×

NMB BANK
NIC ASIA

उद्योगमा लगानीः ६२ वर्षमा २६ खर्ब बढीको प्रस्ताव

साउन ५, २०७९

NTC
Premier Steels

पछिल्लो छ दशकमा मात्रै मुलुकको उद्योग क्षेत्रमा रु २६ खर्ब बढी लगानी भएको पाइएको छ । यसबाट उद्योग क्षेत्रको विकासका सरकारले विशेष गरी ध्यान केन्द्रित गरेको र लगानीकर्ताले पनि लगानीको मात्रामा क्रमशः वृद्धि गर्दै गएको देखिन्छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ सम्म उद्योग (विभिन्न क्षेत्रका उद्योगमा) मात्रै रु २६ खर्ब २७ अर्ब बढीको लगानी प्रस्ताव आएको छ ।

Muktinath Bank

नेपालमा विशेष गरी आर्थिक वर्ष २०१७/०१८ सालदेखि २०७८/०७९ सम्म आठ हजार ७६४ उद्योगका लागि उक्त परिमाणको लगानी प्रस्ताव आएको हो । तथ्यांकअनुसार हालसम्म दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानीको प्रस्ताव साना उद्योगमा रहेको छ । विवरणअनुसार साना उद्योग पाँच हजार ४४२, मझौला उद्योग दुई हजार १७ र ठूला उद्योग एक हजार ३०५ दर्ता भएका छन् । तथ्यांकअनुसार हालसम्म दर्ता भएका उद्योगले छ लाख ५७ हजार ५०७ लाई रोजगारी दिने उल्लेख गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक वर्षमै थपियो एक खर्ब ८७ अर्ब


Advertisment
Nabil box
Kumari

कोरोना महामारीपछि विस्तारै स्वदेशी तथा विदेशी लगानीका उद्योगमा प्रतिबद्धता आउने क्रममा वृद्धि हुन थालेको विभागका सम्बद्ध अधिकारीको भनाइ छ । विभागका सूचना अधिकारी पूर्णिमा उपाध्यायले कोरोना पछि उद्योगको संख्यासँगै लगानीमा समेत वृद्धि हुन थालेको जानकारी दिए । उनका अनुसार गत आव २०७७/०७८ को तुलनामा २०७८/०७९ मा स्वदेशी लगानीका उद्योगमा मात्रै रु दुई खर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ ।

Vianet communication

आव २०७७/०७८ मा २०३ उद्योगका लागि रु एक खर्ब ५६ अर्ब बढीको लगानी प्रस्ताव आएकोमा गत आव २०७८/०७९ मा रु तीन खर्ब ४३ अर्ब ५५ करोड बढीको लगानी प्रस्ताव आएको छ । एक वर्षको अवधिमा रु एक खर्ब ८७ अर्ब बढीको लगानी प्रस्ताव आएको हो ।

गत आव २०७८/०७९ मा ३०९ वटा उद्योग दर्ता भएकामा ९१ वटा ठूला उद्योग, १०८ वटा मझौला र ११० वटा साना उद्योगमा दर्ता भएका छन् । गत आव २०७७÷०७८ मा २०३ वटा उद्योग दर्ता भएका थिए ।

बढ्यो विदेशी लगानी

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशी लगानी प्रतिबद्धतामा समेत वृद्धि भएको छ । एक वर्षको अवधिमा विदेशी लगानीका उद्योगमा रु २२ अर्ब आठ करोड बराबरको लगानी प्रतिबद्धता थपिएको हो ।

आव २०७८/०७९ को एक वर्षको अवधिमा २९५ विदेशी लगानीका उद्योगमा रु ५४ अर्ब १५ करोड बढीको लगानी प्रतिबद्धता आएकोे छ । आव २०७७/०७८ मा १८४ उद्योगका लागि रु ३२ अर्ब सात करोड बराबरको लगानी प्रतिबद्धता आएको थियो । उद्योग विभाग स्थापना भएदेखि हालसम्म रु चार खर्ब १९ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x