×

NMB BANK
NIC ASIA

मौद्रिक नीतिको तयारी

तयारी अवस्थामा मौद्रिक नीति: अर्थमन्त्री कुर्ने कि पहिल्यै सार्वजनिक गर्ने भन्नेमा अन्योल

साउन ५, २०७९

NTC
Premier Steels

नेपाल राष्ट्र बैंक चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउने अन्तिम तयारीमा जुटेको छ । 

Muktinath Bank

बर्सेनि १५ जेठमा बजेट आएपछि राष्ट्र बैंकले बजेट कार्यान्वयनमा सहज होस् भनेर आर्थिक वर्ष शुरू भएकै पहिलो साता मौद्रिक नीति ल्याउने प्रचलन छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकले चालू आवका लागि साउन पहिलो साता नै मौद्रिक नीति ल्याउने तयारी गरेको छ । 


Advertisment
Nabil box
Kumari

मौद्रिक नीति ल्याउन अर्थ मन्त्रालयसँग समन्वय हुनुपर्ने हुन्छ । यसपटक अर्थ मन्त्रालय विभागीय मन्त्रीविहीन छ । अहिले अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हालेका छन् । 

Vianet communication

प्रधानमन्त्रीसँग ब्रिफिङ गर्ने र अगाडि बढ्ने संकेत पाए मौद्रिक नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले तयारी गरिरहेको छ । राष्ट्र बैंकका एक कार्यकारी निर्देशकका अनुसार गभर्नरको अध्यक्षताको राष्ट्र बैंक व्यवस्थापन समितिले आवश्यक छलफल गरेर मौद्रिक नीतिको मस्यौदा तयार पारेको छ । 

उक्त मस्यौदा व्यवस्थापन समितिबाट टुंगो लागेको भएपनि अर्थ मन्त्रीलाई आवश्यक ब्रिफिङ गरेर मात्रै राष्ट्र बैंक सञ्चालक समितिमा पेश हुन्छ ।

मौद्रिक नीतिको विषयमा आज वा भोलि नै प्रधानमन्त्रीलाई जानकारी गराउने गरी तयारी अवस्थामा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी लागिपरेका छन् । उनले बिहीवार नै प्रधानमन्त्रीलाई मौद्रिक नीतिको ब्रिफिङ गर्न चाहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । 

गभर्नर अधिकारीले एमालेको अर्थ तथा योजना विभागमा रहेर एम अधिकारीका नामले राजनीति गरिरहेको सार्वजनिक भएपछि चरम विवादमा छन् । बजेटमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि अर्थमन्त्रीले राजीनामा दिएका छन् ।

साउन पहिलो साता मौद्रिक नीति आउने विगतकै अभ्यास अनुसार राष्ट्र बैंक तयारी अवस्थामा बसेको छ । प्रधानमन्त्रीले अगाडि बढ्ने संकेत गरेको अवस्थामा आजै वा भोलि नै राष्ट्र बैंकले सञ्चालक समितिको बैठक बोलाएर मौद्रिक नीति स्वीकृत गर्न सक्छ ।

संसदीय छानबिन समितिले छानबिन गरिरहे पनि निवर्तमान अर्थमन्त्री शर्माविरुद्ध ठोस प्रमाण फेला पार्न सकेको छैन । आरोप पुष्टि हुन नसकेमा क्लिन चीट पाएर शर्मा नै अर्थमन्त्रीका रूपमा फर्किने सम्भावना पनि छ ।

अर्थमन्त्री छिटो नियुक्त हुने अवस्था भए मौद्रिक नीतिलाई केही दिन पर्खने रणनीति लिनुपर्ने आवाज पनि उठिरहेको छ । तर, गभर्नर नै विवादमा परेकाले मौद्रिक नीति ल्याइहाल्ने र त्यसपछि राजीनामा दिने कि नदिने भन्ने विषयलाई टुंग्याउने मनसाय अधिकारीले व्यक्त गर्ने गरेको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

गभर्नरले छिटो मौद्रिक नीति सार्वजनिक गरिहाल्ने आशय देखाएको भएपनि ‘प्रधामन्त्रीलाई भेट्ने र मौद्रिक नीतिको बारेमा ब्रिफिङ गर्ने तालिका बिहीवारका लागि तय भएको छैन’, प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने ।

गभर्नरले प्रधानमन्त्री भेट्न चाहने र मौद्रिक नीतिको जानकारी दिने विषयमा बाहिर हल्ला भएको भएपनि अहिलेसम्म आफ्नो जानकारीमा नआएको परियारले बताए । गभर्नरले प्रधानमन्त्री भेट्न चाहे तत्काल समय व्यवस्थापन गर्न सकिने उनले बताए ।

साउन पहिलो साता मौद्रिक नीति आउने विगतकै अभ्यास अनुसार राष्ट्र बैंक तयारी अवस्थामा बसेको छ । प्रधानमन्त्रीले अगाडि बढ्ने संकेत गरेको अवस्थामा आजै वा भोलि नै राष्ट्र बैंकले सञ्चालक समितिको बैठक बोलाएर मौद्रिक नीति स्वीकृत गर्न सक्छ । बोर्डले स्वीकृत गरेपछि तत्कालै सार्वजनिक गर्न सकिन्छ ।

मौद्रिक नीतिमै रहेर बैंकहरूले योजना बनाउने, ऋण विस्तार गर्ने, निक्षेप संकलनको रणनीति बनाउनेदेखि अन्य सेवा सुविधा र कडाइको व्यवस्थाको पालना गर्नुपर्छ ।

