×

NMB BANK
NIC ASIA

इम्बोस्ड नम्बर प्लेटबारे एक दुई दिनमा नै सुखद् समाचार सुन्नपाउनु हुनेछ– यातायात मन्त्री

साउन ३, २०७९

NTC
Premier Steels

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले इम्बोस्ड नम्बर प्लेटबारे एक–दुई दिनभित्रै सुखद् समाचार सुन्न पाइने बताएका छन् । मंगलवार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले इम्बोस्ड नम्बर प्लेटबारे नयाँ निर्णय गर्न लागिएको खुलासा गरेका हुन् । 

Muktinath Bank

इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा लेखिनुपर्ने माग उठिरहेका बेला मन्त्री राईले इम्बोस्ड नम्बर नेपाली भाषामा लेख्न दिइने संकेत गरेका हुन् । ‘इम्बोस्ट नम्बर प्लेटको एक दुई दिनमा नै सुखद् समाचार सुन्न पाउनु हुनेछ,’ उनले भने, ‘त्यसको औचित्यतामा नेपालीहरूले गौरव गर्नसक्ने केही कुराहरु रिपोर्ट आएपछि कार्यान्वयन गर्ने कुरा जानकारी गराउँछौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताएका छन् । उनले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ट नम्बर प्लेटबारे अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदन केही दिनमा नै आउने बताउँदै त्यसपछि स्मार्ट लाइसेन्स प्रदेशस्तरमै छपाइको व्यवस्था गरिने बताए । 


Advertisment
Nabil box
Kumari

उनले समितिको प्रतिवेदन आएपछि स्मार्ट ड्राइभिङ लाइसेन्सको समस्या समाधानका लागि प्रदेशस्तरमै मेसिन राखेर लाइसेन्स छाप्ने व्यवस्था गर्ने बताए । उक्त व्यवस्थापछि लामो समयसम्म लाइसेन्स कुर्नुपर्ने अवस्थाको अन्त्य हुने मन्त्री राईको दाबी छ । उनले लाइसेन्सको परीक्षामा पास भएको दिन वा दोस्रो दिन नै स्मार्ट लाइसेन्स पाउने व्यवस्था गरिने बताए । 

Vianet communication

मन्त्री राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सक्कली वा नक्कली हो भनी परीक्षण गर्ने मेसिन प्रत्येक ट्राफिक प्रहरीको हातमा उपलब्ध गराइने बताएका छन् । उनले ट्राफिक जरिबाना अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याइने पनि बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x