×

NMB BANK
NIC ASIA

एमाले र माओवादीबीच एकता गरौँ : नारायणकाजी श्रेष्ठ

असार ३२, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेसँग एकताको प्रस्ताव गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी एक कार्यक्रममा उनले एमालेसँग एकताको प्रस्ताव गरेका हुन् । 

Muktinath Bank

नेता श्रेष्ठले पार्टी एकता सम्भव नभएमा आगामी निर्वाचनमा दुई पार्टीबीच चुनावी तालमेल गर्नुपर्ने बताएका छन् । नेपाल चीन मैत्री समाजले शनिवार ‘नेपालको भूराजनीतिक अवस्था’को बारेमा आयोजना गरेको कार्यक्रममा उनले वामपन्थी एकता र कमसेकम तालमेल तथा संयुक्त मोर्चातर्फ जानैपर्ने बताए । वाम पार्टीहरु बीचमा मोर्चा बनेमात्र देश जोगिने उनको तर्क छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले र माओवादी केन्द्रबीच अघिल्लो निर्वाचनमा तालमेल भएको थियो । त्यसपछि दुई दलबीच एकता भई नेकपा गठन भएको थियो । तर, एमाले र माओवादी केन्द्रको एकता सर्वोच्च अदालतले भंग गरिदिएको थियो । उनले नेकपा एकता जोगाउन नसकेकोमा आफू पनि भागीदार रहेको भन्दै आत्मालोचनासमेत गरे । ‘कमरेड केपी ओली यही हुनुहुन्छ । सबैसँग विनम्रतापूर्वक आग्रह गर्छु । तुम शेर तो हम सवा शेर भन्ने छाडौँ’ उनले भने, ‘घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गरौँ ।’  


Advertisment
Nabil box
Kumari

उनले ओलीले गरेको प्रतिनिधिसभा विघटनको घटनाप्रति भने असहमति प्रकट गरेका छन् । उनले आत्मालोचित हुँदै भने, ‘१९ बुँदे आरोप पत्रमा के भएको हो ? क–कसको के भूमिका थियो, समीक्षा गरौँला । तर, अहिले एकता नहोला तालमेल गरेर जाऔँ ।’

Vianet communication

चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिऔँ

अमेरिकाले भने नेपाली भूमि वा राजनीतिलाई प्रयोग गरेर चीनलाई कमजोर पार्न खोजेको श्रेष्ठले बताएका छन् । पछिल्लो समय नेपाल मामलामा अमेरिका र चीनबीच दोहोरी चलिरहेका बेला माओवादी केन्द्रका प्रभावशाली नेता श्रेष्ठले नेपाली भूमि प्रयोग गरेर चीनलाई कमजोर बनाउने अमेरिकाको स्वार्थ प्रष्टै भएको बताएका छन् । 

‘अहिलेको विश्व परिवेशमा आफ्नो खस्किँदै गरेको महाशक्ति भूमिकालाई कायम राख्न चीनलाई कमजोर पार्न नेपालको भूमि र नेपालको राजनीतिलाई कमजोर पार्न चाहन्छ,’ उनले भने । उनले अमेरिकाले नेपालको वामपन्थी आन्दोलनलाई क्षतविक्षत बनाउन चाहेको पनि बताएका छन् । 

अहिले नेपालले परराष्ट्र नीतिका सन्दर्भमा सन्तुलित नीति लिन नसकेको पनि उनको आरोप छ । नेपालको परराष्ट्र नीति असंलग्न नीति भए पनि नेपाल कतै यो नीतिबाट विचलित त भइरहेको छैन भन्ने प्रश्न उठेको बताएका छन् । पछिल्लो पटक रुस र युक्रेनको युद्धका सन्दर्भमा नेपालले युक्रेनको पक्ष लिएको भन्दै नेपालको परराष्ट्र नीतिका सन्दर्भमा मुलुकभित्रै र बाहिर समेत प्रश्न उठिरहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x