अर्थतन्त्र सुधार्न कसिलो नीति आउने

राष्ट्र बैंक स्रोतका अनुसार अहिलेको संकटोन्मुख अर्थतन्त्र सुधार्न कसिलो मौद्रिक नीति ल्याउने तयारी छ ।

आयात निरुत्साहन गर्ने, बैंक दर परिवर्तन हुने, ब्याजदर बढ्ने, बैंकहरूको अनिवार्य नगद मौज्दात (सीआरआर), स्थायी तरलता अनुपात (एसएलएफ)को दायरा परिवर्तन र बैंकहरूको कर्जा विस्तारमा अंकुशसहितका प्रावधान राखेर यो वर्षको मौद्रिक नीति आउन सक्छ ।

विगत दुई आर्थिक वर्षदेखि दिएको महामारीपछिको अर्थतन्त्र पुनरुत्थानको सुविधा यसपटक काटिने भएको छ ।

राष्ट्र बैंकले महामारीपछि दिएको पुनरकर्जा, विशेष पुनरकर्जा तथा सहुलियत कर्जा मात्र व्यावसायिक क्षेत्रलाई सहजीकरण गरेको थियो ।

राष्ट्र बैंकले दिएको स्रोतको दुरूपयोग भएको पुनरकर्जासहितका व्यवस्थामा सम्बोधन नहुने भएको छ । तर, यो वर्ष साना ऋणीलाई मार नपर्ने विषयमा केही व्यवस्था भने हुने सम्भावना छ ।

आन्तरिक उत्पादन नहुँदा र उत्पादन हुनसक्ने वस्तुप्रतिको बेवास्ताले गत जेठसम्ममा १७ खर्ब ६३ अर्ब रुपैयाँको आयात भएको छ ।

यस्तो आयात गत वर्षको बजेटको आकार (१६ खर्ब ३२ अर्ब) भन्दा १ खर्ब ३१ अर्ब रुपैयाँले बढी हो ।  

गत वर्षको ११ महिनामा भएको आयात चालू आवको एक वर्षको बजेटभन्दा १२.७९ प्रतिशतले बढी छ ।

यो वर्ष १५ खर्ब ६३ अर्ब रुपैयाँ बजेट विनियोजन भएकाले गत आवको ११ महिनाको जति मात्रै आयात हुने हो भने पनि यो वर्ष बजेटभन्दा २ खर्ब बढी आयातमा खर्च गर्नुपर्ने हुनसक्छ ।

संसदीय छानबिन समितिले छानबिन गरिरहे पनि निवर्तमान अर्थमन्त्री शर्माविरुद्ध ठोस प्रमाण फेला पार्न सकेको छैन । आरोप पुष्टि हुन नसकेमा क्लिन चीट पाएर शर्मा नै अर्थमन्त्रीका रूपमा फर्किने सम्भावना पनि छ ।

आयात बढेका कारण नेपालको व्यापार घाटासमेत १६ खर्ब रुपैयाँ नाघेको छ ।

राष्ट्र बैंकसँग जेठसम्ममा विदेशी मुद्रा सञ्चिति ९ अर्ब ४५ करोड डलर ( ११ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ) रहेको छ । यो रकमले नेपालको ६ महिना २४ दिनको आयात धान्न सक्छ ।

डलरको सञ्चिति कम्तिमा १० महिनाको आयात धान्न पुग्ने अनुपातमा हुनुपर्ने विज्ञहरू बताउँछन् ।

राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमै बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहको रणनीति तय हुन्छ ।

गत वर्ष राष्ट्र बैंकले बैंकहरूलाई १९ प्रतिशतसम्म कर्जा विस्तारको सीमा दिएको थियो । तर, बैंकहरूले निक्षेप संकलन गर्न नसकेका र तरलता अभावका कारण १३ प्रतिशतमात्रै कर्जा विस्तार गरेका छन् । 

राष्ट्र बैंकले बैंकहरूको बिग मर्जरलाई अब प्रोत्साहन नगर्ने र स्वेच्छाले मर्जर हुन भने नरोक्ने नीति लिने भएको छ । तर, यो वर्ष लघुवित्तको संख्या भने घटाउने गरी मर्जरको नीति ल्याउन लागेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

यो वर्षको मौद्रिक नीतिले कर्जा विस्तारमा थप कडाइ गर्न सक्ने र विदेशी मुद्रा सञ्चिति बढाउन केही नयाँ व्यवस्था गर्ने संकेत पाएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । 

दुई आवअघि मौद्रिक नीतिले ३ लाख ग्राहक नपुर्‍याउने वालेटको अनुमति खारेज गर्ने व्यवस्था गरेको थियो ।

वालेटहरूलाई मौद्रिक नीतिले मोरल प्रेसर दिएर डिजिटल भुक्तानीको विकास गराउन चाहेको हो । तोकिएको ग्राहक संख्या ६० प्रतिशतभन्दा बढी कम्पनीले पुर्‍याएका छैनन् । 

यी कम्पनीलाई थप कडा व्यवस्था गर्ने, मर्जरमा लैजाने, तोकिएको सेवा विस्तार हुन नसक्नुको कमजोरी औंल्याउने र सुधारको मौका दिने विषयमा छलफल भएको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए । 

उनका अनुसार यो वर्ष विगत २ वर्षको अवस्थाको मूल्यांकनसहित वालेटमा केही नयाँ व्यवस्था आउने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x