×

NMB BANK
NIC ASIA

आस्वाका नाममा चर्को शुल्क असुली

आईपीओका नाममा सर्वसाधारणमाथि लुट : पटक–पटक भर्दा पनि हात खाली, आस्वा शुल्क १०० सम्म !

साउन २२, २०७९

NTC
Premier Steels

पछिल्लो समय प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गरेको सयपत्री हाइड्रोपावरको शेयरमा २६ गुणा बढी आवेदन पर्‍यो । १५ लाख २३ हजार ७०३ जना आवेदकले ७२ अर्ब ४५ लाख ८ हजार रुपैयाँ बराबरको आईपीओका लागि आवेदन दिए । आवेदकले कुल १ करोड ७२ लाख ४५ हजार ८० कित्ता सेयर माग गरेकोमा हाइड्रोपावरले तोकिए अनुसार ६ लाख ७० हजार ५८६ कित्ता सेयर मात्रै सर्वसाधारणलाई बिक्री गर्‍यो ।

Muktinath Bank

यो कम्पनीको आईपीओमा आवेदन माग गर्दा आवेदकबाट आस्वा शुल्कका नाममा मात्रै बैंकहरूले कम्तिमा १ करोड ५२ लाख ३७ हजार ३० रुपैयाँ संकलन गरे । शेयर आवेदन दिन आस्वा शुल्कका नाममा लिइने यस्तो रकम न्यूनतम १० रुपैयाँदेखि अधिकतम १ सय रुपैयाँसम्म छ । यस्तो शुल्क न्युनतम १० रुपैयाँका दरले लिँदा पनि उक्त हाइड्रोपावरको शेयर जारी गर्दा मात्रै डेढ करोड भन्दा बढी रुपैयाँ सर्वसाधारणबाट संकलन भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आईपीओ जारी गरेको कम्पनीले जम्मा ६ करोड ७० लाख रुपैयाँ उठाउन आवेदन माग्दा सर्वसाधारणको डेढ करोड रुपैयाँ यत्तिकै गएको छ । यस्तो शुल्क खाता रहेको बैंकले नै उठाउँछ । यो शुल्क लिएबापत लगानीकर्ताहरूले आवेदन दिएको शेयरको शुल्कलाई सम्बन्धित व्यक्तिको बैंक खातामै रोक्का गरिदिने सुविधाका दिने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

‘यस्तो आस्वा शुल्क बैंक तथा वित्तीय संस्थाहरूले लिए वा नलिए पनि शेयर निष्कासक तथा बिक्री प्रबन्धक मर्चेन्ट बैंकरहरूलाई प्रति आवेदक १० रूपैयाँ तिर्नुपर्ने हुन्छ । सोही शुल्क तिर्न बैंकहरूले उक्त आस्वा शुल्क लिने गरेका हुन्,’ नेपाल मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष मेखबहादुर थापाले भने । 

Vianet communication

खर्च हुने नै भएकाले यस्तो शुल्क लिने गरिएको दाबी उनले गरे ।

एनआईबीएल एस क्यापिटलका सीईओसमेत रहेका थापाका अनुसार धितोपत्र बोर्डको नियमानुसार लिन पाउने एक सय रुपैयाँसम्मको शुल्क लिइएको हो । यही नियममा रहेर बैंकहरूले लिने शुल्कमध्ये १० रुपैयाँ खर्च नै हुन्छ । यस्तो खर्चमा १ रुपैयाँ सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएस)ले लिने गर्छ भने बाँकी ९ रुपैयाँ बिक्री प्रबन्धकको हुन्छ । सोही रकमबाट कम्पनीले पनि केही पाउने भएकाले उक्त शुल्क लिने गरिएको थापाले बताए ।

आस्वा प्रणाली लागू हुनुपूर्व मर्चेन्ट बैंकहरूले शेयर बाँडफाँड नहुँदासम्म शेयर आवेदकबाट आएको रकम छुट्टै खाता खोलेर राख्ने गरेका थिए । सोही रकमबाट प्राप्त हुने व्याज आम्दानीबाटै आवेदकलाई रकम फिर्ता गर्दा केही प्रतिशत ब्याज दिने गरिएको थियो । पछिल्लो समय आस्वा लागू भएपछि भने सम्बन्धित बैंकमै आवेदनको पैसा आउने र सोही पैसाबाट नियमित ब्याज पाउने हुँदा आस्वा शुल्क छुट्टै लिन पाउने व्यवस्था धितोपत्र बोर्डले नै गरेको हो । 

शुल्क घटाउन धितोपत्र बोर्डकै अध्ययन समितिको सुझाव

धितोपत्र बोर्डले पछिल्लो समय आस्वा शुल्क मात्रै नभएर दोस्रो बजारमा लाग्ने अन्य प्रकारको शुल्क पनि घटाउन अध्ययन गरेको छ । यस विषयमा धितोपत्र बोर्डकै एक उपनिर्देशकको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । समितिले प्रतिवदेन तयार पारेको तर सार्वजनिक भने नभएको बोर्ड स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उक्त समितिले आस्वा शुल्कसहित दोस्रो बजारमा कारोवार हुने शेयरका अन्य विषयमा लाग्ने रकम घटाउन सुझाव दिएको छ ।

