×

NMB BANK
NIC ASIA

दमक नगरपालिकाको बजेट पारित

साउन ११, २०७९

NTC
Premier Steels

झापाको दमक नगरपालिकाको बजेट पास भएको छ ।

Muktinath Bank

पाँचौंपटक बसेको नगर सभाको बैठकले बजेट पारित गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आवका लागि १ अर्ब ६३  करोड ४० लाख ४० हजार बराबरको अनुमानित बजेट गत असार १० गते उपमेयर रेगिना भट्टराईले नगर सभामा पेश गरेकी थिइन् ।


Advertisment
Nabil box
Kumari

त्यसपछि बसेको बैठकमा सहमति जुट्न नसक्दा बजेट पास हुन सकेको थिएन । १० गते पेश भएको बजेट असार २७ गते पास गर्ने गरी बैठक बोलाइएको थियो ।

Vianet communication

संविधानले कल्पना नै नगरेको नगरपालिकामा विपक्षीको संसदीय दल गठन गरेर दलका लागि कार्यालय र दलका नेताका लागि गाडी सुविधा समेत माग गर्दै एमालेले बैठकमा नै हल्ला गरेका थिए । हल्लाले बैठक बिथोलिएपछि २९ गते बोलाइएको नगर सभामा एमालेबाट जितेका जनप्रतिनिधिले सहभागी भएनन् ।

साउन ३ गते बोलाइएको नगर सभामा एमालेका जनप्रतिनिधि सहभागी भएका थिएनन् । नगर सभामा बहुमत एमाले जनप्रतिनिधि उपस्थित नभएपछि नगरसभा नै स्थगित गरिएको थियो ।

दमकमा ५८ जनप्रतिनिधि निर्वाचित छन्, जसमा ४५ जना एमालेका छन् भने बाँकी १३ जना गठबन्धनका छन् । तीमध्ये एमालेका विश्वनाथ बराल जिल्ला समन्वय समिति प्रमुखमा निर्वाचित भएका छन् । मेयर थापा राप्रपाका हुन् भने उपमेयर भट्टराई कांग्रेसकी हुन् । 

असार १० गते पेश गरेर असार मसान्तमा स्थानीय तहले बजेट पास गर्नुपर्ने कानूनी बाध्यता रहे पनि एमालेको विरोधका कारण बजेट पास हुन सकेको थिएन । 

स्थानीय तहमा पनि संसदीय अभ्यास थाल्नुपर्ने भन्दै एमालेले आवाज उठाउँदै आएको थियो तर कानूनमा स्थानीय तहमा संसदीय अभ्यासलाई मान्यता दिएको छैन । 

२०७९ सालको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा एमालेले मेयर/उपमेयर पहिलो पटक हारेको छ । हारेपछि नगरमा एमालेले राजनीति गरेको गठबन्धनबाट जितेका जनप्रतिनिधिको भनाइ छ । 

एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले संसदीय अभ्यासको कुरा नउठाएको दाबी गरेका छन् । ‘हामीले पटके कर र करारका कर्मचारीको म्याद थप्नुपर्ने माग राखेर विरोध जनाएका थियौं,’ नेकपा एमालेबाट निर्वाचित भएका दमक नगरपालिका–१ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेले भने, ‘साउन ७ गते बसेको कार्यपालिका बैठकले हाम्रो माग सम्बोधन गरेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x