समेत कुरा उठिसकेकाले सहजै राजीनामा नदिएमा निलम्बन गरेर छानबिन अगाडि बढाउनुपर्ने दबाब प्रधानमन्त्री देउवामाथि पनि छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x