मर्चेन्ट बैंकरहरूले सेयर जारी गर्ने कम्पनीबाट निष्कासन शुल्क लिने गर्छन् । सीडीएससीले पनि निष्कासक तथा बिक्री प्रबन्धकका रूपमा काम गर्ने मर्चेन्ट बैंकरहरूबाट सफ्टवेयरमा लाग्नेसहितको वार्षिक शुल्क लिने गरेको छ । यस्तो शुल्क मासिक ५ हजारभन्दा बढी हुने गरेको छ । पछिल्लो समय लागत कम हुने, आवेदक धेरै हुने गर्दा थोरै शुल्क लिँदा पनि धेरै हुने भएकाले पनि अब आस्वा शुल्कसहितका यी शुल्कहरू घटाउनु उपयुक्त हुने सुझाव अध्ययन समितिले दिएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारी परिचालन हुने, मर्चेन्ट बैंकले तोकिएको शुल्क तिर्नुपर्ने भएको हुँदा सेवा दिएबापत आवेदकबाटै यस्तो शुल्क लिने व्यवस्था गरिएको धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले बताए । उनले भने, ‘बिक्री प्रबन्धकको प्रमुख व्यापार नै शेयर जारी गर्दा आउने आवदेनबाट हुने हुँदा शुल्क लिन पाउने व्यवस्था गरिएको हो ।’

शुल्क पुनरवलोकन भने गर्नुपर्ने उनको भनाइ छ ।    

हाल सेयर कारोवारमा ब्रोकर कमिसनबापत लगानीकर्ताहरूले ०.२७ देखि ०.४० प्रतिशत, ऋणपत्रमा ०.०२ प्रतिशतदेखि ०.१० प्रतिशतसम्म पाउने गरेका छन् ।

सामूहिक लगानी कोषका इकाइको कारोबारमा भने ०.१० देखि ०.१५ प्रतिशतसम्म कमिसन शुल्क तिर्नुपर्ने हुन्छ । कम रकमको कारोबारमा बढी र धेरै रकमको कारोवारमा कम कमिसन तोकिएको छ ।

हात खाली भए पनि आस्वा चार्ज ! 

शेयर आवेदन दिइसकेपछि हात खाली भएपनि आस्वा शुल्क भने तिर्नुपर्छ । 

आफ्नै ग्राहक जसले बैंकमा पैसा जम्मा गरिदिन्छ, त्यसैसँग पटक–पटक कारोवार हुन्छ र त्यही ग्राहकबाट शुल्क लिन नहुने शेयर लगानीकर्ता केशव कोइरालाको भनाइ छ । बैंकहरूले जुन ग्राहकलाई सेवा गरेर व्यवसाय चल्छ त्यसैसँग आस्वा शुल्कका नाममा पैसा उठाउनु गलत भएको कोइरालाको भनाइ छ । 

पछिल्लो समय आवेदन मागिएको भन्दा २० गुणा बढीको आवेदन पर्ने गरेकाले पटक–पटकको प्रयासमा पनि आईपीओ नपर्ने अवस्था सिर्जना भने भएको छ । यस्तो अवस्थामा आवेदकको आस्वा शुल्कका नाममा पैसा हरेक पटक खर्च भने भइरहेको छ । शेयर नपर्ने तर पैसा खर्च भने गरिरहनुपर्ने यो व्यवस्था हटाउनुपर्ने शेयर लगानीकर्ताको माग छ ।

कोइरालाले थपे, ‘धेरै बैंकहरूले निःशुल्क दिने सेवा अहिले सबैजसोले शुल्क लिएरै गर्न थालेका छन् । निःशुल्क सेवा दिनेलाई पनि अर्कोले लिन्छ हामीले किन छाड्ने भन्ने परेर हुनसक्छ, अहिले ३ वाणिज्य बैंकबाहेक सबैले आस्वा शुल्क लिन्छन्,’ कोइरालाले भने । 

‘क’ वर्गका संस्थाहरूमा राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र एनआईसी एसिया बैंकले मात्र निःशुल्क आस्वा सुविधा दिने गरेका छन् ।

आस्वा शुल्क निःशुल्क गर्नुपर्ने र शेयर खरिद बिक्रीमा डीपी चार्ज पनि लिन नहुने तर्क शेयर लगानीकर्ता कोइरालाको छ । अहिले १० कित्तामा शेयर किन्दा र बेच्दै दुबैमा २५ रुपैयाँ शुल्क लाग्छ ।

यस्तो शुल्क प्रतिकारोवार नै २५ रुपैयाँ लिने गरिएको छ । कागजी समयको यो शुल्क अहिलेको डिजिटल जमानामा निकै उच्च रहेको उनको दाबी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x